Monday, 09 Nov, 2026
worldlink1-1789963258.gif

खेल

राष्ट्रपति रनिङ्ग शिल्ड जनकल्याण लाई ,मेयरकपको उपाधी शुन्दरीदेवी र जनकल्याणले जित्यो।

IMG_20220620_110317_380-1655709462.jpg

थाहा नगरपालिकाको आयोजना तथा जनकल्याण माबिको ब्यबस्थापनमा जनकल्याण माबिमा असार ३ देखि ६ गतेसम्म संचालित राष्ट्रपती रनिङ्ग शिल्ड तथा चौथो मेयरकप प्रतियोगितामा राष्ट्रपति रनिङ्ग शिल्ड जनकल्याणले हात पारेको छ भने चौथो मेयरकपको छात्र तर्फको  उपाधी शुन्दरीदेवी माबी डाडाबासले जितेको छ भने छात्रा तर्फको उपाधी जनकल्याण बिजयी भयो।
जनकल्याण माबिले २९ बिधामा संचालित खेलमा १२ स्वर्ण ,११ रजत,५ कास्य जित्दै प्रथम हुँदै शिल्ड हातपार्यो भने दोस्रो हुने झम्केश्वरी माबिले ४ स्वर्ण ३ कास्य पदक जित्दै दोस्रो स्थानमा तथा ३ स्वर्ण ४ रजत ३ कास्य सहित बज्रबाराही माबी तेस्रो भयो ।
तेसै गरि एथलेटिक्स छात्र ,छात्रा दुवै बिधामा जनकल्याण नै प्रथम हुन सफल भयो ।
तेसै गरि आज भएको चौथो मेयरकप भलिबल प्रतियोगिताको उपाधी शुन्दरीदेवी माबिले जितेको छ फाइनलमा जनकल्याण लाई पराजित गर्दै शुन्दरीदेविले उपाधी रक्षा गरेको हो भने तेस्रो बज्रबाराही माबी भएको छ ।छात्रा तर्फको भलिबल उपाधी भने जनकल्याणले हात पार्यो फाइनलमा मत्स्यनारायण लाई पराजित गर्दै जनकल्याणले छात्रा भलिबलको उपाधी जितेको हो ।छात्रा भलिवलमा उत्कृष्ट खेलाडी जनकल्याणकि सामना स्याङ्तान,उत्कृष्ट डिफेन्डर जनकल्याणकै किशोरी घलान,उत्कृष्ट स्पाइकर मत्स्यनारायणकी रेविका स्याङ्तान,तथा उत्कृष्ट सेटर जनकल्याणकि मुना स्याङ्तान भइन भने छात्र भलिबल तर्फ उत्कृष्ट खेलाडी शुन्दरीदेवीका पुजन गुरुङ्ग,तथा उत्कृष्ट स्पाइकर जनकल्याणका कृजल मोक्तान घोषित भए।
उत्कृष्ट हुने विद्यालय तथा खेलाडी हरुलाई प्रमुख अतिथी नगर प्रमुख बिष्णु बिष्टले मेडल तथा प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।पुरस्कार बितरण समारोहमा खेलाडी तथा विद्यालयलाइ प्रमुख अतिथी प्रमुख बिष्ट ,उपप्रमुख भरत गोपाली,आयोजकका सदस्य सचिव सानोभाइ कार्कीले शुभकामना दिय भने निर्णायकहरुलाइ सम्मान गरियको थियो।सहभागी विद्यालय र पदक तालिका 
१- इअन इङलिस स्कुल -स्वर्ण -१ 
                               रजत-  ३ 
२- सरस्वती विद्या मन्दिर - कास्य -२
३-मत्स्यनारायण माबी-रजत-५
                               कास्य-५
४-हिमालयन बोर्डिङ -रजत-१
५-पालुङ्ग भ्याली     -कास्य-१
६-झम्केश्वरी माबी-स्वर्ण -४ 
                         कास्य-३
७-बागेश्वरी माबी-स्वर्ण - १
                       रजत-१
                       कास्य-४
८-नाट्यश्वर माबी - स्वर्ण-३
                        रजत-२
९स्वच्छन्द भैरव माबी-कास्य-१ 
१०-सुनौला-स्वर्ण-२
                 रजत-२ 
११-जनकल्याण - स्वर्ण-१२
                        रजत-११
                       कास्य-५
१२- शुन्दरीदेवी माबी - स्वर्ण - २ 
                              कास्य-१ 
१३-बज्रबाराही - स्वर्ण - ३
                      रजत-४
                     कास्य-३
१४ - सरस्वती माबी-स्वर्ण -१
१५- इन्द्रायणी माबी-कास्य-१
१६-पालुङ्ग बोर्डिङ 

१६ विद्यालय सहभागी भएको प्रतियोगितामा १५ वटा विद्यालयले मेडल प्राप्त गर्यो जनकल्याण माविको खेल मैदान र इन्द्रायणी चौरमा खेलहरु भएका छन् । जनकल्याणको खेल मैदानमा फिल्ड अन्तर्गतका खेलहरु भएका थिय भने इन्द्रायणी चौरमा ट्रयाक अन्तर्गतका खेलहरु भएका थिय ।
प्रतियोगितामा थाहाका १६ मावि विद्यालयहरुले सहभागिता जनाएका थिय । भलिबल प्रतियोगिताका लागि नगरपालिकाले १ लाख रुपैयाँ तथा अन्य विधाका खेलहरु सञ्चालन गर्नका ६ लाख रुपैयाँ बजेट छुट्याइएको थियो । प्रतियोगिता सोमबारसम्म चलेको थियो । प्रतियोगितामा दौड, कराँते, तेक्वान्दो र एथलेटिक्स तर्फका खेलहरु समावेश रहेको थियो।

https://www.thahapati.com/public/images/users/273450440_900150824007759-1646826285.jpg
शम्भु अधिकारी
shambhu.thahapati@gmail.com

शम्भु अधिकारी थाहापाटी अनलाईनका कार्यकारी सम्पादक हुन् । थाहा नगरबाट प्रकाशन भईरहेको यस अनलाईन पोर्टलमा तपाई सँग भएका समाचार, विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क सक्नुहुने छ । - ९८४५१४९०४५

IMG_20220619_155838_869-1655709494.jpg
IMG_20220619_175659_844-1655709494.jpg
IMG_20220620_104551_553-1655709523.jpg
1655713603256_1-1655713730.jpg
1655713620763_1-1655713730.jpg
nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
नवौँ पालिकास्तरीय भलिबलको उपाधिका लागि आग्रा र हेटौँडाबीच भिडन्त, फाइनल सोमबार
FB_IMG_1794151489297-1794151939.jpg

बिनयबाबु बस्नेत स्मृति प्रतिष्ठानको आयोजनामा थाहा नगरपालिकामा जारी नवौँ संस्करणको पालिकास्तरीय खुला भलिबल...

न्हुलगाउँ T20 कप–२०८३ कार्तिक २१ देखि सुरु हुँदै, ६ टोलीबीच प्रतिस्पर्धा हुने
file_0000000072c08211a34c-1793979458.png

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१० मा न्हुलगाउँ T20 कप–२०८३ आयोजना हुने भएको छ। न्हुलगाउँ टोल विकास...

नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्ष पदमा पालुङका सञ्जय गोपालीको उम्मेदवारी
FB_IMG_1793928531445-1793978598.jpg

नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्ष पदमा पालुङका सञ्जय गोपालीले उम्मेदवारी दिएका छन् । पालुङ जेसीज बर्ष २०२६ का...

विनयबाबु स्मृति भलिबल सुरु, उद्घाटन खेलमा साविक विजेता तमु, मंगलेश्वर र हेटौँडा विजयी
FB_IMG_1793970900315-1793971499.jpg

मकवानपुरको थाहा नगरपालिकामा नवौँ संस्करणको विनयबाबु बस्नेत स्मृति मकवानपुर जिल्ला पालिकास्तरीय खुला भलिबल...

स्वच्छन्द भैरव माविको विद्यालय व्यवस्थापन समिति अध्यक्षमा सरोज कुमार रेग्मी निर्विरोध चयन
FB_IMG_1793880704719-1793880988.jpg

मकवानपुर । श्री स्वच्छन्द भैरव माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा सरोज कुमार रेग्मी...

थाहामा पालिकास्तरीय खुला भलिबल प्रतियोगिता हुँदै, विजेतालाई १ लाख १ हजार १११ रुपैयाँ पुरस्कार
FB_IMG_1793422395897-1793716186.jpg

थाहा।थाहामा  मकवानपुर पालिकास्तरीय खुला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ। बिनयबाबु बस्नेत स्मृति...

१० पटक यात्रा गरे ११औँ पटक निःशुल्क ! पालुङदेखि काठमाडौंको जोरपाटीसम्म थाहानगर यातायात सञ्चालन हुँदै
InShot_20261103_181144553-1793709249.jpg

मकवानपुर । थाहा नगरपालिकाका नागरिकलाई काठमाडौंसँग जोड्दै सुरक्षित, सहज र भरपर्दो यातायात सेवा उपलब्ध गराउने...

भीमफेदीको सानुटारमा 'उज्यालो संवाद' सम्पन्न
FB_IMG_1793620666431-1793620702.jpg

भीमफेदी, मकवानपुर । भीमफेदी गाउँपालिका वडा नम्बर १ स्थित सानुटारमा सोमबार 'उज्यालो नेपाल पार्टी'ले टोल भेला...

एमाले थाहा नगरको जागरण अभियान सुरु, संगठन विस्तार र सुदृढीकरणमा जोड
1000076457-1793537840.jpg

नेकपा एमाले थाहा नगर कमिटी केन्द्रीय कार्यक्रम अन्तर्गत ‘जागरण अभियान’मा जुटेको छ । आइतबार थाहा नगरमा एक...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg