pani-1786865868.jpg
Thursday, 17 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

अपडेट

राष्ट्रिय अपाङ्ग महासंघ बागमती प्रदेशकोे दोश्रो अधिवेशन हेटौंडामा हुने, भोटिङ मेसिनद्वारा मतदान गर्ने तयारी

IMG_20211024_105103-1635059284.jpg

कात्तिक ७/राष्ट्रिय अपाङ्ग महासंघ नेपाल बागमती प्रदेश समितिको चौथो साधारण सभा तथा दाश्रो अधिवेशन हेटौंडामा हुने भएको छ । आगामी मंसिर २४ र २५ गते बागमती प्रदेश समितिको साधारण सभा तथा अधिवेशन हुने भएको हो । 

अधिवेशनमा मतदान गर्नपर्ने अवस्था आएमा अपाङ्गता भएका व्यक्तिहरुकोे विविधतालाई मध्यनजर गर्दै पहुँचयुक्त विद्युतीय भोटिङ मेसिन प्रयोग गरी मतदान गर्ने व्यवस्थान मिलाइने महासंघ बागमती प्रदेश अध्यक्ष अस्विन लम्सालले बताउनुभयो  ।

अधिवेशनको सन्दर्भमा जानकारी दिने उद्देश्यले आज (आइतरबार) हेटौंडामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सचिव कृत्तन श्रेष्ठ दुवालले अधिवेशनमा १ सय ३७ वटा संस्थाका प्रतिनिधि सहभागी हुने बताउनुभयो । प्रत्येक संस्थाबाट एक महिलासहित दुई जना प्रतिनिधिले अधिवेशनमा सहभागिता जनाउने समेत सचिव श्रेष्ठले जानकारी दिनुभयो । 


वर्तमान कार्यसमितिले थुप्रै राम्रा कामहरु गर्न सफल भएको महासंघ बागमती प्रदेश समितिका अध्यक्ष अश्विन लम्सालले बताउनुभयो । 

सामाजिक विकास मन्त्रालय बागमती प्रदेशको सहकार्यमा मन्त्रालयभित्र अपाङ्गता सूचना केन्द्र स्थापना गर्न महासंघ सफल भएको उनको भनाई थियो । 

महासंघको पहलमा बागमती प्रदेशको १ सय १९ स्थानीय तहमा समूदायमा आधारित पुर्नस्थापना कार्यक्रम सञ्चालन गर्ने बजेट विनियोजन गरिएको उनले बताउनुभयो । प्रतिकुुलतामा पनि कोभिड महामारीसँग जुध्दै छोटो समयमा केही सफलताहरु हासिल गर्दै आफ्नो तीन वर्षीय कार्यकाल पूरा भएको उहाँले बताउनुभयो । 

महासंघको अधिवेशनलाई पर्वको रुपमा लिइ सभ्य र भव्यताका साथ सम्पन्न गराउन उनले सबै सदस्य संस्था, अधिकारकर्मी, साझेदारी निकाय, नागरिक समाज, एवम् अपाङ्ता भएका व्यक्तिहरुमा अपिल गर्नुभयो ।

अधिवेशनले आगामी ३ बर्षको लागि १९ सदस्यीय कार्यसमिति चयन गर्नेछ ।

https://www.thahapati.com/public/images/users/11150368_899780873425783_-1622687723.jpg
राजकुमार के‍.सी.
rajkumar.stoneheart@gmail.com

राज कुमार के‍.सी. थाहापाटीका सम्पादक हुन् । थाहा नगरबाट प्रकाशन भईरहेको यस अनलाईन पोर्टलमा तपाई सँग भएका समाचार, विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क सक्नुहुने छ । - ९८५५०६८२०७

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता आयोजना हुँदै
FB_IMG_1789565281078-1789565407.jpg

काठमाडौंको चन्द्रागिरि नगरपालिका–१२ बलम्बुमा ‘बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता तथा...

खानीगाउँको कालिकादेवी प्राविको वातावरणमैत्री विद्यालय भवन हस्तान्तरण
FB_IMG_1789556186421-1789556201.jpg

थाहा नगरपालिका–१, खानीगाउँमा अवस्थित कालिकादेवी प्राथमिक विद्यालयको नवनिर्मित भवन हस्तान्तरण गरिएको...

थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...