pani-1786865868.jpg
Tuesday, 15 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

अपडेट

मुगुको गमगढीमा भीषण आगलागी

swfghnd-1695435622.jpg

जिल्ला सदरमुकाम गमगढी बजारमा शुक्रवार  राती  अन्दाजी १२ बजे भीषण आगलागी भएको छ। मुगुको छायाँनाथ रारा नगरपालिका वडा नं २ मा पर्ने गमगढी बजारको कालीकामालीका मन्दिरको  पश्चिमी क्षेत्र तिर आठ घर जलेर नष्ट भएका छन्। 

जिल्ला प्रहरी कार्यालयको जानकारी अनुसार उक्त आगलागीबाट जलेका घर धनीहरूको नाम  तार्के लामा , सोनाम लामा,जङ्ग बहादुर  ऐडी, सान्तोना खत्री, पन्च सेजुवाल, प्रदीप रावल, पुतली शाही पद्मराज मल्लको टिनको टहरा रहेका छन्।  । 

स्थानीय चुम्म बुढाका अनुसार  उक्त घरका सटरहरूमा रहेको व्यापारिक मालसामानहरूका साथै घरका अन्य माल सामान गरी करोडौँको क्षती हुन सक्ने अनुमान गरिएको छ । आगो नियन्त्रणका लागि नेपाल प्रहरी,सशस्त्र प्रहरी,नेपाली सेना,नगर प्रहरी र स्थानीय बासिन्दाहरू खटिएका छन् । गमगढी खानेपानीको पानी प्रयोग गरी आगो नियन्त्रण गर्ने प्रयास जारी छ ।

आगो के कसरी लाग्यो हो भन्ने कुराको जानकारी प्राप्त हुन सकेको छैन भने क्षतिको यकिन विवरण आउन बाँकिनै रहेको जिल्ला प्रहरी  कार्यालयका प्रहरी  नायव उपरीक्षक राम बहादुर थापाले  बताउनु भयो।   रातिको समयमा आगलागी भए पनि कुनै मानवीय क्षति  हुन पाएन , हाल आगलागी नियन्त्रणमा आउने क्रममा रहेको छ  उहाँले भन्नुभयो।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...