pani-1786865868.jpg
Wednesday, 16 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

अपडेट

मकवानपुरमा निषेधाज्ञा एक साता थपियाे,१३ गतेबाट थप कडाईको साथ अनुगमन हुने

कोरोना महामारी नियन्त्रणको लागि गत बैशाख १९ गते रातीबाट लागु भएको निषेधज्ञाको समय दोश्रो पटक ७ दिन थपिएको छ । जेठ १३ सम्म रहेको निषेधज्ञा सोहि दिनबाट जेठ २० सम्म थप हुने भएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले  बताउनु भयो ।
कोभिट संकट ब्यवस्थापन केन्द्र मकवानपुरको आज बसेको बैठकले प्रमुख जिल्ला अधिकारीलाई २० गतेसम्म निषेधज्ञा थप्न सिफारिस गरेको भन्दै प्रजिअ पाण्डेले सोहि सिफारिस अनुसार जेठ २० सम्म निषेधज्ञा थप कडा ढंगबाट लम्बिने बताउनु भयो ।
हाल निषेधज्ञामा समेत केहि ब्यवसायहरु लुकीछिपि सञ्चालन भएको र आफुहरुले अनुगमन गरिरहेको र ति बयवसायलाई कानुन बमोजिम कारबाही गरिरहेको भन्दै उनले १३ गतेबाट थप कडाईको साथ अनुगमन हुने बताउनु भयो ।  
थाहा नगरपालिकामा जेठ ११ गते राती १२ बजेदेखि जेठ १५ गतेसम्म औषधी पसल बाहेक अन्य सम्पूर्ण पसल तथा व्यवसायहरू पूर्ण रुपमा बन्द रहने छन् ।
मकवानपुरमा आज सम्म २२ सय ७१ कोराना संक्रमित होम आइसोलेसनमा बसेका छन् ।
यस्तै ५० जना कोरोनाका गम्भिर बिरामी हेटौंडा अस्पताल, लक्षण देखिएका २५ संक्रमित गौरिटार आइसोलेसन र ६ जना सहकारी अस्पतालको आइसोलेसन सेन्टरमा उपचाररत रहेको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
 

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...