pani-1786865868.jpg
Thursday, 17 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

अपडेट

मकवानपुरका अग्रज साहित्यकार तथा शिक्षाविद तुल्सी थापाको निधन,

FB_IMG_1692943236078-1692949097.jpg

मकवानपुरका अग्रज साहित्यकार, शिक्षा तथा भाषाविद् तुल्सी थापाको निधन भएको छ । उनको चितवनको सिएमएस पुरानो मेडिकल कलेजमा उपचारको क्रममा आज बिहान ७८ वर्षको उमेरमा निधन भएको हो ।

साहित्यसँगै शिक्षा र भाषामा समेत विशेष ज्ञान भएका थापा लामो समयदेखि मधुुमेह, उच्चरक्तचाप, निमोनियालगायतका रोगबाट पीडित रहेका थिए । उनको पार्थिव शरिरलाई आजै हेटौंडा ल्याएर अन्तिम संस्कार गर्ने परिवारस्रोतले जनाएको छ । लामो समय शिक्षण पेशामा रहेका थापाले शिक्षा, साहित्य र भाषका क्षेत्रमा मकवानपुरमा विशेष योगदान पुुर्याएका छन् । उनले चेपाङ समुदायको क्षेत्रमा पनि काम गरेका थिए ।

कथा, कविता तथा नाटकमा कलम चलाउने साहित्यकार थापा ”दाना कविता” को प्रणेता पनि हुन् । दाना कवितालाई उनले साहित्यको नयाँ विधाको रुपमा स्थापित गरिरहेका थिए । । उनको एक निमेष अनन्तको–२०५८ मसिना कविताहरू, अमरसिंहको खोजीमा अमरसिंह–२०६१ नाटक, फरक आकाश–२०७२ कथासङ्ग्रहलगायत प्रकाशित छन् । थापाले गोरखा दक्षिण बाहु चौथो (२०४४), नारायणी वाङ्‌मय पुरस्कार (२०५८) सहित विभिन्न सम्मानबाट सम्मानित भएका थिए ।

भीम विराग संगीत, साहित्य, कला प्रतिष्ठानका पूर्व अध्यक्ष तथा साहित्य संगम मकवानपुरका सल्लाहाकार रहेका थिए । थापाको निधनले मकवानपुरले एक इमान्दार र स्वभिमानी साहित्यकार र शिक्षाविद्लाई गुुमाएको छ ।
थाहापाटी डटकम,तथा जनमुखी अभियान प्राली  परिवार साहित्यकार थापाको निधनमा भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा समवेदना व्यक्त गर्दछ ।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता आयोजना हुँदै
FB_IMG_1789565281078-1789565407.jpg

काठमाडौंको चन्द्रागिरि नगरपालिका–१२ बलम्बुमा ‘बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता तथा...

खानीगाउँको कालिकादेवी प्राविको वातावरणमैत्री विद्यालय भवन हस्तान्तरण
FB_IMG_1789556186421-1789556201.jpg

थाहा नगरपालिका–१, खानीगाउँमा अवस्थित कालिकादेवी प्राथमिक विद्यालयको नवनिर्मित भवन हस्तान्तरण गरिएको...

थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...