Friday, 05 Jun, 2026
jkmv2083-1778723862.jpg

"थाहा"

रुदानेको मार्गमा "हर्क साम्पाङ्ग"

Screenshot_20220601-13165-1654068892.png

२०३९ को राष्ट्रिय पञ्चयातमा मकवानपुरबाट जनपक्षिय उम्मेद्वार बनेका रुपचन्द्र विष्ट (रुदाने)ले जित हाँसिल गरेपछि पञ्चहरुको लागि त्यो जित एउटा आश्चर्य बनेको थियो । पञ्चहरुको दबदबा रहेको समयमा पञ्चयात ब्यवस्था विरुद्ध आगो ओकल्ने रुदानेलेनै जित दर्ता गरेपछि तत्कालिन राजाको समेत मुटुमा ढ्याङ्ग्रो ठोकेको बताईन्छ ।
अब कुरा गरौ स्थानीय तहको निर्वाचन –२०७९ को बारेमा । यो पटकको स्थानीय तह निर्वाचनमा दुई पात्र सार्वधिक चर्चामा रहे । यो पटक जनताले काठमाण्डौँका बालेन्द्र साह‘बालेन’ र धरानका हर्क साम्पाङ राईलाई मनमा मात्र राखेनन् स्थानीय सरकारको कार्यकारी प्रमुख पदमा समेत पुर्याईदिए । जनताको विषय उठाउने ब्यक्तिहरु अब पार्टीको झण्डामुनी रहनुपर्ने मान्यतालाई खारेज गर्दै नेपालको राजधानी सहित घनावस्ती भएका सहरमा यो पटक स्वतन्त्र उम्मेद्वारहरुले गर्विलो जित दर्ता गरे ।

काठमाण्डौँको बालेनलाई एकछिन पर राख्दै पूर्वि नेपालको पर्यटकीय सहर धरानमा पुग्ने हो भने त्यहाका नागरिकहरुले एकजना भुईमान्छेलाई ‘नगरपीता’ बनाएका छन् । धरानमा बर्षौबाट जनताको कुरा उठान गर्दै आएका साम्पाङले एउटा मिठो जित दर्ज गरेका छन् । उनले उठाएका भुईमान्छेको मुद्धा जितेको छ । उनको जीतले अझै पनि नेपालीहरुले भुईमान्छेको कुरा उठान गर्नेलाई विश्वास गर्छन भन्ने तथ्यलाई प्रमाणीत गरेको छ ।

अब कुरा गरौँ मकवानपुरबाट सुरु भएको ‘थाहा’ आन्दोलनका प्रणेथा रुपचन्द्र विष्टको । विस २०३९ मा मकवानपुरबाट सुरु भएको ‘थाहा रिभोलुसन’ले एउटा चमात्कारी प्रर्दशन गरेको थियो । पञ्चयातकालिन जर्जर ब्यवस्था विरुद्ध मकवानपुरको पालुङबाट (हाल थाहा नगरपालिका) बाट एउटा युवा एक्लै एउटा हातमा ‘हाते माईक’ लिएर जनताको कुरा बोल्दै देशभर चर्चामा आयो । रुपचन्द्र विष्ट‘रुदाने’ । पञ्चयातको जर्जर ब्यवस्था विरुद्ध अन्दोलन त के बोल्न समेत प्रतिवन्ध रहेको समयमा ‘थाहा रिभुलेसन’ले त्यो समयले साम्पाङ जस्तै एउठा मिठो जित हाँसिल गर्न सफल भयो । अर्थात पञ्चयात विरुद्ध स्वतन्त्र तबरले उम्मेद्वार दिएका जनपक्षिय उम्मेद्वार विष्टले २०३९ सालमा राष्ट्रिय पञ्चयात सभामा जित दर्ता गर्दा राजाको समेत मुटुमा ढ्याङ्ग्रो ठोकेको थियो । पहिलो पटक जितेका उनले राष्ट्रिय पञ्चयातमा प्रत्येक पटक जनताको कुरा उठाए, शासकलाई भ्रष्ट्राचार नगर्न मञ्चबाट थर्काए । फलस्वरुप २०४३ सालमा पनि उनि विजयी बने ।

जनताको समस्यालाई ‘फिल्ड’मै उत्रेर समाधान गर्ने मात्र नभई आफ्नो चुनावी पर्चा बेच्दै चुनावमा उठेर उनले गौरबशाली जित हाँसिल गरे । कुनै ब्यक्ति राज्यसत्तामा पुगेपछि त्यो सबैको हुनुपर्छ, कुनै दलको हुनुहुदैन, जनताले दिएको एक–एक मतको कदर जस्तोसुुकै परिस्थितीमा पनि गर्नुपर्छ भन्ने अठोट लिएका रुदानेले सांसद भवनमानै भ्रष्ट राजनीतिक नेता, भ्रष्ट प्रशासनको सात्तो लिएका थिए । उनले राज्यको हरेक विकास खर्च, हरेक आम्दानी आम जनताले ‘थाहा’ पाउनुपर्छ तब मात्र देश विकास हुन्छ, तब नागरिकले विकासको अनुभुती गर्न पाउछन भन्ने मानक स्थापित गर्न खोजे । हुन त त्यसबेलाको शासकले अहिलेका साम्पाङलाई जस्तै ‘पागल’ काम नभएको ब्यक्ति भन्ने आरोप नलगाएको हैनन् तर पनि रुदाने डटिरहे, लागिरहे ।

साम्पाङले सम्झाएको ‘थाहा रिभुलेसन’
हर्क साम्पाङको अफिसियल फेसबुक मा उनले ‘हर्क साम्पाङ अ रिभुलेसन’ नाम राखेका छन् । उनको लाखौ फलोअर छन् । मकवानपुरका विष्टले पनि त्यसबेला घरको भित्ता, सहरका ठुलाठुला कम्पाउण्ड, आफ्नै लगाउने सर्टमा ‘थाहा’ लेख्थे । थाहा अर्थात राज्यको हरेक विषय आम नागरिकले हुबहु थाहा पाउनुपर्ने अधिकार । उनको ‘थाहा’ अभियान र साम्पाङकोफेसबुक लाईभ अभियान करिब एउटै उदेश्यबाट प्रेरित भएको पाईन्छ । दुबैको उदेश्य के भैरकेको छ भनेर जनतालाई सू–सूचित गर्नु थियो । यो कोणबाट हेर्दा साम्पाङ र विष्टमा समानता पाईन्छ ।

अर्कोतर्फ जसरी थाहाका प्रणेता विष्ट शासक अघि निर्धक्क कुरा राख्न डराउदैनथे राईमा पनि त्यो गुण देखिन्छ । जनताको करबाट उठेको एक पैसा पनि हिनामिना गर्नुहुन्न भन्ने सोच पनि रुदाने र राईको समान देखिएको छ । शासन गर्ने स्थानमा पुगेपछि तडकभडक गर्नुपर्ने, करोडौको गाडी प्रयोग गर्नुपर्ने, सुविधासम्पन्न घरमा बस्नु पर्ने, नोकरचाकर राख्नुपर्ने सोचलाई राईले हटाईदिए । त्यसबेला रुदानेले पनि सोहि कार्यशैली अनुशरण गरेका थिए ।

यसरी हेर्दा साम्पाङको जितलाई मकवानपुरेले रुदानेको ‘सेकेण्ड इनिङ’को रुपमा ब्यख्या गरेका छन् । रुपचन्द्र विष्टको जीवनलाई नजिकबाट नियाल्ने मौका पाएका मकवानपुरका बरिष्ट पत्रकार प्रताप विष्ट भन्छन् ‘हाल धरानमा विजयी भएका साम्पाङ र मकवानपुरे विष्टको जीवनमा धेरै कुरा समानता छ, क्रान्तिकारी स्वभाव, भुईमान्छेको विषय उठान गर्ने जननेता, जनताको कामप्रति निकै गम्भिर हुने स्वभाव, भ्रष्ट्रचारलाई सबैभन्दा ठुलो पाप सम्झने नीति दुबैको एकै छ ।’ दुबैमा अर्को एक समानता पनि पाईन्छ । दुबै पात्रहरुले अरुलाई कहिल्यैपनि ठुलो नसम्झने र आफु पनि कहिल्यै अरुभन्दा ठुलो नबन्ने बानी रहेको बताउछन् । यि गुणहरुलाई मध्यनजर गर्दै हो भने रुदाने र साम्पाङ फरक समयमा देखिएका एकै प्रबृत्ति भएका मानिस हुन् । धराने जनताको भाषामा भन्ने हो भने साम्पाङ उनिहरुको आशाको बत्ति हो । ४०–४२ को दशकमा मकवानपुरे जनताको भाषा रुदानेप्रति पनि सोहि आशयको हुने गर्दथ्यो ।
 

https://www.thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg