pani-1786865868.jpg
Saturday, 12 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

खेल

बागमतीमा वडास्तरीय फुटबल प्रतियोगिता सुरु, उद्धघाटन खेलमा आयोजक वडा नम्बर ४ ‘बी’ बिजयी

football-1`-1667873126.jpg

 

बागमती । मकवानपुरको बागमती गाउँपालिका वडा नम्बर ४ को आयोजनामा सोमबारदेखि वडास्तरीय फुटबल प्रतियोगिता सुरु भएको छ । वडास्तरीय फुटबल प्रतियोगिताको निर्वाचन क्षेत्र नम्बर १ को प्रदेशसभा ‘क’ का लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार प्रेम बहादुर पुलामी छिन्तु र बागमती गाउँपालिका अध्यक्ष सर्केश घलानले संयुक्त रुपमा उद्धघाटन गर्नुभयो । 

उद्धघाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथी एवं उम्मेदवार पुलामीले खेल क्षेत्रको विकासमा जोड दिइने बताउनुभयो । उहाँले राष्ट्रिय–अन्तर्राष्ट्रियस्तरका खेल प्रतियोगितामा बागमतीका युवाहरुको सहभागिता हुनुपर्ने बताउदै त्यसका लागि आवश्यक पूर्वाधार, प्रशिक्षणको व्यवस्था गरिने जनाउनुभयो । 

यस्तै कार्यक्रमका विशिष्ट अतिथी तथा बागमती गाउँपालिका अध्यक्ष सर्केश घलानले गाउँ–गाउँबाट खेलाडी उत्पादन गर्न पालिकाले खेलकुद प्रशिक्षणलाई जोड दिइने बताउनुभयो । उहाँले छिटै नै एक घर एक खेलाडीको अवधारणा ल्याएर खेलकुद विकासलाई उच्चस्तरमा लैजाने बताउनुभयो । 

वडास्तरीय खेलकुद विकास समिति अध्यक्ष कालमान राईको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष फणिन्द्र तिमल्सिना, नेकपा माओवादी केन्द्र बागमती गाउँपालिका अध्यक्ष अरुण बल, नेपाली काँग्रेस पार्टी सचिव सुदिप पाख्रिन, नेकपा समाजवादीका धनपति तिमल्सिना, वडा नम्बर ४ का वडाध्यक्ष दन्तलाल माझी, ३ नम्बर वडाध्यक्ष कमान सिं पाख्रिन, ५ का वडाध्यक्ष बिजय भ्लोन, २ का वडाध्यक्ष जनक पहरी लगायतको सहभागिता रहेको थियो । 

कात्तिक २५ गतेसम्म चल्ने फुटबल प्रतियोगितामा प्रथम हुनेले नगद ५० हजार रुपैयाँ र दोस्रो हुनेले नगद २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । 

यसैबिच, आजबाट सुरु भएको वडास्तरीय फुटबल प्रतियोगिताको उद्धघाटन खेलमा आयोजक वडा नम्बर ४ ‘बी’ बिजयी भएको छ । आयोजक टिमले वडा नम्बर ५ लाई २–१ गोल अन्तरले पराजित गरेको हो । नकआउट हुने फुटबल प्रतियोगितामा बागमती गाउँपालिकाका ९ वटै वडाका १३ वटा टिमको सहभागिता रहेको छ । 
 

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...