Friday, 05 Jun, 2026
jkmv2083-1778723862.jpg

"थाहा"

रुदानेको स्मृतिमा हेटौंडा,थाहा,र काठमाडौमा कार्यक्रम गरिने।

Screenshot_20220613-19184-1655127653.png

 

हेटौंडा । थाहा अभियानका प्रणेता रुपचन्द्र विष्टको स्मृतिमा यसवर्ष मकवानपुर र काठमाडौंमा विभिन्न कार्यक्रमको आयोजना गरेर मनाईंने भएको छ ।

आज सोमबार रुपचन्द्र विष्ट स्मारक समिति नेपालको हेटौंडामा बसेको केन्द्रीय कमिटीको विस्तारित बैठकले रुपचन्द्रको स्मृति दिवस असार ७ गते मकवानपुरको हेटौंडा, विष्टको जन्मथलो पालुङ र काठमाडौंमा मनाउँने निर्णय गरिएको हो । उनको निधन २०५६ साल असार ७ गते ६६ वर्षको उमेरमा भएको थियो ।

यसअघि रुपचन्द्रको स्मृति दिवसमा पालुङमा निरन्तर र कहिलेकाही काठमाडौंमा मनाईदै आएको थियो । हेटौंडामा रहेको रुपचन्द्र विष्ट स्मारक समितिको आफ्नै भवनमा बसेको बैठकले बहस, अन्र्तक्रिया तथा सामाजिक काम गरेर असार ७ गते उनको सम्झना मनाउने निर्णय गरेको हो । समितिको भवन हेटौंडा उपमहानगरपालिका–११ नवलपुरमा रहेको छ ।

थाहा नगरपालिकाको पालुङमा रुपचन्द्र विष्टको पूर्णकदको प्रतिमा निर्माण गरिएको छ । विष्टले नेपाली समाज र राजनीतिमा छुट्टै पहिचान बनाएका छन् । उनले सर्वसाधारणमा थाहा आन्दोलनमार्फत् चेतनाको विगुल फुकेका थिए । जसले जनप्रतिनिधि र सर्वसाधारण देश र समाजप्रति ईमान्दार हुनुपर्ने शिक्षा दिन्छ ।

समितिका केन्द्रीय अध्यक्ष रामनारायण विडारीको सभाध्यक्षताम भएको बैठकले अन्य निर्णय पनि गरेको छ । बैठकले समितिको केन्द्रीय कमिटीको सल्लाहारमा मकवानपुरका हरिबहादुर महतलाई मनोनयन गरेको छ । उनी हेटौंडा उपमहानगरपालिकाका निवर्तमान मेयर हुन् । यस्तै केन्द्रीय समितिको सदस्यमा एकराज उप्रेतीलाई मनोनयन गरिएको छ । उनी मनहरी गाउँपालिकाका निवर्तमान अध्यक्ष हुन् ।

यस्तै बैठकले हेटौडा र आसपासका पालिकालाई समेट्दै रुपचन्द्र विष्ट स्मारक समिति गठन गरेको छ । जसमा शुक्रराज राजथला, विजय गौतम, कमला पौडेल, सुवास बर्तौला, टिकाप्रसाद दुलाल, बलारम विक, बच्चु उप्रेती, श्यामकृष्ण बर्तौला, यज्ञप्रसाद तिमल्सिना, ललिता श्रेष्ठ, गोपाल सुवेदी रहेका छन् । यस कमिटीको सल्लाहाकारमा प्रकाश पौडेल, रञ्जना श्रेष्ठ, दीलबहादुर अधिकारी चयन भएका छन् ।

समितिका केन्द्रीय अध्यक्ष तथा थाहा आन्दोलनका सारथी रामनारायण विडारीले रुपचन्द्र विष्टले वर्षै अघि भनेकुरा अहिले पनि सान्र्दभिक रहेको बताए । रुरुपचन्द्रले देखाएको बाटोमा हिँड्न नसक्दा देश अहिलेको अवस्थामा पुगेको उनको भनाई छ । अब रुपचन्द्रका भनाई, गराई र भोगाईलाई विश्वसामु पुर्याउने काम समितिले थालेको जानकारी दिए ।

विश्वले रुपचन्द्रको थाहा आन्दोलन, सिद्धान्त, नीति र विचार कस्ता थिए भन्ने कुरा अब अध्ययन गर्न पाउने अध्यक्ष विडारीले बताए । जसका लागि समितिले वेवसाईट निर्माण गरेको र असार ७ गते काठमाडौं आयोजना हुने कार्यक्रमबाट त्यसको सुरुवात हुने जानकारी दिए । समितिले यसअघि रुपचन्द्र विष्टका बारेमा पुस्तक समेत प्रकाशन गरिसकेको छ ।

बैठकमा अध्यक्ष रामनारायण विडारी, एकराज उप्रेती, हरिबहादुर महत, लवशेर विष्ट, विजय गौतमलगायतले मन्तव्य व्यक्त गरेका थिए

https://www.thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg