pani-1786865868.jpg
Tuesday, 15 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

अपडेट

बिसिङ्खेलका अग्निपीडितलाई २ लाख १५ हजार रुपिया सहयोग 

agni-piditlai-sahayog-cop-1603005368.jpg

गत जेठ १७ गते आगलागीमा परी घर, खाद्यान्न, लत्ताकपडासहित सबै सामानहरु जलेपछि पीडामा परेका थाहा नगरपालिका–१० विसिङ्खेलका तीन परिवारलाई समाजसेवी युवाहरुको पहलमा २ लाख १५ हजार रुपिया सहयोग प्रदान गरिएको छ ।

कतारस्थित बिसिङ्खेल युवा समाज कतारको पहलमा संकलन गरिएको १ लाख र काठमाण्डौं तथा स्थानीय क्षेत्रबाट संकलन गरिएको १ लाख १५ हजार गरी अग्नि पीडितलाई जम्मा २ लाख १५ हजार रुपिया सहयोग गरिएको अभियन्ता गोकुल बस्नेतले जानकारी दिनु भयो । 

घर जलेर नष्ट भएपछि घरबासबिहिन भएका उनीहरुका लागि सहयोग जुटाउन बिसिङ्खेल युवा समाज कतारमार्फत् पुस्कर गमाल, अक्कल गमाल लगायतले पहल शुरु गर्नुभएको थियो भने बिसिङ्खेल क्षेत्रबाट काठमाण्डौंमा विभिन्न पेसा–व्यवसाय गरी बसेका युवाहरु गोकुल बस्नेत, जनक गमाल, डम्बर गमाल लगायतले पहलकदमी शुरु गर्नुभएको थियो । 

आइतबार पीडितको घरमै पुगेर वडाअध्यक्ष हिराबहादुर गमालको साथमा अभियन्ताहरुको टोलीले सहयोग हस्तान्तरण गरेको हो । अग्नि पीडितहरु जीवन गमाललाई ९८ हजार ७००, सानोकाली गमाललाई ५८ हजार ३०० र हेमकर्ण गमाललाई ५८ हजार ३०० रुपिया सहयोग गरिएको अभियन्ता जनक गमालले थाहापाटीलाई बताउनु भयो । 

पीडित परिवारमध्ये माथिल्ला तलामा रहेको झ्यालबाट हाम फाल्दा घाइती भएकी २८ बर्षीया किरणदेबी गमालको उपचारमा समेत सहयोग गरिएको उनीहरुको भनाइ रहेको छ । काठमाण्डौं कलंकीस्थित सहिद मेमोरियल हस्पिटलमा भर्ना गरिएकी किरणदेवीको हाल डिस्चार्ज भए पनि पूर्ण रुपमा निको हुन सकेको छैन । उक्त घटनामा किरणदेवीका ८ बर्षीय छोरा जेम्स र कान्छो छोरा ८ महिनाको आवास गमाल पनि घाइते भएका थिए । 

आज आइतबार बिहान भएको सहयोग हस्तान्तरण कार्यक्रममा वडा अध्यक्ष हिराबहादुर गमाल, पूर्व वडा अध्यक्ष हरिदास गमाल, हिरा गमाल, प्याठा गमाल, उत्तम लामिछाने लगायत समाजसेवीहरुको सहभागिता रहेको थियो । 

https://www.thahapati.com/public/images/users/311570708_181297997780959-1686637964.jpg
रन्जिता बिश्वकर्मा
thahapati@gmail.com

बस्नेत थाहापाटी अनलाईनका प्रतिनिधि हुन् । कुनै खबर वा जानकारीका लागि ९८२६२०३९४४ मा सम्पर्क गर्न सक्नु हुन्छ ।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...