pani-1786865868.jpg
Monday, 14 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

अपडेट

बिजुलीको माग धान्न कुलेखानी चौबीसै घण्टा संचालनमा

FB_IMG_1742609790686-1742609868.jpg

भारतबाट दिनमा १२ घण्टा मात्रै बिजुली आयात हुन थालेपछि कुलेखानी जलविद्युत् आयोजनालाई चाप परेको छ । नेपाल विद्युत् प्राधिकरणको ब्याकअपका रूपमा रहेको कुलेखानी जलाशययुक्त जलविद्युत् आयोजनामा केही दिनदेखि २४ घण्टामा पानीको सतह सरदर ३६ सेन्टिमिटर घट्न थालेको हो ।

कुलेखानी जलाशयमा बिहीबार दिउँसो २ बजे एक हजार ५ सय २३ मिटर ८२ सेन्टिमिटर पानीको सतह थियो । शुक्रबार दिउँसो सोही समयमा एक हजार ५ सय २३ मिटर ४६ सेन्टिमिटरमा झरेको छ । भारतबाट दिनको १२ घण्टा मात्रै बिजुली आयात हुन थालेपछि कुलेखानीका तीन वटै जलविद्युत् आयोजना चौबीसै घण्टा सञ्चालन गरिएको कुलेखानी प्रथमका प्रमुख तारादत्त भट्टले बताए ।

‘अहिले चौबीसै घण्टा कुलेखानीका तीन वटै आयोजना सञ्चालनमा छन्,’ भट्टले भने, ‘कुलेखानी जलाशयको पानीको सतह दिनहुँ ३५ देखि ४० सेन्टिमिटरसम्म घट्न थालेको छ ।’ बुधबार र बिहीबार चौबीसै घण्टा कुलेखानी आयोजना सञ्चालन गरिएको छ । यस वर्षको बर्खायाममा कुलेखानी जलाशय ओभरफ्लो भएर ड्यामका ढोका खोलिएको थियो । एक हजार ५ सय ३० मिटर पानी अट्ने क्षमता भएको कुलेखानी जलाशय गत असोज १० मा पूर्ण रूपमा भरिएको थियो ।

ओभरफ्लो भएकै कारण असोज ११ मा ड्यामको ढोका खोलिएको थियो । मकवानपुरको उत्तरी क्षेत्रमा रहेको थाहा नगरपालिकाका दामन, पालुङ, बज्रबाराही, चित्लाङ एवं इन्द्रसरोवर गाउँपालिकाको मार्खु र फाखेल जलाशयका जलाधार क्षेत्र हुन् । ती क्षेत्रमा गत बर्खायाममा भारी वर्षा भएको थियो, जसका कारण कुलेखानी जलाशय भरिएर ओभरफ्लो भएको थियो ।

सुक्खायाम सुरु भएपछि कुलेखानी जलाशययुक्त आयोजना सञ्चालन गरिएको थियो । हालसम्म जलाशयको पानीको सतह ६ मिटर १८ सेन्टिमिटर घटिसकेको छ । कुलेखानी जलाशयमा एक हजार ४ सय ८३ मिटर पानीको सतह अन्तिम बिन्दु हो । पानीको सतह एक हजार ४ सय ८३ मिटरमा पुगेपछि विद्युत् उत्पादन गर्न सकिन्न । गत वर्षको सुक्खायाममा जलाशयको पानी झन्डै अन्तिम बिन्दुसम्म उपयोग गरिएको थियो । कुलेखानी जलाशयको पानी एक हजार ४ सय ८४ मिटरसम्म तल झर्दा प्रयोग गर्न सकिने प्राधिकरणले जनाएको छ । जलाशयमा संकलित पानीमध्ये ४६ मिटर मात्र विद्युत् उत्पादनमा प्रयोग गर्न सकिन्छ ।

कुलेखानी प्रथमबाट ६०, दोस्रोबाट ३२ र तेस्रोबाट १४ गरी एक सय ६ मेगावाट विद्युत् उत्पादन हुने प्राधिकरणले जनाएको छ । कुलेखानी जलाशयमा संकलित पानीबाट तीन वटै आयोजनाले विद्युत् उत्पादन गर्छन् । ३ सय मिटर चौडाइ र सात किलोमिटर लम्बाइ रहेको कुलेखानीको जलाशय नेपालका ठूला योजनामध्ये एक जलविद्युत् उत्पादन गृह हो । सुक्खायाममा सञ्चालन गर्न कुलेखानी जलाशयमा पानी संकलन गरेर राखिएको भट्टले बताए । 

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...