Monday, 14 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

अपडेट

थाक्रे–७को ढुङ्गा खानीमा मृत्यु प्रकरणले त्रिभुवन राजमार्ग अवरुद्ध,आशिका तामाङ पनि पुगिन

InShot_20260523_135114427-1779523599.jpg

धादिङ,९ जेठ – धादिङको थाक्रे गाउँपालिका वडा नं. ७ स्थित बज्रकाली रोडा ढुङ्गा उद्योगमा त्रासमय घटना भएको छ। ट्रिपर चालक देविन्द्र खत्रीको ढुङ्गा खस्दा ट्रिपरभित्र चेपिएर मृत्यु भएपछि स्थानीय बासिन्दा आक्रोशित बनेका छन्।
बिहानैदेखि घटनास्थलमा ठूलो भीड जम्मा भएको छ भने उद्योग सञ्चालक सम्पर्कविहीन रहेको आरोप स्थानीयले लगाएका छन्। घटनास्थलमा सङ्घीय सांसद आशिका तामाङ पनि उपस्थित भएकी छिन्। प्रत्यक्षदर्शीका अनुसार, घटनाको विषयमा थाक्रे गाउँपालिका अध्यक्ष रामकुमार आचार्य र सांसद तामाङबीच भनाभन समेत भएको छ।
स्थानीयले खानी सञ्चालनमा चरम लापरवाही भएको आरोप लगाउँदै दोषीमाथि तत्काल कारबाही, मृतक परिवारलाई क्षतिपूर्ति र उद्योग बन्द गर्न माग गरेका छन्। तनाव बढ्दै गएपछि स्थानीयहरूले त्रिभुवन राजमार्ग पूर्ण रूपमा अवरुद्ध गरेका छन्। सडक अवरुद्ध हुँदा सवारी आवागमन ठप्प भएको छ र यात्रुहरू बीच बाटोमै अलपत्र परेका छन्।
प्रहरी घटनास्थलमा खटिए पनि आक्रोशित भीड नियन्त्रण गर्न कठिन भएको बताइएको छ। 

जेठ ८ गते धादिङको थाक्रेमा ढुङ्गा लोड गर्न लागेको बा५ख ८५८० नम्बरको टिपरलाई खानीबाट खसेको ढुङ्गाले च्याप्दा ३५ वर्षीय चालक देवेन्द्र खत्रीको मृत्यु भएको थियो । थाँक्रे गाउँपालिका-७ राम्चेस्थित बज्रकाली रोडा ढुङ्गा उद्योग खानीमा ढुङ्गा लोड गर्न गएको टिफरमा ढुङ्गा खस्दा चालक खत्रीको मृत्यु भएको धादिङ प्रहरीले बताएको छ।

FB_IMG_1779524898392-1779524918.jpg
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...