pani-1786865868.jpg
Tuesday, 15 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

अपडेट

पालुङ बहमुखी क्याम्पस किन बन्न सकेन रोजाईको शैक्षिक गन्तव्य
विना मोक्तान

 उत्तरी मकवानपुरको एक मात्र क्यामपसको रुपमा रहेको पालुङ बहुमूखी क्यम्पस स्थापना कालदेखिनै यस क्षेत्रका विद्यार्थी तथा अविभावकको रोजाईको शैक्षिक गन्तव्य बन्न नसक्नु दुःखको कुरा भएको भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । 
   २०६० सालमा स्थापना भएको यस क्याम्पस शुरुवात बाटनै मानविकि तथा व्यबस्थापन बिषयमा अध्यापन भैरहेको भएता पनि विद्यार्थी अभावको समस्या झेल्दै आएको छ ।  स्थापनाको देखि हालसम्मलाई हर्ेन हो भने थाहा नगरको स्वच्छ रमणिय बातावरणमा अन्यत्रवाट अध्ययन गर्न आउने थलोको रुपमा बिकास भै उदाहरणिय शैक्षिक गन्तव्य बन्नु पर्ने भएता पनि त्यसो हुन नसकि जेन तेन चल्नुले सरोकारवालारुमा चिन्ता जगाएको हो । 
उच्च शिक्षाका लागि शहर केन्द्रित शिक्षालाई मात्र परिणममुखी मान्ने मानशिकता र प्रतिशप्रधात्मक नतिजाको अपेक्षा विद्याथी र अविभावकले गर्न नसक्दा क्याम्पस प्रतिको आकर्षा घटेको देखिन्छ । क्याम्पसको पढाइमा आकषिर्त गर्ने खालका कार्यक्रम तथा गतिविधि विद्यार्थीसम्म पुग्न नसक्नुको कारण विद्यार्थी हरुको भर्ना दर पनि कम भैरहेको देखिन्छ । यस क्याम्पसमा अध्ययन गर्ने विद्यार्थीहरुको रिजल्टलाई हर्ेर्ने हो भने क्याम्पसको नतिजा राम्रो भए पनि बिद्यार्थीको आकर्षा नहुनुलाई आम अविभावक र विर्धार्थी क्याम्पस  प्रति विश्वस्थ नभएको देखिन्छ । विद्यार्थीको कमी भएको समस्याबाट रुमलिएको क्याम्पसमा प्राध्यापकहरु पनि कमी हुनु अस्वभाविक होईन तर स्थानिय स्थरको आन्तरीक श्रोतवाट व्यबस्थापन गरि  संचालन गरिदै आईएको भए पनि आर्थीक समस्या झेल्दै आइरहेको क्याम्पसलाई साझा शैक्षिक गन्तव्यका रुपमा विकास गर्न र सवैको आकर्षाको केन्द्र बनाउन सरोकारवालाहरु जिम्मेवार भएर नलागेको गुनासो र्सवत्र सुनिन्छ । उत्तरी मकवानपूरको जनकल्यान र बज्रबाराही माविलाई हर्ेदा २०७३ मा जनकल्यानबाट ४१ जना र बज्रबाराहीबाट २७ जना विद्यार्थीले १२ कक्षा अर्थात प्रविणता प्रमाणपत्र तह उतर्ीण्ा गरेको देखिन्छ  । यसरी १२ मा उतर्ीण्ा हुने विद्यार्थी संख्या ६८ जना भएता पनि पालुङ क्याम्पसमा मानविकि संकायमा तथा व्यबस्थापन संकायमा भने एकदमै थोरै विद्यार्थीमात्र अध्ययन का लागि भर्ना हुनुले पनि क्याम्पस  किन यस क्षेत्रका विद्यार्थी तथा अविभावकको रोजाईको केन्द्र बनेन यो सोचनिय विषय बनेको छ ।  
     आर्थिक अभावमा जेनतेन चलिरहेको पालुङ क्याम्पसलाई चलाउनका लागि आर्थिक बिकास सहयोग समितिले सहयोग गर्दै आइरहेको थियो भने हाल आएर थाहा नगरपालिकाले सहयोगलाई निरन्तरता दिईरहेको छ । 
    स्थापना देखि हालसम्म पालुङ क्याम्पसवाट ८९ जना विद्यार्थीले स्नातक तह उतर्ीण्ा गरेको परिणाम हुँदाहुँदै केही विद्यार्थीका अभिभावक जसले आफ्ना छोरा छोरी उच्च शिक्षा अध्ययनका लागि सहर पठाउनुको कारण यहाँको पढाइ प्रति विश्वास नभएर भन्दा पनि छोराछोरीले पढन चाहेको बिषयको पर्ढाई नभएकोले अन्यत्र पठाएको वताँछन् । थाहा नगरपालिका ४ दोवाटोकी बिमला कार्कीले आफ्नो छोराछोरी दुबै जना हाल काठमाण्डौको पुल्चोक इन्जिनियरिङ क्याम्पसमा अहिले कम्प्युटर इन्जिनियरिङ तेस्रो बर्षा अध्ययन गरिरहेको बताउनु भयो । आफ्नो आर्थीक अवस्था असहज हुँदा पनि स्थानिय क्याम्पसमा त्यो सम्वन्धि बिषय पढाइ नहुनाले आफ्ना छोराछोरी टाढा राखेर पढाउनु परेको वाध्याता सुनाउनु भयो ।
   यसैगरी थाहा ४ कै मिना कार्कीले पनि छोराले पढ्ने बिषय यहाँ नहुँदा पढ्नका लागि सहर पठाउनु परेको र यहाँ भनेजस्तो बिषयको पढाइ नभएको कारणले पनि पालुङ क्याम्पसमा भर्ना नभइ बाहिर पढाउनु परेको बताउनु भयो ।
   स्थानिय अभिभावकहरुले विद्यार्थी आकर्षा गर्न नसक्नुमा क्याम्पसकै दोष अर्थात क्याम्पसको जिम्मेवा भएको देखाएता पनि यस क्याम्पसका प्रमुख रामहरि अधिकारीले भने विद्यार्थीलाई आकर्षा गराउन क्याम्पस मात्र नभइ विद्यार्थी र अभिभावकमा पनि स्थानीय क्याम्पसलाई बढी मान्यतामा राख्नु पर्ने हो तर त्यसमा ध्यान नगइरहेकोले पनि विद्यार्थीहरु वाहिर गइरहेको वताउनुहुन्छ ।  
   हुन त नजिकको तिर्थ हेंला भने झैं यस क्याम्पसले पनि स्थानिय विद्यार्थी तथा अभिभावकको मन जित्न नसकेको हो की - या विद्यार्थीहरुको सहर प्रतिको आकर्षा तथा त्यहाँको सुविधामा लोभिएका हुन - हुन त विद्यार्थीको बाहिरीनु पर्नुको बाध्यात्मक परिस्थिती नहोला भन्न सकिन्न, सबैको पढ्ने बिषय समान नहुनु र उच्चशिक्षा अध्ययन सँगै रोजगारीको 
अवसर नभएकोले पनि विद्यार्थी बाहिर जानु पर्ने बाध्यता देखिन्छ । तर यहीं पर्ढाई हुने मानविकि र व्यबस्थापन संकायको लागि समेत विद्यार्थी शहरनै जानेक्रमलाई रोक्नका लागि सबै सरोकार निकायले ध्यान दिनु जरुरी देखिन्छ । गुणस्तरीय शिक्षका लागि मात्रै बाहिर गइरहेको हो भने विद्यार्थी तथा अभिभावकको बुझाइमा कमी देखिन्छ किन भने यस क्याम्पसमा मानवीकि संकाय प्रथम बर्ष२१ जना परिक्षार्थी मध्य ४२.८ प्रतिसत विद्यार्थी उतर्ीण्ा भएका छन् भने तृतिय बर्षा १९ जना भर्ना भएका मध्य १८ जनाले परिक्षा दिएकामा ५५.५ प्रतिसत विद्यार्थी उतर्ीण्ा भएका छन् यस हिसावलाई हर्ेर्ने हो भने विद्यार्थी उतर्ीण्ा दर राम्रो देखिन्छ ।  यसैगरि व्यवस्थापन संकाय द्वितीय बर्षा २१ जना भर्ना मध्य १९ जना परिक्षामा सहभागीवाट १५.७ प्रतिसत र तृतिय  बर्षा १७ जना सहभागी मध्य १७.६ प्रतिसत उतिर्ण्र्ााएका छन् । यो प्रतिसतलाई हर्ेर्ने हो भने नेपालका राम्रा नाम चलेका क्याम्पसको उतर्ीण्ा प्रतिसत बराबरै देखिन्छ ।  तर पनि विद्यार्थी यस क्याम्पसमा भर्ना दर कम हुनुले किन क्याम्पस प्रति विद्यार्थी तथा अविभावकको मन खिच्न सकेको छैन । 

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...