pani-1786865868.jpg
Wednesday, 16 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

अपडेट

मकवानपुरमा ३ सय २५ जना सक्रिय संक्रमित उपचाररत

download-1619762478.jpg

मकवानपुरमा दिनप्रतिदिन संक्रमित पुष्टि हुनेको संख्या बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा कवानपुरमा ४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

बिहिबार पिसिआर परीक्षणमा ३२ जना र एन्टीजेन विधिबाट गरिएको परीक्षणबाट १६ जना गरी ४८ जनामा कोरोना पुष्टि भएको हो । यो संगै मकवानपुरमा कोरोना पुष्टि हुनेको संख्या ४ हजार २ सय ४० जना पुगेको छ । मकवानपुरमा हालसम्म ३ हजार ८ सय ८० जना संक्रमण मुक्त भइसकेका छन् ।

मकवानपुरमा आजको दिनमा ३ सय २५ जना सक्रिय संक्रमित उपचाररत रहेका छन् । जसमा ३१० जना घरमा,९ जना हेटौंडा अस्पतालको आईसियूमा र ६ जना गौरिटार आइसोलेसनमा उपचाररत रहेका छन् । मकवानपुरमा कोरोनाबाट हालसम्म ३५ जनाको मुत्यु भएको छ ।

संक्रमितको संख्या ५ सय नाघेपछि निषेधाज्ञा
जिल्ला प्रशासन कार्यलय मकवानपुरको कोभिड–१९ संक्रमण रोकथाम,नियन्त्रण तथा व्यवस्थापनले जिल्लामा सक्रिय संक्रमितको संख्या ५ सय नाघेपछि निषेधाज्ञा जारी गर्ने तयारी गरेको छ । जिल्ला प्रशासन कार्यलय मकवानपुरकाका प्रमुख भरत मणी पाण्डेले जिल्लामा सक्रिय संक्रमित ५ सय नाघेपछि संक्रमण बढ्न नदिन निषेधाज्ञा जारी गरिने बताए । उनका अनुसार जिल्लामा सक्रिय संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

मकवानपुरमा जोर बिजोर प्रणाली तथा शैक्षिक संस्था बन्द

प्रशासनले मकवानपुरमा संक्रमण बढ्न र भिडभाड बढ्न नदिन सवारीमा जोर बिजोर प्रणाली लागू गर्नुको साथै जिल्लाको सम्पूर्ण शैक्षिक संस्थाहरु बन्द गरिसकेको छ । प्रशासनले कोरोनाको संक्रमण बढ्दै गएपछि मकवानपुरमा रहेका सम्पुर्ण शैलुन,ब्युटिपार्लर र मदिरा व्यवसाय अर्को सुचना नआएसम्मको लागि बन्द गरेको छ ।

प्रशासनले धेरै भिड हुने मालपोत तथा नापी कार्यलय बन्द गर्नुको साथै राष्ट्रिय परीक्षा बोर्ड हेटौंडा शाखा र यातायात व्यवस्था सेवा कार्यालय हेटौंडाको आन्तरिक कार्य बाहेकका अन्य सबै सेवा अर्को सूचना नआएसम्मको लागि बन्द गरेको छ ।

यसैगरि प्रशासनले संक्रमण बढ्ने जोखिमलाई मध्यनजर गर्दै मकवानपुरका सबै बैंक तथा वित्तिय आलोपालो गरि हप्तामा तीनदिन सुचारु गर्ने जनाएको छ । बैंक तथा वित्तिय संस्थाहरु बिहान ११ बजेबाट दिउँसो २ बजेसम्म सुचारु हुने प्रशासनले जनाएको छ । बैंकका एटिएम २४ सै घण्टा सुचारु रहने प्रशासनले जनाएको छ ।

त्यस्तै सहकारी संस्थाहरुले घर तथा पसलमा गई नगद संकलन कार्य अर्को सुचना नआएसम्मको लागि रोक्ने जिल्ला प्रशासन कार्यलय मकवानपुरले सूचना निकालेको छ । साथै सहकारी पनि आलोपालो गरि हप्तामा तीनदिन सुचारु हुने र बिहान ११ बजेबाट दिउँसो २ वजेसम्म सुचारु हुने भएको हो ।

स्वास्थ्य सुरक्षाको मापदण्डको पूर्ण रुपमा पालना गर्न आव्हानस्

जिल्ला समन्वय समिति ९जिसस० मकवानपुरले कोभिड(१९ को महामारीबाट बच्न स्वास्थ्य सुरक्षाको मापदण्डको पूर्ण पालना गर्न सम्पूर्ण जिल्लाबासीमा आव्हान गरेको छ । बिहीबार जिसस मकवानपुरका प्रमुख रघुनाथ खुलालले एक अपिल जारी गर्दै स्वास्थ्य सुरक्षाको मापदण्डको पूर्ण पालना गर्न आव्हान गरेका हुन् ।

प्रमुख खुलालले मकवानपुरमा कोरोना भाईरस ९कोभिड १९० को नयाँ भेरियन्ट दिनप्रति दिन बढिरहेको बताउँदै स्वास्थ्य सुरक्षाका मापदण्डहरु पूर्ण रुपमा पालना गर्न÷गराउन सम्पूर्णमा आव्हान गरेका हुन् । उनले अत्यावश्यक काममा मात्रै अनिवार्य मास्क लगाई मात्र घरबाहिर निस्कन अनुरोध गर्दै प्रयोग भईसकेको मास्क जथाभावी नफाली ठीक तरीकाले विसर्जन गर्न तथा समुदायमा सचेतना फैलाउने कार्यमा जुट्न र सामाजिक दुरी कायम गर्न अनुरोध गरेका छन् ।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...