Friday, 05 Jun, 2026
jkmv2083-1778723862.jpg

जीवनशैली

यमपञ्चकको तेस्रो दिन आज गाई तिहार

gai12-1699846752.jpg

यमपञ्चकको तेस्रो दिन आज गाई तिहार मनाइँदैछ। सामान्यतया चौथो तिहारको रूपमा गाई तिहार मान्ने चलन भए तापनि यसपटक तिथीको घटबढका कारण तेस्रो दिनमै गाई तिहार परेको छ।

गाईको धार्मिक महत्त्व 
मानव सभ्यताको विकासमा गाईको ठुलो महत्त्व छ। गाईबाट प्राप्त हुने दुध, दही, घिउ, गहुँत, गोबर आदि वस्तुबाट प्राचीन कालदेखि नै मानिसले पौष्टिक आहार प्राप्त गर्दै आएको हो।

कृषियुग सुरु भएपछि कृषि-उत्पादन वृद्धिका लागि गाईको गोबर र गहुँत मल र विषादि दुवै रूपमा प्रयोग हुन थाल्यो।

 

 

गोरुले जोतेर कृषिकर्ममा मानिसलाई ठूलो सहयोग पुग्यो। अरू कुनै खाद्यपदार्थ नभए पनि गाईका दुध, दही, घिउ खाएर मानिस सजिलै बाँच्न सक्छ।

गाई जग्गा-जमिनजस्तो अचल वस्तु होइन, आ-आफू जहाँ जाने हो त्यहीँ लैजान सकिने चल वस्तु हो।

त्यसैले प्राचीन कालमा गाई सबैभन्दा महत्त्वपूर्ण चल सम्पत्ति मानिन्थ्यो। अरू वस्तुको मूल्यांकन गर्दा गाईको मूल्यसँग तुलना गरिन्थ्यो।

भैँसी, बाख्रा आदिबाट प्राप्त हुने दुध, दही आदि वस्तुभन्दा गाईबाट प्राप्त हुने ती वस्तु बढी पौष्टिक हुने, गाई छरितो पनि हुने र गाईका सबै कुरा उपयोगी हुने भएकाले मानिसले गाईलाई बढी महत्त्व दिएको देखिन्छ।

गाईलाई संस्कृतमा गौ भनिन्छ। जानु अर्थ भएको गम् धातुबाट गौ शब्द भन्ने भएकाले शब्दकल्पद्रुममा गौ शब्दको यौगिक अर्थ बताउँदै स्वर्ग जाने साधन भएकाले गौ भनिएको भन्ने उल्लेख छ।

गाईको बहुउपयोगितालाई दृष्टिगत गरी संस्कृतमा गाईको पर्यायवाची शब्द ‘माता’ भनिएको छ। आमाले आफ्ना सन्तानलाई दुध खुवाएजस्तै गाईले मानवलाई दुध दिएर प्राण रक्षा गरिदिने हुनाले नै गाईलाई माता भनिएको हो। 

सम्मानका दृष्टिले पनि गाईलाई देवता मानेर आमालाई जस्तै सम्मान गर्ने संस्कृतिको विकास गरिएको छ।

वेद, पुराण र धर्मशास्त्रमा गाईको निकै महिमागान भएको छ। संस्कृतको अथाह वाङ्मयमा कुनै न कुनै किसिमले गाईको महत्वबारे चर्चा नगरिएको ग्रन्थ पाउनै गाह्रो छ।

वैदिक संहितादेखि नै गाईको महिमाबारे चर्चा भएको पाइन्छ। ऋग्वेदमा ‘गो मे माता ऋषभः पिता’ भनेर गाईलाई आमा र गोरुलाई बुवा भनिएको छ। 

शुक्लयजुर्वेदको सुरु नै गाईको महिमागान गर्दै भएको छ। अथर्ववेदमा ‘यूयं गावो भेद कृशम्’ इत्यादि मन्त्रमा गाईका दूधले मानिस हृष्टपुष्ट र तेजस्वी हुने कुरा बताइएको छ।

सनातन संस्कृतिले गाईलाई जनावर होइन प्रत्यक्ष देवता मान्दछ। शास्त्रीय कथनअनुसार गाई लक्ष्मी हुन्। गाईका प्रत्येक अंगमा देवताहरूको वास हुन्छ। 

गाईका सिङका माझमा ब्रह्मा, निधारमा शिव, दुवै कानमा अश्विनिकुमार, आँखामा चन्द्रमा र सूर्य, कोखामा साध्यगण, घाँटीमा पार्वती, पीठमा नक्षत्रगण, जुरोमा आकाश, गोबरमा महालक्ष्मी र अष्ट ऐश्वर्य र स्तनमा समुद्रको वास हुन्छ भन्ने शास्त्रीय मान्यता छ।

गाईका दुध, दही, घिउ, गहुँत र गोबरलाई गव्य भनिन्छ। सबै गव्य पवित्र हुन्छन्। पञ्चगव्य खानाले हाम्रो छालादेखि हड्डीसम्म सबैतिर रहेका पाप नाश हुन्छन् भन्ने मान्यता छ। गोबरले लिपेपछि अशुद्ध भूमि पनि शुद्ध हुन्छ।

गहुँत छर्किनाले अपवित्र ठाउँ वा मानिस पवित्र हुन्छ। गाईका दुध-घिउमा पकाएको भोजन मानिसलाई मात्र होइन देवता र पितृका लागि पनि उत्तम भोजन हुन्छ। गाईको दान सबैभन्दा ठुलो दान मानिन्छ।

गरुडपुराणमा गाई दान गर्नाले वैतरणी नदी सजिलै तर्न सकिन्छ भन्ने चर्चा आएको छ। भविष्यपुराणमा गाईलाई नमस्कार गर्दा गाईदानको फल मिल्ने बताइएको छ भने विष्णुपुराणमा गाईको प्रदक्षिणा गर्नाले सात द्वीपयुक्त पृथिवीको परिक्रमा गरेको फल मिल्ने कुरा बताइएको छ।

यसरी जन्मदेखि मृत्युसम्मका सबै अपवित्रताबाट शुद्ध गर्ने र मृत्युपश्चात् पनि पारलौकिक सुख दिने प्राणीका रूपमा गाईको महिमागान गरिएको छ। गाईका यिनै विशेषताले गर्दा यसको पूजा गर्ने संस्कृतिको विकास भएको हो। कार्तिक कृष्ण औँसीमा लक्ष्मीपूजा गरिने र गाईलाई पनि लक्ष्मीकै रूप मानिने भएकाले लक्ष्मीपूजासँगै गाईपूजा गरिएको हो।

औँशीका दिन बिहान गाई पूजा र साँझ लक्ष्मीपूजा गर्नुपर्ने विधि भए पनि तिथिको घटबढका कारण यो वर्ष दुई दिन परेको छ। आइतबार अपराह्न नै औँशी तिथी लागेपछि साँझ लक्ष्मीपूजा गरिएको छ। सोमबार बिहान गाईको पूजा गरिँदैछ।

‘कार्तिक कृष्ण औँसीको गाईतिहार सोमबार भए पनि साँझ वा रात्रिमा तिथि नरहने भएका कारण आइतबार नै लक्ष्मीपूजा गरिएको हो’, पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा.श्रीकृष्ण अधिकारीले भने।

उनका अनुसार आइतबार १९ घडी ३७ पला अर्थात् दिउँसो २ बजेर १४ मिनेटमा औँशी लागेको हो। सोमबार २० घडी ४४ पला अर्थात् दिउँसो २ बजेर ४४ मिनेटसम्म औँसी रहने समितिले जनाएको छ।

गत वर्ष पनि यस्तै परेको थियो। अघिल्लो दिन बेलुकी लक्ष्मीपूजा गरी भोलिपल्ट बिहान गाईपूजा गरिएको थियो।

आज गरिने धार्मिक कृत्य
गाई तिहारका दिन गाई-गोरुको पूजा गरिने भएकाले बिहान नित्यकर्म सकेर पूजा-सामग्री लिई गाई-गोरुका नजिक गइन्छ।

गाईका खुट्टा धोइदिने, सिङमा तेल लगाइदिने, नयाँ दाम्ला फेरिदिने गरेर सम्मान गरिन्छ। यसपछि चन्दन, अक्षता, फूल, माला आदिले पूजा गरिन्छ र मिठा भोजन, नुन, पानी आदि दिइन्छ। यसरी गाईको पूजा गर्दा यो मन्त्र भनिन्छ-

लक्ष्मीर्या लोकपालानां धेनूरूपेण संस्थिता।
घृतं ददाति यज्ञार्थे मम पापं व्यपोहतु।।

गाई तिहारलाई ‘गाईलाई नुन दिने’ भन्ने चलन छ। अरू बेला गाईले नुन खान पाए/नपाएको ख्याल नगरे पनि यस दिन अवश्य नुन दिनुपर्छ भनेर अरू खानेकुराका साथमा विशेष गरी नुन चटाइन्छ।

यस दिन गाई हिँड्ने बाटो वारिपारि पारेर तोरण टाँग्ने र त्यसैमुनिबाट गाई हिँडाउने चलन पनि छ। गाई-गोरुको पूजा हुने भएकाले आज गोरुले जोत्ने वा श्रमको काममा लगाउने गरिँदैन, विश्राम दिइन्छ।

सन्ध्या कालका नित्यकर्म गरेर बलि राजाको पूजा गरिन्छ। बलिको पूजामा पनि उपलब्ध पूजा सामग्रीले पूजा गरी बलिको प्रार्थना गरिन्छ। बलिको प्रार्थना गर्ने मन्त्र यो हो-

बलिराज नमस्तुभ्यं दैत्यदानववन्दित ।
इन्द्रशत्रोऽमराराते विष्णुसन्निधिकारक ।।

आजको दिनमा शिव र पार्वती जुवा खेल्दा पार्वतीले जितेकी थिइन् भन्ने प्रसंग ब्रह्मपुराणमा आएको छ। त्यसैले आज जुवा खेल्ने चलन छ र जुवामा जसले जित्छ त्यसका लागि पूरा वर्ष शुभ हुन्छ भन्ने मान्यता छ।

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg