pani-1786865868.jpg
Wednesday, 16 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

अपडेट

बागमती गाउँपालिकाका भुमिहिनलाई लालपुर्जा आउदै।

रुपा गुरुङ हेटौंडा / राष्ट्रिय भूमि आयोग र मकवानपुरको बागमती गाउँपालिकाबीच भूमिहिन सुकुम्बासीलाई जग्गा वितरण गर्ने सम्बन्धमा कार्य सहमती भएको छ । शनिबार काठमाण्डौंमा आयोगका अध्यक्ष केशब निरौला र बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलानबीच भूमिहिन दलित, भूमिहिन सुकुम्बासीलाई जग्गा वितरण र अव्यवस्थित बसोबासलाई व्यवस्थित बनाउने सहमती भएको हो ।

कार्य सहमती पत्रमा आयोग र स्थानिय तहको छुट्टाछुट्टै जिम्मेवारी तथा दुबै पक्षले गर्नुपर्ने भूमिकाका बिषयमा उल्लेख गरिएको छ । सहमती पत्रमा स्थानिय तहले भूमिहिन दलित, भूमिहिन सुकुम्बासी तथा अव्यवस्थित बसोबास गरेकाहरुको पहिचान, लगत संकलन, उनीहरुका घर, परिवार संख्या तथा उनीहरुले भोगचलन गरेकोे तहगत क्षेत्रका विवरण आयोगमा पेश गर्ने लगायतका विविध बिषय समावेश गरिएको छ ।

आयोगका तर्फबाट भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीको पहिचान र प्रमाणीकरणको लागि आधार र मापदण्ड, आवश्यक कार्यविधिहरु उपलब्ध गराउने, ऐन, नियमावली गठन आदेश र कार्यविधिमा तोकिए बमोजिम अन्य आवश्यक व्यवस्थापकीय कार्य गर्ने लगायतका विषय उल्लेख छ ।

गाउँपालिका अध्यक्ष घलानले २०७६ सालमा गठित भूमि सम्बन्धी समस्या समाधान आयोगकै कार्यलाई निरन्तरता स्वरुप यस आयोगसंग सहमती भएको बताए । उनले सोही आयोगकै कार्यविधिलाई अपनाएर पालिकाभित्र जग्गा नापी गर्ने कार्य चलिरहेको समेत बताए ।

बागमती गाउँपालिकाभित्र ७ हजार १ सय भूमिहिन (ऐलनी) रहेका छन् । ८० जना भूमिहिन सुकुम्बासी र ४५ जना भूमिहिन दलित बसोबास गर्छन् । अहिले वडा नम्बर ३ र ६ मा नापीको कार्य चलिरहेको छ भने वडा नम्बर ४ र ५ को नापी गरिसकिएको छ । गतबर्षदेखि डिजिटल प्रबिधिबाट जग्गा नापी चलिरहेको छ । जग्गा नापी गर्न ४ वटा टोली परिचालन गरिएको गाउँपालिकाले जानकारी दिएको छ ।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...