Sunday, 19 May, 2024
"थाहा"

रुदानेको २४ औं स्मृति दिवस :-थाहा,हेटौंडा र काठमाडौंमा बिबिध कार्यक्रम ।

FB_IMG_1687440892885-1687441072.jpg

राजधानीमा आयोजित एक कार्यक्रमका वक्ताहरूले समकालीन राजनीतिक दलहरूको नेतृत्व तहमा इमान्दारिताको खडेरी देखिएको भन्दै थाहा आन्दोलनका प्रणेता रुपचन्द्र विष्टबाट सिक्नुपर्नेमा जोड दिएका छन्।


विष्टको २४ औं स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा विष्टलाई जनमुखी र इमानदार राजनीतिज्ञको रुपमा स्मरण गरिएको हो। रुपचन्द्र विष्ट स्मारक समिति र मकवानपुरे समाजको संयुक्त आयोजनामा भएको कार्यक्रममा कांग्रेस नेता तथा सांसद् अर्जुननरसिंह केसीले विष्टलाई सामाजिक हितका निम्ति जीवन अर्पिने जनमुखी नेताका रुपमा सम्झिनुपर्ने धारणा राखे।
अहिलेका नेताहरू जनताको हितका निम्ति नभइ ठूलठूला भ्रष्टाचार काण्डको ढाकछोपका निम्ति मात्रै एकजुट हुने गरेको केसीको भनाइ थियो।
नेता केसीले विष्टको वैचारिक स्वतन्त्रता र स्पष्टताको आफू प्रशंसक भएको बताए। विष्ट सदैव न्यायका लागि निष्पक्ष भएको भन्दै अहिले हामी निजी स्वार्थमा सक्रिय भएको बताए।
‘विष्टले निजी स्वार्थलाई छोड्नुभयो।  हामी निजी स्वार्थमा अड्कियौं’, उनले भने, ‘ अहिले देशमा भइरहेको भ्रष्टाचारमा सम्पूर्ण पार्टी नेतृत्व एक छ। यसले के देखाउँछ भने हामीले विष्टको विचारलाई ग्रहण गर्न सकेनौं।’
देशमा विभिन्न समस्याहरू विद्यमान रहेको भन्दै नेता केसीले यस्तै अवस्था रहे देशमा अराजक आन्दोलन हुन सक्नेतर्फ संकेत गरे। जबसम्म देशमा निष्पक्ष सक्रियताको अभ्यास हुन सक्दैन तबसम्म समाज सुधार हुन नसक्ने उनको तर्क थियो।
अन्तर्क्रियामा बोल्दै रुपचन्द्र विष्ट स्मारक समितिका अध्यक्ष तथा पूर्वसांसद् रामनारायण बिडारीले विष्टको कुनै पनि सिद्धान्त पूरा हुन नसकेको बताए।
उनले थाहाका प्रणेता विष्टलाई नेपालका कुनै पनि राजनीतिक दलले बुझ्न नसक्दा समस्या पैदा भएको जिकिर गरे। बिडारीले ‘दल छाडी पद, पद छाडी दल’, ‘व्यवस्था निर्दलीय, राजनीति बहुदलीय’ लगायतका विष्टका आधारभूत राजनीतिक सिद्धान्तबारे गम्भीर विमर्श हुनुपर्नेमा जोड दिए।
‘रुपचन्द्रले जनमुखीतन्त्र अपनाउनुपर्ने कुरा बारम्बार दोहोर्‍याउनुहुन्थ्यो। उहाँले बोलेका कुरा व्यवहारमा उतार्नु पनि हुन्थ्यो’, उनले भने, ‘तर, उहाँको जस्तै व्यवहारमा कुनै पनि राजनीतिक दलका नेतामा देखिएको छैन।‘
विष्टको कि दल छोडौं, कि पद छोडौं भन्ने विचारलाई आफूहरूले मनन गर्नुपर्ने जिकिर गरे। ‘विष्टको भनाइ आज पनि नेपालका लागि अतिपयोगी छ’, बिडारीले भने।
यस्तै माओवादी केन्द्रकी नेता शशी श्रेष्ठले अहिले नेताहरूले बोल्ने एउटा र व्यवहारमा अर्को गर्ने गरेको बताइन्। यो अवस्था देख्दा आफूलाई विष्टको अभाव खड्किरहने उनले जिकिर गरिन्।
‘विष्टले आफ्नो जीवन कालमा कहिल्यै छलछाम गर्नुभएन,  जे बोल्नु भयो त्यो व्यवहारमा देखाउनु भयो। जे व्यवहारमा देखाउन सक्नुहुँदैन थियो। उहाँले त्यसलाई बोलेर ढोंग पिट्नु भएन’, नेता श्रेष्ठले भनिन्, ‘उहाँले गरिब र महिलाको भाषण गर्नु हुन्थ्यो। उनीहरूकै जीवन बाँच्नु हुन्थ्यो।‘
अहिलेका नेताले अंगाल्ने विचार सिद्धान्तहरू व्यवहारमा तारतम्य नमिलेको उनले बताइन्।  यदि विष्टलाई सम्झिने हो भने उनको सिद्धान्तलाई अगाल्नु पर्ने श्रेष्ठले बताइन्।
विष्टलाई दुश्मनले चिन्यो तर, जसले चिन्नुपर्ने हो उसले चिन्न नसकेको श्रेष्ठको दाबी थियो। राजनीतिक इमानदारिताको आवश्यक भएको समयमा विष्टको सिद्धान्तलाई व्यवहारमा लागू गर्नुपर्ने उनको तर्क थियो।
प्राध्यापक चिरञ्जीवी खनालले विष्टको जीवनलाई विद्यालयदेखि विश्वविद्यालयका पाठ्यक्रममा समावेश गर्नुपर्ने तर्क गरे। विष्टले युवाहरूलाई सधैं प्राथमिकता दिनुपर्ने बताउने गरेको उनले उल्लेख गरे।
एकजनाको विचार बोकेर हिँड्ने मन्डले हुन् भन्ने विष्टको बुझाइ रहेको खनालले बताए।  खनालले आफू युवाकालमा पत्रकारितामा लाग्दा धेरै पटक विष्टसँग भेट भएको र आफू सदैव मोटिभेट हुने गरेको बताए।
‘विष्टको भाषणमा आउने दर्शनले सबैको मन जित्न सक्थ्यो।  असाध्यै सुन्दर पक्ष हो। उहाँको बुझाई र भनाइ एकदमै गम्भीर हुन्थ्यो सधैं। राष्ट्रिय पन्चायतमा विष्टको भाषणले युवालाई मात्र होइन समाजको तल्लो तहका व्यक्तिको अधिकार सदैव अट्थ्यो’, उनले भने।
यस्तै, नेकपा एमालेका नेता विजय सुवेदीले विष्टको अभाव सदैव खट्किने बताए। धेरै पटक विष्टको भाषण सुन्दा आफू उनको विचार र नीतिको अनुयायी बनेको उनले बताए।
 विष्टले जीवनमा संगठन निर्माण गरेको भए आमूल परिवर्तन हुन सक्ने विचार व्यक्त गरे।  सुवेदीले सुशासन र रोजगारी प्रवर्द्धन गर्दै पिछडिएका समुदायको जीवनस्तर उकास्नका निम्ति विष्टका दर्शन, सिद्धान्त र विचारहरूलाई पच्छ्याउनुपर्ने धारणा राखे। 
परराष्ट्रविद हिरण्यलाल श्रेष्ठले समाज बदल्न विष्टले परिवारमा समेत विद्रोह गरेको बताए। आफू सम्पन्न घरमा जन्मिएर पनि विष्टले सदैव गरि खाने वर्गको पक्षमा लडेको बताए। विष्टले केही समयमा दामन भ्यु टावरमा बसेर पनि काम पनि गरेको कुरा उनले उल्लेख गरे।
‘भ्यू टावरमा बसेर नेपालका हिमालका दर्शनबारे विदेशीलाई सुनाउनु हुन्थ्यो । हिमालको ज्ञाता हो उहाँ’, उनले भने, ‘  विष्टले टेलिस्कोपबाट हेरेर खगोलको बारेमा पनि भन्नू हुन्थ्यो। उहाँ खगोलको ज्ञाता पनि हो।’ दामनमा विष्टको नाममा दुरबिन राखेर खगोलका बारेमा पनि अध्ययन गर्नुपर्ने श्रेष्ठले बताए।
रुदाने, जसरु, रापसरु, स्वरूपेजस्ता उपनामले परिचित विष्ट २०२२ मा मकवानपुरको पालुङ गाउँ पञ्चायतका प्रधानपञ्च भएका थिए। त्यसबेला उनले मकवानपुरको उत्तरी क्षेत्रमा शिक्षा आन्दोलन चलाएका थिए।
विष्टले ‘छोरा पढाउने, छोरी नपढाउने मुर्दावाद, छोराछोरी दुवै पढाउने जिन्दावाद’ जस्ता नारासहित अभियान चलाएका थिए। उनले छोराछोरीलाई स्कुल नपठाउने अभिभावकलाई जरिवाना तिराउने व्यवस्था समेत गरेका थिए।

विष्टले चलाएको आन्दोलनले समाजमा परिवर्तन ल्याउन महत्त्वपूर्ण भूमिका खेलेको थाहा नगरमा आयोजित कार्यक्रममा वक्ताहरुले बताए ।

थाहा नगरपालिकाको आयोजनामा नगर प्रमुख बिष्णु बिष्टको अध्यक्षतामा विकास घरको प्रागनमा रहेको रुदानेको सालिकमा माल्यार्पण गरियको थियो।

कार्यक्रमको अवसरमा वक्ताहरुले श्रमलाई प्रधानता दिनसके बिष्टलाई सच्चा श्रद्धाञ्जली हुने बताए ।

कार्यक्रममा उपप्रमुख भरत गोपाली,रुपचन्द्र बिष्ट स्थानिय स्मारक समितिका अध्यक्ष बिमल कुमार बिष्ट ,नेपाली कांग्रेस नगर सभापति प्रमोदकृष्ण जोशी ,थाहा नगर उद्योग वाणिज्य संघका महासचिव सुरेन्द्रमान प्रधान,जिल्ला बहुउद्देश्यीय सहकारीका कोषाध्यक्ष बिमलकुमार ढकाल,भुमी आयोगका जिल्ला सदस्य अरुण रायमाझी ,जनकल्याण माबिका प्रधानाध्यापक सानोभाइ कार्की लगायतकाले रुपचन्द्र बिष्ट र थाहा दर्शनको बारेमा चर्चा गरेका थिय भने कार्यक्रममा विभिन्न राजनैतिक दलका प्रतिनिधि,वडा अध्यक्ष हरु,जनमुखी सहकर्मीको उपस्तिथि रहेको थियो।
रुदाने २०२८ सालमा स्नातक कोटामा राष्ट्रिय पञ्चायतको सदस्य भएका थिए। प्रजातन्त्रवादी विचार भएकै कारण राष्ट्रिय पञ्चायत सदस्य रहँदा समेत उनी पक्राउ परेका थिए। 
१९९० पुस २६ गते मकवानपुरको दामन घर्तीखोलामा जन्मिएका बिष्टको देहावसान २०५६ असार ७ गते भएको थियो।

 


world-link-1690434568.jpg
बिद्यार्थीहरुलाई निशुल्क लेखापालन तालिम
1716113376330-1716113429.jpg

मकवानपुर, ०६ जेष्ठ/नेकपा (माओवादी केन्द्र) निकट बिद्यार्थी संगठन अखिल (क्रान्तिकारी) मकवानपुर बहुमुखी क्याम्पस...

एकीकृत अखिल नेपाल शिक्षक संगठन राक्सिराङ्गको अधिबेशन 
1716048590707-1716048609.jpg

हेटौंडा ५ जेठ/एकीकृत अखिल नेपाल शिक्षक संगठन राक्सिराङ्ग गाउँपालिकाको दोस्रो अधिबेशन सम्पन्न भएको छ । संगठनका...

बिकासको लागि संघीयताको अहम भुमिका रहेको छ:-मन्त्री कुमारी मोक्तान
1716047400711-1716047436.jpg

थाहा  ०५ जेष्ठ/आग्रामा यहाँसम्मको बिकास आइपुग्नको लागि संघीयताले अहम भूमिका खेलेको  नेकपा माओवादी केन्द्रका...

गोले तामाङ उत्थान समाजको आठौं राष्ट्रिय भेला थाहामा सम्पन्न
gole1-1716045214.jpg

  गोले तामाङ वंश उत्थान समाजको आठौं राष्ट्रिय भेला तथा एघारौं साधारणसभा जेठ ४ गते  मकवानपुर जिल्लाको थाहा...

थाहानगर आग्राकी ६७ वर्षिया गोमालाई जिल्ला प्रशासन कार्यालयले घरैमा पुगेर नागरिकता दियो
444154127_136399526762331-1716044555.jpg

  मकवानपुर थाहा नगरपालिका वडा नम्बर ८ आग्राकी ६७ वर्षिया गोमा भुजेलले नागरिकता पाएकी छिन् । वि.सं. २०१४ साल माघ...

गोले तामाङ उत्थान समाजको आठौं राष्ट्रिय भेला थाहामा सम्पन्न
438301438_136334660768817-1716043905.jpg

गोले तामाङ वंश उत्थान समाजको आठौं राष्ट्रिय भेला तथा एघारौं साधारणसभा जेठ ४ गते  मकवानपुर जिल्लाको थाहा न.पा....

जन्मदिनको अवसरमा थाहाका कार्की द्वारा भिन्न क्षमताका सक्षम उद्यमीलाई सम्मान
FB_IMG_1715959678119-1715959764.jpg

पालुङ जेसीजका सदस्य तथा नेपाल होमस्टे व्यवसायि महासंघका केन्द्रिय सचिवालय सदस्य समेत रहेका थाहा नगरपालिकाका...

निसन्तान दम्पतिले हार्दिक आईभीएफमा एक लाख ९९ हजारमै आईभीएफ सेवा पाउने
hardik-ivf-1715884190-1715916851.jpg

काठमाडौंको सिनामंगलस्थित क्रिष्टल कम्प्लेक्समा रहेको हार्दिक आईभीएफ एन्ड फर्टिलिटी सेन्टरमा निसन्तान...

ब्यबस्था बदल्न जनकलाकारको अहम भूमिका थियो : लामिछाने 
1715870558027-1715870647.jpg

हेटौंडा, ०३ जेष्ठ/नेपालको ब्यबस्था बदल्नको लागि जनक्रान्तीद्वारा जनकलाकारहरुको अहम भूमिका रहेको नेकपा माओवादी...