pani-1786865868.jpg
Thursday, 17 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

अपडेट

रासायनिक मल सहजताको लागि थाहा नगरको पहल

thaha1-1670255932.jpg

मलको लागि थाहाका प्रमुख बागमती प्रदेशका मुख्यमन्त्री संग भेट्दै

 हेटौंडा,१९ मंसिर/मकवानपुर जिल्लाको थाहा नगरपालिका आसपासको क्षेत्रमा रासायनिक मलको सहज आपूर्तिकालागि थाहा नगरपालिकाले पहल थालेको छ । सोमबार थाहा नगरपालकाका प्रमुख बिष्णु बहादुर बिष्ट नेतृत्वको एक टोलीले बागमती प्रदेशका मूख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डे, वागमती प्रदेश कृषि तथा पशुपंक्षी बिकास मन्त्रालयका सचिव डा. शरण कुमार पाण्डे, मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्र देव पाण्डेलाई हेटौंडामा भेटी बेमौसमी तरकारी उत्पादनको पकेट क्षेत्रमा रासायनिक मलको अभावका कारण उत्पन्न समस्या समाधान गर्नको लागि आग्रह सहित छलफल गरेको छ ।

सोमबार भेटका क्रममा थाहा नगरपालिकाका प्रमुख बिष्णु बहादुर बिष्टले थाहा नगरमा एकै सिजनमा तीन पटकसम्म तरकारी उत्पादन हुने भएकोले प्रदेश सरकारले निर्धारण गरेको कोटाले मात्रै नपुग्ने हुँदा मलको बितरण प्रणालीलाई पुन: बिचार गर्न अनुरोध गर्नुभयो । यसैबिच थाहा नगरपालिकाका उपप्रमुख भरत गोपालीले कृषकको आवश्यक्तालाई मध्येनजर गरी सहज रुपमा रासायनिक मल उपलब्ध गराउन अनुरोध गर्नुभयो । छलफलकै क्रममा बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले रासायनिक मल सहज रुपमा उपलब्ध गराउन पहल गर्ने बताउनुभयो । उहाँले थाईल्याण्डको एक कम्पनीसंग बागमती प्रदेशमै रासायनिक मलको कारखाना स्थापना गर्नकोलागि पहल भईरहेको समेत बताउनुभयो । वागमती प्रदेश कृषि तथा पशुपंक्षी बिकास मन्त्रालयका सचिव डा. शरण कुमार पाण्डेले थाहानगरको लागि थप रासायनिक मलको आपूर्ति गरि पहिलो प्राथमिकतामा राखि बितरण गर्ने ब्यवस्था गर्ने बताउनुभयो । छलफलका क्रममा थाहा नगरका अगुवा कृषकहरुले रासायनिक मल बिना कृषि कार्य असम्भव भएको भन्दै सहजरुपमा मल प्राप्त हुन नसके आन्दोलन गर्नुको बिकल्प नभएको बताए । सहजरुपमा रासायनिक मलको आपूर्तिका लागि पहल तथा छलफलमा थाहा नगरपलिकाका निबर्तमान प्रमुख लबशेर बिष्ट, समाजसेवी बिष्णु प्रसाद ढकाल, थाहा नगरपालिका कृषि बिकास शाखा प्रमुख सञ्जय तिवारी र थाहा नगरका अगुवा कृषकहरु, कृषि सामग्री कम्पनी लि. बागमती प्रदेश प्रमुख प्रकाश ज्ञावली, शाल्ट ट्रेडिङ कर्पोरेशनहेटौंडाका लेखापाल मधुसुदन अधिकारी लगायतको उपस्थिति रहेको थियो ।

https://www.thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता आयोजना हुँदै
FB_IMG_1789565281078-1789565407.jpg

काठमाडौंको चन्द्रागिरि नगरपालिका–१२ बलम्बुमा ‘बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता तथा...

खानीगाउँको कालिकादेवी प्राविको वातावरणमैत्री विद्यालय भवन हस्तान्तरण
FB_IMG_1789556186421-1789556201.jpg

थाहा नगरपालिका–१, खानीगाउँमा अवस्थित कालिकादेवी प्राथमिक विद्यालयको नवनिर्मित भवन हस्तान्तरण गरिएको...

थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...