Friday, 05 Jun, 2026
jkmv2083-1778723862.jpg

जीवनशैली

यमपञ्चक सुरु : पहिलो दिन काग तिहार मनाइँदै

kag-tihar-1699669297.jpg

: शरद् ऋतुमा कार्तिक कृष्णपक्षको त्रयोदशीदेखि कार्तिक शुक्लपक्षको द्वितीयासम्मका पाँच दिनलाई यमपञ्चक भनिन्छ।

यम भनेको यमराज र पञ्चक भनेको पाँच दिनको समूह भन्ने हो। दीर्घायुष्यका लागि मृत्युका देवता यमराजको पूजा गरिने हुनाले यी पाँच दिनलाई यमपञ्चक भनिएको हो।

महाभारत, स्कन्दपुराण, लिंगपुराण, पद्मपुराण आदि पौराणिक ग्रन्थमा यमद्वितीया (भाइटीका) र यमपञ्चकबारे चर्चा भएको छ। पौराणिक कथनअनुसार मृत्युका देवता यमराज हुन्। उनी सूर्य र संज्ञाका पुत्र हुन्। यमराजकी बहिनी यमुना हुन्।

 

 

कार्तिक कृष्णपक्षको त्रयोदशीका दिन यमराज आफ्नी बहिनी यमुनालाई भेट्न उनका घर गएका थिए। कार्तिक शुक्ल द्वितीयाका दिनसम्म अर्थात् भाइटीकाका दिनसम्म यमराज यमुनाकहाँ बसे, यमुनाले दाजु यमराजलाई प्रेमपूर्वक स्वागत सत्कार गरिन्। यमराज प्रसन्न भएर बहिनीलाई के वरदान दिऊँ भने।

यमुनाले आज हामी दाजुबहिनी भेट भएको प्रेममय दिन हो। अबदेखि प्रत्येक वर्ष आजका दिन सबै दाजुभाइ दिदीबहिनीकहाँ गएर भोजन गरून् भन्ने वर मागिन्।

यमराजले तिम्रो इच्छा पूर्ण होओस्, आजका दिन दिदीबहिनीका हातको टीका लगाउने र दिदीबहिनीका घरमा भोजन गर्ने व्यक्तिले पुत्रपौत्र, धनसम्पत्ति, आयु र कीर्ति प्राप्त गर्नेछ भन्ने वरदान दिए। त्यहीँदेखि यमपञ्चकलाई दाजुभाइ र दिदीबहिनी भेट हुने उत्सवका रूपमा मनाउन थालियो।

यमपञ्चककै बीचमा लक्ष्मीपूजा पनि पर्दछ। त्यसैले यी पाँच दिन धनधान्यकी देवी लक्ष्मीको आराधना गर्ने र अपमृत्यु नहोस् भनेर यमराजको पूजा गर्ने दोहोरो महत्त्व बोकेका उत्सवका दिन हुन्।

सुखी जीवनका लागि लक्ष्मीको र लामो आयुका लागि यमराजको पूजा गरिने यो पर्व बाँचुन्जेल यस लोकको सुखभोग र जीवनपश्चात् स्वर्गीय सुख चाहनेहरूका लागि महत्त्वपूर्ण अवसर हो। 

नीति भन्छ, ‘धनाद्धर्मस्ततः सुखम्’ धनबाट धर्म आर्जन गर्न सकिन्छ, अनि धर्मले सुख प्राप्त हुन्छ। वर्णाश्रम व्यवस्थाअन्तर्गत ब्रह्मचर्य आश्रमपछिको गृहस्थ आश्रम धन आर्जन गर्ने समय हो।

२५ वर्षदेखि ५० वर्ष उमेरसम्मको यस अवस्थामा न्यायपूर्वक प्रशस्त धन आर्जन गर्ने इच्छा राख्नुपर्छ, यो शास्त्रसम्मत कुरा हो। जीवनको यो सक्रिय अवस्थामा धन आर्जन गर्नाले त्यसपछिको अवस्थामा धर्म आर्जन गर्न सहयोग पुग्छ। यस सन्दर्भमा नीतिको भनाइ छ-

प्रथमे नार्जिता विद्या द्वितीये नार्जितं धनम् ।
तृतीये नार्जितो धर्मश्चतुर्थे किं करिष्यति?

जसले जीवनको पहिलो अवस्थामा विद्या आर्जन गरेन, दोस्रो अवस्थामा धन आर्जन गरेन र तेस्रो अवस्थामा धर्म आर्जन गरेन भने चौथो अवस्थामा त के गर्नसक्छ र? अर्थात् जीवन निरर्थक हुन्छ। त्यसैले धर्मपूर्वक धन आर्जन गर्नु शास्त्रसम्मत कुरा हो। न्यायपूर्वक आर्जन गरिने चोखो धनका लागि प्रेरित गर्ने अवसर लक्ष्मीपूजा हो। 

पहिलो दिन धनतेरस र कागतिहार
कार्तिक कृष्णपक्षको त्रयोदशी तिथि यमपञ्चकको पहिलो दिन हो। यस दिन धनतेरस र कागतिहार मनाइन्छ। यो दिन धन्वन्तरि जयन्ती हो। कार्तिक कृष्ण त्रयोदशीका दिन धन्वन्तरिको आविर्भाव भएको कुरा पुराणमा उल्लेख भएको छ। धन्वन्तरि त्रयोदशीलाई नै छोटकरीमा धनतेरस भनिएको हो। त्यसैले यस दिन धन्वन्तरिको पूजा गरिन्छ। 

को हुन् धन्वन्तरि? 
धन्वन्तरि प्रसिद्ध पौराणिक पात्र हुन्। उनी देवताका वैद्य मानिन्छन्। उनलाई भगवान् विष्णुको अवतार पनि मानिएको छ। आयुर्वेदका प्रवर्तक धन्वन्तरि मानिन्छन्। उनैबाट पूर्वीय स्वास्थ्यविज्ञानको जग बसेको कुरा आयुर्वेदले स्वीकार्छ। 

धन्वन्तरिको उत्पत्तिबारे पौराणिक मान्यता के छ भने देवता र दैत्य मिलेर समुद्र मन्थन गर्दा हातमा अमृतपूर्ण घडा लिएर धन्वन्तरि प्रकट भए। यसपछि अरू विभिन्न रत्नहरू निस्के। त्यहीँबाट लक्ष्मी पनि प्रकट भइन्। लक्ष्मी भगवान् विष्णुकी शक्तिका रूपमा रहिन्। त्यसैले धन्वन्तरि र लक्ष्मी समुद्रका पुत्र र पुत्री दाजु–बहिनी मानिन्छन्। लक्ष्मीपूजाभन्दा अगाडि धन्वन्तरि पूजा गर्नुको रहस्य पनि यही हो। 

धनतेरससम्बन्धी लौकिक रीति 
नेपालको तराई क्षेत्र र भारतमा धनतेरस विशेष महत्त्वका साथ मनाइन्छ। सामाजिक सांस्कृतिक संसर्गले गर्दा हिजोआज नेपालका सबैजसो क्षेत्रमा धनतेरसको संस्कृति फैलिसकेको देखिन्छ। यस दिन गणेश, लक्ष्मी आदि देवीदेवताका नयाँ मूर्ति, तामा काँसजस्ता बहुमूल्य धातुका भाँडाकुँडा र सुनचाँदीका गरगहना किन्नु शुभ हुन्छ भन्ने मान्यता रहेको छ।

धनतेरसका दिन मूर्ति, भाँडा र गहना किनेर घर ल्याउँदा लक्ष्मी भित्रिन्छिन् र लक्ष्मी स्थिर रहन्छिन् भन्ने मान्यता पनि रहेको छ। यस दिन किनेका भाँडा वा गहना सधैं घरमा राखिन्छ, दान वा उपहारमा अरूलाई दिइँदैन। धन्वन्तरि उत्पत्ति हुँदा हातमा अमृत भरिएको सुनको घडा लिएका हुनाले सकेसम्म महँगा धातुका पानी राख्ने भाँडा किन्नु राम्रो हुन्छ भन्ने पनि चलन छ।

आर्थिक अवस्था सामान्य हुनेहरू धनतेरसलाई नाङ्लो, कुचो, थाल–कचौरा, गाग्री, अम्खोराजस्ता  घरको आवश्यकताका सामान किन्ने अवसरका रूपमा लिन्छन् भने धनीहरूका लागि विलासिताका साधन किन्ने अवसर पनि यही बनेको देखिन्छ। गाडी, मोटरसाइकल, स्कुटरजस्ता सवारी साधन किन्नका लागि पनि धनतेरसलाई उत्तम दिन मानिन्छ। हर्षोल्लासपूर्वक गरिने लक्ष्मीपूजाको तयारीका रूपमा नयाँ मूर्ति, भाँडा वा अन्य आवश्यक सामग्री किन्नु सान्दर्भिक पनि छ। 

कागतिहार
यमपञ्चकको पहिलो दिन कागतिहार हो। यस दिन कागलाई सम्मानपूर्वक चन्दन, अक्षता, फूल, धूप, बत्ती, मीठामीठा खाना आदि राखिदिएर पूजा गरिन्छ। 

कागलाई सम्मान गर्ने परम्परा अनादिकालदेखि चलेको देखिन्छ। पुराणहरूमा कागलाई यमराजको दूत मानिएको छ। संस्कृतमा कागलाई बुझाउन यम र यमदूत शब्द पनि प्रयोग हुन्छन्।

मृत्युसंस्कारका रूपमा गरिने दशगात्र कर्ममा प्रत्येक दिन कागलाई बलि (उपहार) दिनु अनिवार्य मानिन्छ। आस्थावान् गृहस्थले दैनिक गर्ने बलिवैश्वदेवका कर्ममा पनि कागलाई बलि दिने विधान छ।
 
ज्योतिषअन्तर्गत मानिने शकुन शास्त्रमा कागको ठुलो महत्त्व छ। काग कुन अवस्थामा दिनको कुन प्रहरमा कुन दिशामा बसेर कस्तो आवाज निकालेर कराउँछ त्यस आधारमा शकुन शास्त्रले फल बताएको छ। कागले अशुभ मात्र होइन, शुभ समाचार पनि ल्याएको हुन्छ।

चराका व्यवहारको गम्भीर अध्ययन गरेर तयार पारिएको शकुन शास्त्र सतहीरूपमा हेर्दा अन्धविश्वासजस्तो लागे पनि राम्ररी अध्ययन गर्ने हो भने प्रकृतिविज्ञानको महत्त्वपूर्ण अंग हो।

खेतीपातीलाई नष्ट गर्ने किरा-फट्यांग्रा खाएर कृषि उत्पादनमा वृद्धि गर्ने र हाम्रो परिवेशमा रहेका सडेगलेका, फ्याँकिएका वस्तुहरू खाएर वातावरणलाई सफा राख्ने हुनाले प्रकृति र वातावरणका विज्ञहरूले पनि कागलाई मानिसको सहयोगी प्राणीका रूपमा चर्चा गरेका छन्। 

कागतिहारका धार्मिक कृत्य
यमपञ्चकको पहिलो दिन बिहान स्नान–सन्ध्या आदि नित्यकर्म गरेर यमपञ्चकका विशेष कर्म गरिन्छ। यस दिन बिहान धन्वन्तरि, कुबेर र यमराजको स्थापना गरेर तिनीहरूको पूजा गरिन्छ। पूजाको अन्त्यमा घरबाहिर काग आएर बस्न सक्ने ठाउँमा कागलाई लक्षित गरी पूजासामग्री अर्पण गरिन्छ र बलि (खानेकुरा र पानी) दिइन्छ। कागलाई बलि दिँदा भन्ने मन्त्र यस्तो छ–

ऐन्द्रवारुणवायव्या याम्या वै नैर्ऋतास्तथा।
वायसाः प्रतिगृह्णन्तु भूमौ पिण्डं मयार्पितम् ।।

यमपञ्चकअन्तर्गत त्रयोदशीको सन्ध्या कालमा अपमृत्यु–निवारणका लागि घरबाहिर मूलढोका वा गेटका अगाडि यमराजलाई दीपदान गर्नू भन्ने स्कन्दपुराणको वचन छ। यमराजलाई लक्षित गरेर बालिने यस दीपलाई यमदीप भनिएको छ। बत्ती बालेर यमराजलाई समर्पण गर्दै यो मन्त्र भनिन्छ-

मृत्युना पाशदण्डाभ्यां कालेन श्यामया सह ।
त्रयोदश्यां दीपदानात् सूर्यजः प्रीयतां मम ।।

यमदीपदान गर्नाले अपमृत्यु हुँदैन भन्ने स्कन्दपुराणको वचन छ। आजैका दिनदेखि घरवरिपरि बत्ती बालेर दीपावली गर्ने हाम्रो परम्परा पनि यमपञ्चकको यही विधानसँग सम्बन्धित छ।

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg