pani-1786865868.jpg
Monday, 14 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

खेल

बिनयबाबु स्मृति भलिबलको उपाधी मंगलेश्वर युवा क्लवलाई

fa2-1699880992.jpg

थाहामा जारी छैटौं विनयबाबु बस्नेत स्मृति जिल्ला स्तरीय रनिङ शिल्डको उपाधी मंगलेश्वर युवा क्लव थाहा २ भाङ्खोरियाले हात पारेको छ।
२७ कार्तिकमा भएको प्रतियोगिताको फाइनलमा आयोजक विनयबाबु स्मृति प्रतिष्ठानलाई ३-० को सोझो सेटमा हराउदै मंगलेश्वरले उपाधी उचालेको हो।
निकै प्रतिस्पर्धात्मक खेलमा मंगलेश्वरले आयोजकलाई २५-१९,२५-२२ र २५ - २३ को सोझो सेटमा पराजित गर्यो।
उपाधी संगै मंगलेश्वरले नगद ५५ हजार ५ सय ५५ रुपैयाँ, उपबिजेता आयोजकले २८ हजार ८ सय ८८ रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन ।
बिजेता खेलाडी तथा बिधागत उत्कृष्ट खेलाडीहरुलाई प्रमुख अतिथी मकवानपुर क्षेत्र न २ का संघिय सांसद महेश वर्तौला तथा थाहा नगरपालिकाका नगर प्रमुख बिष्णु बिष्टले पुरस्कार प्रदान गरेका थिए। प्रतियोगितामा उत्कृष्ट पाँच विधा अन्तर्गत उत्कृष्ट खेलाडी मंगलेश्वरका बलराम सुवेदी ,उत्कृष्ट डिफेन्डर रोशन गोपाली,उत्कृष्ट स्पाइकर कुशल लामा र उत्कृष्ट सेटर उत्सव आले तथा उत्कृष्ट नव प्रतिभा खेलाडी सुजल कार्की हुन सफल रहे उत्कृष्ट खेलाडी हरुलाइ  नगदसहित मेडल प्रदान गरिएको थियो ।
प्रतिष्ठानका अध्यक्ष शंकर कार्कीको सभापतित्वमा सम्पन्न समापन समारोहमा प्रमुख अतिथी संघीय सांसद महेश वर्तौला,थाहा नगर प्रमुख बिष्णु बिष्ट,वडा न १ का अध्यक्ष हेरमान गोपाली,२ का बम बहादुर सिङतान,३ का हिरेन्द्र रायमाझी,५ का बिष्णु बहादुर गुरुङ,७ का शिवराज थिङ,नेकपा एमालेका नगर अध्यक्ष अच्युत्तम प्रसाद ढकाल ,माओवादी नगर सचिव लक्ष्मण बिष्ट,थाहा नगर भलिबल संघका अध्यक्ष वसन्त गोपाली,थाहा नगर खेलकुद विकास समितिका सदस्य सचिव अनिल लामिछाने,पालुङ जेसिजका अध्यक्ष संगम कार्की ,जनकल्याण माबिका प्रधानाध्यापक सानोभाइ कार्की ,जिल्ला भलिबल संघका महासचिव सन्तोष श्रेष्ठ ,प्रतिष्ठानका संस्थापक बिजयबाबु बस्नेत ,विनयबाबुका बुबा बिष्णु बहादुर बस्नेत लगाएतको उपस्थिति रहेको थियो।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...