Friday, 05 Jun, 2026
jkmv2083-1778723862.jpg

जीवनशैली

मधुमेह रोगीका लागि कस्तो खानपिन उपयुक्त ?

Screenshot_20220824-07092-1661304320.png

स्वस्थ रहनका लागि खानपिनमा ध्यान दिन आवश्यक हुन्छ । त्यसमा पनि विभिन्न रोग भएकाहरूले खानपिनमा विशेष ध्यान दिन जरुरी हुन्छ । नेपालमा मधुमेह ९सुगर० रोगका बिरामी पनि उल्लेख्य छन् । त्यसैले यहाँ मधुमेह रोगीले कस्तो खानपिन गर्नु उपयुक्त हुन्छ भन्नेबारे उल्लेख गरिएको छ ।

मधुमेह रोगीले सामान्य खानपिन गर्नुपर्छ । तरकारी, फलफूल, सलाद नियमित सेवन गर्नुपर्छ । मोटोपनबाट बच्न सीमित खानेकुरा खाने,  मासु, खासगरी चिल्लो, तारेको तयारी खानेकुरा र पेय पदार्थ खानु हुँदैन ।

मानिसको बढ्दो उमेरमा हुने घट्दो शारीरिक गतिविधि अनुसार खानेकुराको मात्रा पनि घट्नु पर्छ । तरकारीहरू कमभन्दा कम भएको सुप, काउली, बन्दाकोभी, सागपात, फर्सी, भान्टा, परवर, च्याउ, सिमी आदि हरियो तरकारी र गाजर, मूला, काँक्रो, प्याज, गोलभेँडा, कागती आदि र फलफूल पर्याप्त मात्रा खानुपर्छ । कोलेस्ट्रोल बढाउने खानेकुरा, सबै प्रकारको तेल, घ्यु कम खानुपर्छ ।


खान नहुने कुरा

मधुमेह भएकाहरूले चुरोट, बिडी, सुर्ती, तमाखु, जर्दा आदि सुर्तीजन्य पदार्थ सेवन गर्न हुँदैन ।

सकेसम्म यस्ता खानेकुरा कम खानुपर्छ

गुलियो पदार्थ जस्तैस् चिनी, ग्लुकोज भएको पदार्थहरू, मिठाई, सख्खर, जाम, मह, टिनमा राखेको फलफूलहरू, गुलियो पेय पदार्थहरू, आइसक्रिम, चकलेट, केक, गुलियो बिस्कुट आदि कम खानुपर्छ ।

चिनी र चिनी भएका गुलियो पेय तथा अन्य पदार्थले सुगर तुरुन्त बढाउने मात्र होइन कि अन्य विभिन्न हिसाबले पनि शरीरलाई खराब गर्न सक्छ । वजन र काम हेरी ठिक्क मात्रामा खानेकुरा खानु पर्छ ।

सुक्खा रोटी, भात, दाल, आलु, मासु, माछा, दूध, दही, पाउरोटी, चाउचाउ, चिउरा, चना, अण्डा क्रिमक्रेकर बिस्कुट जस्ता खानेकुरा ठिक्क खानुपर्छ ।

मधुमेहका औषधिहरू, विशेष गरी सल्फोनिलयुरिया समूहको खाने औषधि वा इन्सुलिनले रगतमा सुगरका मात्रा धेरै कम हुन सक्ने भएकाले त्यस्तो बेला खान आफूसँग कुनै गुलियो पदार्थ, खानेकुरा सधैँ राख्ने गर्नुपर्छ ।

सुगर धेरै कम अर्थात् हाइपोग्लाइसेमियाको लक्षण दुई प्रकारका हुन सक्छन् । जस्तैस्

–भोक लाग्नु

–पसिना आउनु

– हात, शरीर काम्नु

–मुटु छिटोछिटो धड्किनु

–डर लाग्नु, आत्तिनु

–झट्ट रिसाउने हुनु

–हातखुट्टा वा मुख झम्झमाउनु

–कमजोर हुनु आदि

यस्तै, हाइपोग्लाइसेमियाको मस्तिष्कको असरको लक्षण

–होसको कुरा नगर्नु

–झट्ट व्यवहार परिवर्तन हुनु

–सोच्न गाह्रो हुनु

–सवारी साधन, मेसिनहरू चलाउने क्षमता कम हुनु

–हातखुट्टा नचल्नु, पक्षाघात हुनु

–छारे रोगको लक्षण देखिनु

–बेहोस हुनु आदि

हाइपोग्लाइसेमियाका लक्षणका कारण यस्ता समस्या आउन सक्छन् । रगतमा सुगर धेरै कम अर्थात् हाइपोग्लाइसेमिया छ भन्ने कुरा रगत नजचाइकन पनि लक्षणहरूको आधारमा शङ्का गर्न सकिन्छ । यस्तो शङ्का लागेपछि तत्काल रगत जाँच्नुपर्छ ।

लिइरहेको सल्फोनिलयुरिया वा मेगालिटिनाइड्स समूह औषधि  वा इन्सुलिनले असर गर्ने समयसँग पनि लक्षणहरु हुन सक्ने भएकाले समय हेरेर पनि सोच्नु पर्छ । आफैसँग रगत जाँच्न ग्लुकोमिटर छ भने कुनै पनि बेला रगत जाँच्न धेरै सजिलो हुन्छ । यस्तो हुने बिरामीले समेसम्म ग्लुकोमिटरले जाँच्ने गर्नु राम्रो हो ।

उपचार

रगतको सुगर धेरै कम अर्थात् हाइपोग्लाइसेमियाको शङ्का भएमा तुरुन्त रगतमा सुगर जाँच्न सकिन्छ ।  त्यस्तो गर्न सकिँदैन भने पनि केही ग्लुकोज, चिनी मिठाई, फलफूलका रस, गुलियो पेय पदार्थ अथवा चकलेट आदि खानेकुरा खाइहाल्नु पर्ने हुन्छ । जस्तो

–दुई चम्चा चिनी अथवा

–दुई चच्चा ग्लुकोज अथवा

–चिनी क्युव ३ वटा

–कोला भएको पेय पदार्थ ९० एमएल आदि

यसरी खाएको १५ मिनेटपछि रगतमा ग्लुकोमिटरले सुगर कम देखाउँछ भने फेरि दोहोर्‍याउनु पर्छ । एकपल्ट रगतमा सुगर सामान्य भइसकेपछि अथवा रगतमा सुगर जाँच गरिएको छैन भने पनि हल्का खाना खानुपर्छ । आवश्यकता अनुसार रगतमा सुगर जाँच्न चिकित्सक वा अस्पतालमै जानुपर्छ । पछि आफूले अनुभव गरेका यी लक्षणहरु चिकित्सकलाई जानकारी गराउनुपर्छ ।

सुगर घटाउनका लागि अन्य औषधिसँगै अक्गरवोज नामक औषधि पनि खाइरहेको बेलामा हाइपोग्लाइसेमिया भएमा उपचारमा चिनी अथवा ग्लुकोज नै खानुपर्छ ।

९वीर अस्पतालका मधुमेह तथा हर्मोन रोग विशेषज्ञ डा। दीपक मल्लसँग कुराकानीमा आधारित०

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg