Monday, 09 Nov, 2026
worldlink1-1789963258.gif

अपडेट

मिर्गौला रोगीको उपचारका लागि जनकल्याण माविका शिक्षक,विद्यार्थी द्वारा आर्थिक सहयोग

IMG_20250519_122641_706-1747640485.jpg

रकम हस्तान्तरण गर्दै शिक्षक हरु

भोलिको दिनमा के हुन्छ,कसलाई के थाहा! सन्दर्भ हो थाहा नगरपालिका वडा नं.४,दामन स्थायी घर भएका होटेल व्यवसायी सप्तरत्न मानन्धरको, अधिकांस मान्छेहरुको निम्ति सप्तरत्न मानन्धर एक चिरपरिचित नाम हो। उनी एक सफल होटेल व्यवसायी,शिक्षक,सामाजिक कार्यकर्ता थिए।
सुरुका दिनमा उनले दामन स्थित श्री ॠषेश्वर प्रा.वि.मा केही वर्ष अध्यापनको पनि काम गरेका थिए,पछि दामनमा नै होटेल व्यवसायको थालनी गरेका मानन्धरको आर्थिक स्थिति त्यो समय अन्य स्थानीहरुको भन्दा धेरै राम्रो थियो,उनले संचालन गरेको होटेलको नाम  होटल दामन हो। बि.सं.२०४५ देखि २०६२ सम्ममा राम्रो आम्दानी  गरि  स्थापित भएको  त्यो नाम चलेको  होटेल अहिले बन्द  अवस्थामा आईपुगेको छ। कारण हो उहाँको स्वास्थ्य समस्या। अनेक थरीका रोगले ग्रसित भएकै कारण उनी आर्थिक रुपले पनि पिडित हुन पुगेका छन् ।

उनी पहिले देखिनै प्रेसर अनि सुगर रोगको बिरामी थिए पछि दुबै मृगौला फेल भयो र अनि एक्कासि अस्पताल भर्ना हुनुपर्ने अवस्था आयो। पाटन अस्पतालमा उपचार गरे पश्चात् ,उनि अहिले ४ बर्ष देखि नियमित डाईलाईसिस गर्न काठमाडौ जाने गरेका छन् तर हालसम्म मृगौला प्रत्यारोपण भने भएको छैन।अत्यन्त आर्थिक अभावको कारण चन्दा सहयोगबाट उनको उपचार खर्च धानिदै आएको छ।

 नियमित डायलाइसिसका लागि काठमाडौं धाउन बाध्य मृगौला रोगी दामनका सप्तरत्न मानन्धरलाई थाहा नगरपालिका–३ मा अवस्थित जनकल्याण माध्यमिक विद्यालयका शिक्षक तथा विद्यार्थीहरुले आर्थिक सहयोग गरेका छन्।

अत्यन्तै कमजोर आर्थिक अवस्थाका कारण चन्दा सहयोगबाट उपचार खर्च धान्दै आएका ती बिरामीलाई विद्यालयले पच्चीस हजार आठ सय  दस रुपैयाँ सहयोग गरेको हो।

विद्यालयका प्रधानाध्यापक सानोभाइ कार्कीको नेतृत्वमा उक्त रकम विद्यालय परिसरमै बिरामी मानन्धरलाई हस्तान्तरण गरिएको थियो।

 प्रधानाध्यापक कार्कीले सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालयले यस्ता मानवीय कार्यमा निरन्तर सहयोग गर्दै आएको बताए। साथै, उनले सम्पूर्ण विद्यार्थी र शिक्षकहरुको सक्रिय सहभागिताका लागि धन्यवाद व्यक्त गरे।

विद्यालयको यस पहलले समुदायमा सकारात्मक सन्देश प्रवाह गर्नुका साथै सहानुभूतिपूर्ण भावना विकासमा समेत योगदान पुर्याउने विश्वास लिइएको छ।
यहाँहरु पनि सहयोग गर्न चाहनुहुन्छ भने निजको मोबाईल नम्बर ९८४५०७०५४९ सम्पर्क गर्न सक्नुहुनेछ।

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
नवौँ पालिकास्तरीय भलिबलको उपाधिका लागि आग्रा र हेटौँडाबीच भिडन्त, फाइनल सोमबार
FB_IMG_1794151489297-1794151939.jpg

बिनयबाबु बस्नेत स्मृति प्रतिष्ठानको आयोजनामा थाहा नगरपालिकामा जारी नवौँ संस्करणको पालिकास्तरीय खुला भलिबल...

न्हुलगाउँ T20 कप–२०८३ कार्तिक २१ देखि सुरु हुँदै, ६ टोलीबीच प्रतिस्पर्धा हुने
file_0000000072c08211a34c-1793979458.png

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१० मा न्हुलगाउँ T20 कप–२०८३ आयोजना हुने भएको छ। न्हुलगाउँ टोल विकास...

नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्ष पदमा पालुङका सञ्जय गोपालीको उम्मेदवारी
FB_IMG_1793928531445-1793978598.jpg

नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्ष पदमा पालुङका सञ्जय गोपालीले उम्मेदवारी दिएका छन् । पालुङ जेसीज बर्ष २०२६ का...

विनयबाबु स्मृति भलिबल सुरु, उद्घाटन खेलमा साविक विजेता तमु, मंगलेश्वर र हेटौँडा विजयी
FB_IMG_1793970900315-1793971499.jpg

मकवानपुरको थाहा नगरपालिकामा नवौँ संस्करणको विनयबाबु बस्नेत स्मृति मकवानपुर जिल्ला पालिकास्तरीय खुला भलिबल...

स्वच्छन्द भैरव माविको विद्यालय व्यवस्थापन समिति अध्यक्षमा सरोज कुमार रेग्मी निर्विरोध चयन
FB_IMG_1793880704719-1793880988.jpg

मकवानपुर । श्री स्वच्छन्द भैरव माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा सरोज कुमार रेग्मी...

थाहामा पालिकास्तरीय खुला भलिबल प्रतियोगिता हुँदै, विजेतालाई १ लाख १ हजार १११ रुपैयाँ पुरस्कार
FB_IMG_1793422395897-1793716186.jpg

थाहा।थाहामा  मकवानपुर पालिकास्तरीय खुला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ। बिनयबाबु बस्नेत स्मृति...

१० पटक यात्रा गरे ११औँ पटक निःशुल्क ! पालुङदेखि काठमाडौंको जोरपाटीसम्म थाहानगर यातायात सञ्चालन हुँदै
InShot_20261103_181144553-1793709249.jpg

मकवानपुर । थाहा नगरपालिकाका नागरिकलाई काठमाडौंसँग जोड्दै सुरक्षित, सहज र भरपर्दो यातायात सेवा उपलब्ध गराउने...

भीमफेदीको सानुटारमा 'उज्यालो संवाद' सम्पन्न
FB_IMG_1793620666431-1793620702.jpg

भीमफेदी, मकवानपुर । भीमफेदी गाउँपालिका वडा नम्बर १ स्थित सानुटारमा सोमबार 'उज्यालो नेपाल पार्टी'ले टोल भेला...

एमाले थाहा नगरको जागरण अभियान सुरु, संगठन विस्तार र सुदृढीकरणमा जोड
1000076457-1793537840.jpg

नेकपा एमाले थाहा नगर कमिटी केन्द्रीय कार्यक्रम अन्तर्गत ‘जागरण अभियान’मा जुटेको छ । आइतबार थाहा नगरमा एक...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg