pani-1786865868.jpg
Thursday, 17 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

अपडेट

बुधबार थाहाका २ जनामा कोरोना संक्रमण, हेर्नुहोस् नालीबेली

थाहा नगरपालिकाबाट स्वाब संकलन गरिएका मध्ये २ जनामा बुधबार कोरोना संक्रमण पुष्टि भएको छ । हेटौंडास्थित प्रयोगशाला श्रोतले मंगलबार अबेर यसबारे जानकारी दिएको भए पनि रिपोर्टको आधिकारिक लिखित विवरण नआउन्जेलसम्म थाहा नगरपालिकाले यसबारे आधिकारिक जानकारी दिएको थिएन । 

आज नगरपालिकाको स्वास्थ्य शाखामा आधिकारिक जानकारी आएपछि विवरण सार्वजनिक भएको हो । समुदायिक कन्ट्याक्ट ट्रेसिङका आधारमा स्वाब संकलन गरिएका तीन सय बढी व्यक्तिहरुको पिसिआर रिपोर्ट नेगेटेटिभ आए पनि नगर बाहिरबाट आएका १५ जना व्यक्तिहरुको स्वाब संकलन गरी हेटौंडा पठाइएकोमा केहीको रिपोर्ट ‘पेण्डिङ’ मा रहेको मंगलबार नै थाहानगरका क्वारेन्टाइन डाक्टर उदय रोकाले नगरपालिकामा आयोजित सर्बपक्षीय बैठकमा ‘ब्रिफिङ’ गर्नुभएको थियो । पेण्डिङको अर्थ संकास्पद भएकोले पहिले पोजिटिभ रिपोर्ट आए पनि रिपोर्टमा निश्चिन्त हुन सोही स्वाबलाई पुनः परीक्षण नगरुन्जेलको अवस्था भन्ने बुझिन्छ । 

डा. रोकाले भनेजस्तै पेण्डिङमा रहेको उक्त रिपोर्ट पोजिटिभ आएको छ । थाहा नगरस्थित सीमभन्ज्याङ प्रहरी चौकीमा कार्यरत ३० वर्षीय एक प्रहरी(पुरुष) र थाहा नगरपालिका–३, थानाबजारका ७९ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । 

थाहा नगरपालिका स्वास्थ्य शाखाका अनुसार थानाबजारका ७९ वर्षीय पुरुषको स्वाब ४ दिन अघि संकलन गरेर हेटौंडास्थित प्रयोगशाला पठाइएको थियो । बिरामी रहेकोले हेटौंडा हुँदै उपचारको शिलशिलामा काठमाण्डौं पुगेर फर्किनुभएका उहाँलाई ज्वरो आइरहेको थियो । उहाँ लामो समयदेखि विरामी हुनुहुन्थ्यो । नगर बाहिरबाट आएको र ज्वरो पनि आइरहेकोले उहाँको स्वाब संकलन गरिएको थियो । 

त्यस्तै तराईको जिल्ला घर भएका ३० वर्षीय प्रहरी ड्युटीमा फर्किएपछि स्वाब संकलन गरिएको थियो । स्वाब संकलन गरिएपछि पनि उहाँ आज बुधबार हेटौंडा जानु भएको थियो । 

यसरी दुई जनालाई कोरोना संक्रमण पुष्टि भए पछि स्थानीय सरकारलेबुधबार नै उहाँहरुको ट्राभल हिस्ट्री लिएको छ । प्राथमिक स्वास्थ्य केन्द्र पालुङका डाक्टर सुवोध चापागाईंले उहाँहरु दुबैजना नगर बाहिरबाट आएको बताउनु भयो । 

काठमाण्डौंबाट आएर घरमै बसिरहेको अवस्थामा थानाबजारका ज्येष्ठ नागरिकलाई कोरोना संक्रमण भेटिएपछि उहाँको सम्पर्कमा रहेका ६ जनालाई ओम अध्याय रिसोर्टमा रहेको क्वारेन्टाइन पठाइएको छ । क्वारेन्टाइनमा पठाइएकामध्ये एक जना थानाबजारमै रहेको महालक्ष्मी विकास बैंकको म्यानेजर र अर्को एक जना स्मृति दाँत घर संचालक रहेकोले उक्त बैंक र दाँत घर केही दिन अघोषित रुपमा बन्द हुन सक्नेछ । 

परिवारका सदस्यहरुलाई क्वारेन्टाइनमा पठाइएको भए पनि उहाँहरुको स्वाब संकलन अझै दुई–तीन दिनपछि मात्र हुनेछ । त्यसको रिपोर्ट आउन अरु केही दिन लाग्नेछ ।

सीमभन्ज्याङस्थित प्रहरी चौकीमा कार्यरत प्रहरीलाई कोरोना संक्रमण भेटिएकोमा सो चौकीमा रहेका अन्य प्रहरीलाई पनि क्वारेन्टाइनमा पठाउने तयारी थालिएको छ । उहाँहरु बुधबार राती चौकीमै बस्ने र बिहीबार क्वारेन्टाइन पठाइने थाहा नगरपालिका स्वास्थ्य शाखाका प्रमुख मेघराज बलामीले जानकारी दिनुभयो । सीमभन्ज्याङ चौकीका सबै प्रहरीहरुलाई क्वारेन्टाइन पठाइने भए पछि चौकीको आवश्यक व्यवस्थापन इलका प्रहरी कार्यालय पालुङले गर्नेछ । 

संक्रमित भेटिएका दुबैलाई बुधबार  हेटौंडाको हटिया गौरीटार रंगशालास्थित आइसोलेसनमा पठाइएको छ । बृद्ध अवस्थाका साथै बिरामी अवस्था पनि भएकोले होम आइसोलेसनमै बसेर परिवारको निगरानीमा रहने गरी आग्रह गरिए पनि थाहा नगरका संक्रमित पुरुषलाई हेटौंडा पठाइएको पारिवारिक श्रोतले बताएको छ । संक्रमित प्रहरी भने हेटौंडामा रहेकोले उतैबाट आइसोलेसन वार्डमा जान भनिएको नगर स्वास्थ्य शाखा संयोजक बलामीले बताउनु भयो । 

थहानगरमा बुधबार २ जनामा कोरोना संक्रमित फेला परेपछि यहाँ अहिलेसम्म संक्रमित हुनेको संख्या १७ पुगेको छ । संक्रमित सबै नगरबाहिरबाट आएका व्यक्ति हुन् । 


 

https://www.thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता आयोजना हुँदै
FB_IMG_1789565281078-1789565407.jpg

काठमाडौंको चन्द्रागिरि नगरपालिका–१२ बलम्बुमा ‘बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता तथा...

खानीगाउँको कालिकादेवी प्राविको वातावरणमैत्री विद्यालय भवन हस्तान्तरण
FB_IMG_1789556186421-1789556201.jpg

थाहा नगरपालिका–१, खानीगाउँमा अवस्थित कालिकादेवी प्राथमिक विद्यालयको नवनिर्मित भवन हस्तान्तरण गरिएको...

थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...