himalen-2083-1778725505.jpg
Wednesday, 27 May, 2026
jkmv2083-1778723862.jpg

विचार / अन्तरवार्ता

पालुङ बहुउद्देश्यीय थाहाका नागरिकको बित्तीय साथी :- सानोभाई कार्की
पालुङ बहुउद्देश्यीय सहकारी संस्थाको २५ औ स्थापना दिवस तथा रजत जयन्ती बिशेष

sanbhai_sir-1735007926.jpg

 

मुलुकमा सहकारी अभियान बि स २०११ देखि बखान सिंह गुरुङको नेतृत्वमा शुरु भएको पाइन्छ ।अभियान जस्तो राज्य प्रणाली उस्तै सोचका आधारमा जन्मिन्छ ,हुर्कन्छ र बढ्छ ।

२०११ सालमा गठित सहकारीको भावना र मर्म सहकार्य नै भए ता पनि प्रकृया र पद्धति केन्दृकृत भएको कारण फस्टाउन सकेन ।स्थापित भएका सहकारीहरु केबल केन्द्रलाई देखाउनको लागिमात्र भएको मनस्थितिबाट ग्रसित रहेको हुँदा सदस्यहरुको अवसरको वास्तविक उपयोग  नभएको ,सहकार्यबाट सहकारी हुने मूल्य र मान्यता नभएको हुँदा यस्को बढोत्तरी हुन सकेको थिएन । यस्को कारण तात्कालिक ऐन नियम र नियत नै थियो । निययम कानुन देखाउनको लागि नक्कल गरिएको र नियत एकै संस्था वा सन्सथागत स्वार्थ पूरा गर्नको लागि उपयुक्त पात्रको खोजी हुनु गरिनु नै मुल कारण हो ।
   यही पेरीफेरीमा २०४६ को जन आन्दोलन पछि परिमार्जित सहकारी ऐनको प्रार्दुभाव  र यस्ले गरेको सहकारी ब्यबस्थालाई आधार मानेर बि स २०४६ पौष ०९ गतेको दिन उद्घाटन हुने गरि पालुङ बहुउद्देश्यीय सहकारी लिमिटेडको स्थापना गरियो ।सहकारी स्थापनाको मुल आधार समान तह र साझा उद्देश्य रहेका कम्तीमा २५ जनाको समुहबाट संस्था निर्माण गर्नु हो ।संस्थाको स्थापना र सक्रियता पछि सदस्यहरुको स्तर वृद्धिकालागी उत्पादनमुलक ब्यबसायको सन्चालन ,सेवामुखी कृयाकलापद्वारा सदस्य केन्दृत कार्यहरु गरिनु सहकारी अभियानको मुल कर्तब्य हो ।
     उपर्युक्त लक्ष मुलत उत्पादन र सेवा प्रदान गरि सदस्यहरुको आर्थिक सक्षमता ,शैक्षिक सेवाको उपलब्धता र सरलता ,ब्यबसाय र पेशा बिबिधताको ब्यापकतालाई आत्मसात गरि बि स २०५६ को प्रारम्भमा सहकारी स्थापनाको बारेमा छलफल गरियो ।शुरुमा छलफल स्कुल स्थापना ( निजि) को बारेमा भएतपनी तात्कालिक सामाजिक परिबेश ,मुलुकमा हतियार युद्धबाट बैंक र बित्तीय संस्थाहरुको असुरक्षित परिस्थितिले क्रमशः सहर तर्फको पलायनता भै ग्रामीण क्षेत्रका आम जनताहरु आधारभुत वित्तीय सेवाबाट  बन्चितिको अवस्था आदिको बारेमा छलफल केन्दृकृत हुन पुग्यो ।नयाँ विचार सिमितताबाट ब्यापकता तर्फ फैलिने प्रक्रिया र पद्धतिमा यो सन्स्थापनी अछुतो रहेन ।लामो समयको छलफलको निष्कर्षमा २५ जना सदस्यहरुको छनोट ,भेटघाट र विश्वस्त पार्ने क्रम करिब ३ महिना लाग्यो ।सो पछी २०५६ पौष ९ गते सहकारी स्थापनाको उद्घाटनको अवसर मिल्यो ।यस अघि  पटकपटक सहकारीको महत्व ,कार्यक्षेत्रको पहिचान ,सहकारीको स्थापना पछि सदस्यहरुको दायित्व र भुमिका ,समाजले प्राप्त गर्ने प्रत्यक्ष र अप्रत्यक्ष लाभ ,समाजलाई परिवर्तनको निमित्त गरिने कार्यहरु,संस्थापक समितिको गठन आदिको भरपुर छलफल मननीय र वर्तमानमा स्मरणीय छ ।
     छलफल जे सुकै भएपनि सामाजिक आवश्यक्ता जतिसुकै रहेपनि आर्थिक ब्यबस्थापन पहिलो शर्त हुनेहुदा यो शर्त पूरा गर्न २५ जना सदस्यहरुबाट रु १०००००( एक लाख ) जम्मा गर्ने र किस्ता रु ६०००० पहिलो वर्ष चुक्ता गर्ने सहमति भयो ।तदनुरुप केही सदस्यहरुबाहेक अधिकान्शबाट यो शर्तको पालना गरियो।पूजीको प्रबन्ध पछि कर्मचारी ब्यबस्थापन अर्को चुनौती थियो ।कर्मचारीहरुको प्रबन्ध नीति गरिदा स्थानीय र यथासम्भव सदस्यहरुबाटै परिपुर्ति गर्ने निर्णय गरियो ।सदस्यहरुको क्षमता वृद्धि गरि संस्थालाई अपनत्व सिर्जना गरिनु यो चिन्तनको मुल ध्यय थियो।मनन गरियो ब्यबहारिक र बैज्ञानिक नीति मानियो ।यद्यपि यो अकाट्य  र अपरिवर्तनीय थिएन किनकी कार्य क्षमता ,दक्षता र लगनशीलता पहिलो शर्त थियो । संस्थाको उन्नति र प्रगतिमा दूरद्रष्टि युक्त ,निश्वार्थी र समाजमुखी नेतृत्व र कर्मशील कर्मचारीहरुको ब्यबस्था गर्न सक्नु सफलताको प्रतीक हो । तदनुरुप संस्थापक अध्यक्ष श्री बिष्णुहरी ढकालको अध्यक्षता र पशुपती अर्यालको ब्यबस्थापकीय नेतृत्वमा प्रारम्भ गरिएको यो पालुङ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड आजको अवस्थामा आइपुग्दा सबै सदस्यहरुको गौरव र सिङ्गो समाजको भरोषाको धरोहर बन्न पुगेको अनुभुति भएको छ ।यस्का आधारहरुलाई लिनुपर्दा स्थापनाकाल पूर्व गरिएको घनीभुत छलफलबाट निर्मित विधि , समाजको परिवर्तनकोलागि लिइएको सपना  र बनेको संस्था सन्चालनको विधि प्रक्रिया र  सबैको जिम्मेवारीको अनुशासनको पालना नै भएको मान्नु पर्दछ ।
  सहकारी स्थापनामा शुरुको सपना के हो ?
१) हरेकको लागि एक र एकको लागि सबै भन्ने सहकारीको मूल्य र मान्यतालाइ स्थापित गर्न सदस्यहरुको संख्यामा वृद्धि गर्ने र कम्तिमा कार्यक्षेत्रका एक परिवार एक सदस्य  बनाउने ।
२)सद्स्यहरुको आर्थिक वचतलाई थोपाबाट घैला भर्ने नीति अनुरुप दैनिक बचत ,मासिक बचत र सामयिक  आवधिक बचतको प्रबन्ध गर्ने । संघ सस्थाहरुको आवद्धतालाई दृष्टिगत गरि चल्ती वचत्को प्रबन्ध ,सेवाप्रदायकलक्षित बचत र मुद्दती बचतको प्रबन्ध गर्ने ।
३) महिला तथा बालबालिका लक्षित बचतको प्रबन्ध गर्ने ।उक्त वर्ग उत्थानको लागि ब्याजदरलाई बिशेष महत्वमा राख्ने ।
४) पेवा वचतको ब्यब्स्था गर्ने ।जस्बाट फजुल खर्च न्युनिकरण हुने बिश्वास लिइएको थियो र सार्थ भएको महशुस गरिएको छ ।
५) भिन्न क्षमता भएका ,बिपन्न,असहाय ब्यक्ति  समुदाय वा वृद्ध वृद्दा ,सन्कटमा परेका बिमारी उत्थानकार्यक्रम कार्यान्वयन आदि सहयोग पुराउने ।
  सद्स्य आर्थिक सबलिकरणमा सहकारी :- सदस्यहरुको पुजी ,सदस्यहरुकै निर्णय र योजना र सल्लाहबाट चल्ने संस्था भएकै नाता र समान वर्ग र साझा लक्ष भएको हुँदा सहकारी नामाकरण भएको भन्दा गलत अबश्य हुदैन ।यसर्थ सदस्यहरुको आर्थिक पक्षलाई सबलीकरण प्रमुख दायित्व भित्र पर्दछ ।आर्थिक सबलिकरणको दुईभाग हुन्छ ।पहिलो सदस्यहरुसङ भएको पूजीलाई बचत गरेर ।दोश्रो सदस्यहरुसङ भएको योजनालाई आर्थिक सहयोग गरेर ।पहिलो अनुसार माथी उल्लेख गरियो कि बिबिध प्रकारको चल्ती ,बचत र मुद्दती खाताहरुको प्रबन्ध गरि सदस्यहरुसङ भएको सानाठुला पूजी सन्कलन गर्ने नीति लिइएको सन्दर्भ भने सहयोग चहाने र उध्यम ब्यबसाय सन्चालन गरि पूजी निर्माण गर्न चहानेहरुका लागि रिण दिने ब्यबस्था गर्नु उपयुक्त ठानियो ।
जस्मा -कृषि ब्यबसाय ,पसल उध्योग,यातायात खरिद , सन्चालन ,शिक्षा आर्जन सहयोग ,बिमारी अवस्थामा सहयोग ,अन्तिम अवस्थामा दाहसंस्कार सहयोग आदि नीति लिइयो ।जुन प्रभावकारी भएको महशुस भएको छ।
  यद्यपि वर्तमानमा पालुङ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड जनबिश्वास र सदस्यहरुको विश्वासको संस्था भएको छ ।तर यो संस्था स्थापनाको समयमा उद्घोष गरेको सपनाहरु पूरा गर्न बाकी छ ।समीक्षा गर्न यो जरुरी छ कि हामीले देखेको सपनाहरु र चालेका कदमहरुको गति ,प्रक्रिया ,उपलब्धि र सफलता प्राप्त गरेका कार्यक्रमहरुको प्राप्ती के कति भए ? कति हुनु पर्ने ?प्राप्तिले हामीले चाहेको गतिमा परिणाम पाइयो वा पाइएन ?हामीले जानेको र गरेको कृयाकलापहरुले सामाजिक रुपान्तरणमा के सहयोग पुग्यो ? सहकारी ,वित्तीय संस्था र बैंकहरुको बिचमा सदस्यहरुको बुझाई ,भोगाई र गराइमा फरक पार्न सकियो को सकिएन ?यी र यस्ता थुप्रै लुकेका प्रश्नहरुको उत्तर अबका दिनमा भनेर होइन हेरेर सदस्यहरुले अनुभव गर्न पाउनु मुख्य चुनौती देखिएको छ । यस्कालागी सदस्य्हरुको विश्वास ,नेतृत्वको एकमना एकता ,दृष्टिकोण र तदनुरुपको व्यवहार जरुरी छ ।अर्कोतिर सहकारीमा जिम्मेवारि प्राप्त सहकारी कर्मीहरुले सन्चालकहरुको योजनालाई समयसापेक्ष निर्मित नीतिको इमान्दारीपूर्वक कार्यान्वयन गरेर परिणाम देखाउनु समाधानको मार्ग हुनेछ ।बिग्रेकोबाट सिकेर ,चिन्तन मननकासाथ नयाँ जन्माउनु नै वर्तमानको दायित्व हुनेछ ।जय सहकारी!!!
               सानोभाइ कार्की   पूर्व उपाध्यक्ष


world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

थाक्रे–७को ढुङ्गा खानीमा मृत्यु प्रकरणले त्रिभुवन राजमार्ग अवरुद्ध,आशिका तामाङ पनि पुगिन
InShot_20260523_135114427-1779523599.jpg

धादिङ,९ जेठ – धादिङको थाक्रे गाउँपालिका वडा नं. ७ स्थित बज्रकाली रोडा ढुङ्गा उद्योगमा त्रासमय घटना भएको छ।...

रास्वापा थाहा नगर वडाः ४ को नयाँ कमिटी गठन:-हेर्नुस को को छन?
FB_IMG_1779522224539-1779522388.jpg

थाहा नगरपालिका,राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा ) को ४ न वडा अधिवेशन सम्पन्न भएको छ। थाहा नगर सभापति श्री...

संसद् पुग्यो थाहा नगरमा फलेको आलुको भाउ, सांसद् उप्रेती भन्छन्-‘आलुकै भात, आलुकै तरकारी’
InShot_20260519_151146898-1779182836.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद प्रशान्त उप्रेतीले मकवानपुरका सडकको अवस्था खराब रहेको बताएका छन्...

प्रशिक्षक आवश्यकता
505990682_132723848891937-1779113721.jpg

प्रशिक्षक आवश्यकता  ...

आजदेखि मलमास (अधिकमास) सुरु हुँदै, मलमासमा के नगर्ने ?
20260511_130606-1778991134.jpg

प्रत्येक ३२ महिना १६  दिन एक घण्टा ३६ मिनेटमा आउने मलमास अर्थात् अधिकमास आज आइतबारदेखि सुरु हुँदैछ। आगामी असार...

थाहा नगर प्रथम सजिनालाई ५५ हजारसहित सम्मान, हिमालयन बोर्डिङको गौरवपूर्ण उत्सव
FB_IMG_1778934158064-1778934179.jpg

थाहा नगरपालिका–४ शिखरकोटमा अवस्थित हिमालयन इङ्लिस बोर्डिङ स्कुल ले एसइइ २०८२ मा थाहा नगरपालिकामै प्रथम हुन...

इन्द्रसरोवर ताल मा ८ वर्षपछि बृहत् सरसफाइ : तीन ट्रकभन्दा बढी फोहर सङ्कलन, जलचर संरक्षणमा चिन्ता
Notes_260516_071931_02e-1778895615.jpg

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका स्थित मार्खुमा रहेको नेपालको सबैभन्दा ठूलो मानव निर्मित जलाशयका रूपमा...

khane-1774766593.png