Saturday, 12 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

अपडेट

प्रहरीको हत्या आरोपमा थाहाका एक सहित दुईजनाविरुद्ध काठमाडौंमा मुद्दा दर्ता

FB_IMG_1760682552284-1760682575.jpg

जेनजी आन्दोलनका क्रममा प्रहरीको हत्या गरेको आरोपमा थाहा नगरपालिकाका एक सहित दुईजनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको छ। जिल्ला प्रहरी परिसरको अनुसन्धानपछि जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले बिहीबार दुई जनाविरुद्ध कर्तव्य ज्यानसहितको कसुरमा मुद्दा दर्ता गरेको हो। 

मकवानपुरको थाहा नगरपालिका ७ बतासे घर भई काठमाडौँको चन्द्रागिरि बस्ने २१ वर्षका सोनाम तामाङ भन्ने बुद्धिलाल थिङ र काभ्रेपलान्चोकको रोशी गाउँपालिका ९ राजवास घर भई हाल बालुवाटारमा डेरा बस्ने २८ वर्षका युवराज क्याप्छाकी विरुद्ध मुद्दा दर्ता भएको हो। 

उनीहरुले प्रहरी वृत्त महाराजगन्जमा कार्यरत जवान २८ वर्षका उत्तम थापाको हत्या गरेको आरोप छ। थापा २०७३ सालदेखि नेपाल प्रहरीमा कार्यरत थिए। भदौ २४ गते जवान थापा सादा पोसाकमा ड्युटीमा खटिएका थिए। 

जेनजी आन्दोलनकारीहरुले उनलाई प्रहरी कार्यालयको पछाडि लगेर क्रूर ढंगले आक्रमण गरी हत्या गरेका थिए। हत्यापछि पनि उनको शव प्रदर्शनकारीहरुले घिसारेर सडकमा फालिदिएका थिए। पछि नेपाली सेनाको टोलीले शव प्रहरी अस्पताल महाराजगन्जमा लगेको थियो। 

मृतकका काका ईश्वरसिंह थापाले आफ्नो भतिजको हत्या आरोपीको पहिचान गरी कारबाही गर्न प्रहरीमा जाहेरी दिएका थिए। उनको जाहेरीका आधारमा अनुसन्धान गरेर प्रहरीले तत्काल दुई जनाविरुद्ध मुद्दा दायर गरेको हो। 

आरोपितहरुले प्रहरी समक्ष बयानमा हत्यामा संलग्नता स्वीकार गरेका छन्। 

बुद्धिलाल थिङ टोखामा राजीव केसीले सञ्चालन गरेको ब्रदर्स रेस्टुरेन्ट एन्ड स्नुकर हाउसमा कुकको काम गर्थे। उनले प्रहरीलाई कुटपिट गरी हत्या गरेको बयानमा स्वीकार गरेका छन्। प्रहरीले भिडिओका आधारमा उनीहरुलाई पक्राउ गरेको थियो। प्रहरीको हत्यापछि उनी रेस्टुरेन्टमै लुकिछिपी बस्दै आएका थिए। 

आफूले प्रहरी कुटपिट गरी हत्या गरेको भिडिओ उनी आफैँले पनि बनाएका थिए। यस्तै उनी समेतले प्रहरीलाई महाराजगन्ज वृत्तभित्र थुनेर आगो समेत लगाएका थिए। पछि नेपाली सेनाको हेलिकोप्टरबाट २२ प्रहरीको उद्धार गरिएको थियो। 

युवराज क्याप्छाकी मासु पसलमा डेलिभरीको काम गर्ने गरेको पाइएको छ। उनले प्रहरी कार्यालयमा तोडफोड गर्दै आगजनी गरेको, हिरासतभित्र रहेका थुनुवा भगाएको, प्रहरीलाई फलामको रड, लाठी, चिरपट, गुलेली, ह्यामर, चक्कु, खुकुरी लगायतले आक्रमण गरेको बयान दिएका छन्। उनले प्रहरी कार्यालयबाट विभिन्न सामानहरु चोरी गरेको पनि पाइएको छ। 

उनीहरुलाई ज्यान सम्बन्धी कसुर, आपराधिक उपद्रव र एकीकृत कसुरतर्फ पनि कारबाही गर्न सरकारी वकिल कार्यालयले माग गरेको छ। यी कसुरमा जीवित रहेसम्म कैद सजाय माग गरिएको छ। यस्तै पीडित परिवारलाई क्षतिपूर्ति भराइदिन पनि माग गरिएको छ। 

यो कसुरमा अन्य व्यक्तिको संलग्नता खुलेमा पक्राउ परेका बखत पुनः पेस गरिने अभियोग पत्रमा उल्लेख छ।

जेनजी आन्दोलनमा तीन प्रहरीको हत्या भएको थियो। जवान थापा सँगै सहायक हवल्दार अमृत गुरुङ र प्रहरी सहायक निरीक्षक मिलन रायको हत्या भएको थियो।

प्रहरीको गोली लागेर, जलेर र कैदी भाग्ने क्रममा थप ७३ जनाको मृत्यु भएको थियो। आगजनीमा परेका व्यक्तिहरुको भने कंकाल मात्रै फेला परेको छ। त्यसैले अझै सनाखत हुन सकेको छैन। श्रोतःनेपाल खबर

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...