pani-1786865868.jpg
Sunday, 13 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

खेल

युएइलाई त्रिदेशीय टि २० शृङखलाको उपाधि

c3-1698401705.jpg

कात्तिक १० गते । संयुक्त अरब इमिरेट्सले शुक्रबार आयोजक नेपाललाई रोमाञ्चक खेलमा चार विकेटले हराएर त्रिदेशीय टी–ट्वान्टी अन्तर्राष्ट्रिय शृङखलाको उपाधि हात पारेको छ ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेपछि पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा १६२ रनको चुनौतीपूर्ण स्कोर तयार पारेको थियो । 

युएइले एक बल बाँकी छँदा छ विकेटको क्षतिमा १६७ रन बनाएर लक्ष्य हासिल गर्यो । यस त्रिदेशीय शृ्ंखलामा नेपाल र युएयबाहेक तेस्रो टिमका रुपमा हङकङ रहेको थियो । प्रतियागितामा सहभागी तीनै टिमले एकले अर्कासँग दुई पटक खेलेपछि अङ्क तालिकामा शीर्ष दुई स्थानमा रहने नेपाल र युएइबीच शुक्रबार फाइनल भएको हो । नेपाल लिग चरणमा चारै खेल जितेर अपराजित रह्यो । तर युएइले लिग चरणमा नेपालसँग वेहोरेको दुवै हारको बदला लिएको छ । 

नेपालको फाइनलमा राम्रो सुरुवात भएको थियो । प्रारम्भिक ब्याट्सम्यान कुशल भुर्तेलले सर्वाधिक ५० रन बनाउनुभयो । भुर्तेल २९ बलमा छ चौका र छ छक्कासहित अर्धशतक छोएपछि आउट हुनुभयो । भुर्तेलको यो अन्तर्राष्ट्रिय टि२० मा छैटौँ अर्धशतक भएको छ । 

अर्का प्रारम्भिक ब्याट्समयन आसिफ शेख सात रनमा स्पीनर आयान खानको बलिङमा बोल्ड हुनुभयो । आयानले आप्mनो पहिलो ओभरमा नै विकेट लिनुभएको हो । १७ वर्षीय आयनले आप्mनो अर्को ओभरमा विस्फोटक ब्याट्सम्यान कुशल मल्ललाई रनको एक रनमै बोल्ड गरेर युएइलाई खेलमा फर्काउनुभयो । 

यसैगरी कप्तान रोहित पौडेल १७ बलमा १८ रन बनाएर विकेटपछाडि क्याच आउट हुनुभयो । दिपेन्द्रसिंह ऐरी पनि १५ बलमा एक चौका र एक छक्कासहितको संक्षिप्त पालि खेलेर पवेलियन फर्कनुभयो । दिपेन्द्र अली नासिरको बलिङमा बोल्ड हुनुभएको हो ।

त्यसपछि सन्दीप जोरा १० रनमा जहुर र सोमपाल कामी १३ रनमा आयानको शिकार बन्नुभयो । अलराउन्डर गुलसन झाको ब्याट्बाट पाँच रनमात्र निस्किए । पुछारका करण केसीले १७ बलमा दुई चौका र एक छक्का प्रहार गर्दै अविजित २३ रन बनाएपछि मात्र नेपालले युएइलाई प्रतिस्पर्धात्मक लक्ष्य दिन सक्यो । युएइका लागि आयानले चार ओभरमा मात्र १६ रन खर्चेर सर्वाधिक तीन विकेट लिनुभयो । आयान नै फाइनलमा म्याच अफ दि म्याच बन्नुभयो ।

युएइले जवाफमा पहिलो ओभरमा नै १७ रन बटुलेर राम्रो सुरुआत गर्यो । कप्नान मोहम्मद वासिमले २२ बलमा सात चौका र दुई छक्कासहित ४५ रन बनाएपछि खेल एकपक्षीय देखिएको थियो । गुल्सनले आप्mनो पहिला ओभरमा वसिमलाई बोल्ड गरेर नेपाललाई खेलमा फर्काउनुभएका हो । वासिमको विस्फोटक पालिमा दुई जीवनदान पनि सामेल थियो ।

वासिम आउट भएको तीन ओभरपछि अर्का प्रारम्भिक ब्याट्सम्यान आर्यन्स शर्मा पनि २५ रनमा पवेलियन फर्कनुभयो । कुशलको बलिङमा थर्ड म्यानमा जोराको दर्शनीय क्याचमा आर्यन्स क्रिज छोड्न बाध्य हुनुभएको हो । एघारौँ ओभरमा गुल्सनले तेज गतिमा रन बनाउन कहलिएका आसिफ खानलाई सात रनमा अविनाश बोहराबाट क्याच आउट गराउनुभयो । तर वृत्य अरविन्द (२६ रन), बासिल हामिद (१६ बलमा अविजित २२ रन) ले नेपाललाई खेलमा फर्किन दिनुभएन । युएइलाई अन्तिम दुई बलमा दुई रन चाहिएको अवस्थामा हामिदले छक्का प्रहार गरी जित दिलाउनुभयो । नेपालका लागि अविनाश बोहरा र गुलसनले दुई–दुई तथा कुशलले एक विकेट लिनुभयो ।

सोमबारदेखि नेपालमा टि२० विश्वकप छनोट

विश्वकप टि२० छनोटको तयारीअनुरुप त्रिदेशीय शृङखलाको आयोजना भएको हो । आइसिसी टि२० विश्वकप एसिया क्षेत्र छनोट नेपालमा सोमबारदेखि हुँदैछ । समूह ए मा नेपाल, ओमान, सिङगापुर र मलेसिया छन् । समूह बी मा हङकङ, युएई, बहराइन र कुवेत रहेका छन् । यस छनोट प्रतियोगितामा फाइनल पुग्ने दुई टोली २०२४ मा हुने टि२० विश्वकप खेल्न पाउने प्रावधान रहेको छ ।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...