Wednesday, 16 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

अपडेट

थाहामा बुधबार ९ को परिक्षणमा ७ संक्रमित निषेधाज्ञा अवज्ञा गरे उजुरी गर्नु: समिति
सुरेन्द्रमान प्रधान

बुधबारसम्म थाहानगरमा संक्रमितको संख्या ६९ पुगेको छ । आज ९ जनाको परिक्षण गरिएकोमा ७ जनाको पोजेटिभ रिपोर्ट आएपछि संक्रमितको संख्या बढेको हो । आज संक्रमितमध्ये १ जनालाई हेटौंडा आइसोलेशनमा रिफर गरिएको र अन्यलाई सुरक्षित रुपमा घरमै आइसोलेशनमा बस्न पठाइएको प्राथमिक स्वास्थ्य केन्द्रका डा. रिकेश कार्कीले बताए । आज समेत गरि तीन जना हेटौंडा र एक जनाको काठमाडौंमा उपचार भैरहेको छ ।
यसैबीच, बुधबार बसेको "कोभिड रोकथाम तथा नियन्त्रण निर्देशन समिति"को बैठकले कोरोना जोखिम न्यूनिकरणका लागि स्थानीय नै जागरुक हुनु पर्ने बताउदै निषेधाज्ञा अवज्ञा गरे उजुरी गर्न स्थानीयसङ्ग आग्रह गरेको छ ।
कोरोना भाइरसको दोस्रो भेरियन्ट बिगतको भन्दा संक्रमण दर बढी रहेको हुँदा आफै सचेत हुनुको बिकल्प नरहेको बुधबार बसेको बैठकमा छलफल भएको छ । बैठकमा डा. रिकेश कार्कीले यस पटकको भाइरसले संक्रमित भएकाहरुको सिङ्गै परिवार नै जोखिममा पर्न सक्ने अवस्था आएको बताए । बैठकमा दैनिक उपभोग्य वस्तु बिक्री पसल विहान ९ बजेसम्म मात्र खोल्न निषेधाज्ञामा उल्लेख भएको भएपनि अन्य व्यवसाय समेत खोल्ने गरेको तथा होटलहरु लुकिछिपी खोल्ने गरेकोले कोरोनाको जोखिम बढेकोमा चिन्ता गरिएको छ । बैठकले त्यसरी अवज्ञा गरेमा त्यस्ता व्यवसायी विरुद्द तत्काल प्रहरी वा नगरपालिकामा उजुरी गर्न आग्रह गरिएको छ । 
इलाका प्रहरी कार्यालयका निरीक्षक श्रीराम तिमिल्सिनाले नियमित बजार अनुगमन गरिरहेको बताउदै नियम उलंघन गर्नेलाई कार्वाही गर्ने बताए । 
बैठकले वडावडामा गठित समितिले संक्रमितको परिवारलाई पनि निगरानी गर्नु पर्ने छलफल भएको छ । संक्रमित भई घरमै आइसोलेशनमा रहेका विरामीको अवस्था गम्भीर हुँदै गएमा थप व्यवस्थापनका लागि स्वास्थ्य शाखा प्रमुख मेघराज बलामी स्वयंलाई फोकल पर्सन तोकिएको छ । संक्रमितहरुको उपचारलाई व्यवस्थित गर्न विभिन्न उपायहरुका विषयमा समेत छलफल गरिएको सुचना अधिकारी सुरजकुमार भुजेलले जानकारी दिए ।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...