pani-1786865868.jpg
Tuesday, 15 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

अपडेट

पालुङ प्राधिकरणद्धारा एनसेलको ६ वटा टावरको लाईन काटियो

tower-1703774850.jpg

वक्यौता विद्युत महशुल नतिरेका कारण पालुङ वितरण केन्द्रले एनसेलको ६ वटा टावरको लाईन काटेको छ ।
उत्तरी मकवानपुरका विभिन्न स्थानमा रहेका टावरहरुमा जडित विद्युत लाईनको वक्यौता लगातार ४ महिनादेखिको महशुल नबुझाएको कारण एनसेलका टावरहरुको प्राधिकरणले लाईन काटेको हो ।
पालुङ वितरण केन्द्र अन्तर्गत थाहा नगरपालिका र ईन्द्रसरोवर गाँउपालिकाका विभिन्न स्थानमा एनसेलका १३ वटा टावर जडित छन् । उक्त टावरहरुको आज सम्मको ७ लाख ४३ हजार वक्यौता बुझाउन बाँकी रहेको कारण बढी वक्यौता भएका ६ वटा टावरको लाईन आज काटिएको पालुङ वितरण केन्द्रका प्रमुख माधब न्यौपानेले बताउनु भयो ।

पटक पटक जानकारी गराउँदा पनि अटेर गरेपछि हाल बढी बक्यौता भएका ६ वटा टावरको लाईन काटिएको र तत्काल महशुल नबुझाए सबै टावरको लाईन काट्छौं । माधब न्यौपाने प्रमुख पालुङ वितरण केन्द्र


 पालुङ प्राधिकरणले वढि वक्यौता भएका सिमभन्ज्याङ्ग,कुलेखानी देउराली र     सल्ले,फाखेल,मार्खु तथा कुन्छालमा रहेका टावरहरुको लाईन काटेको हो । एनसेललाई पनि वक्यौता बुझाउन पटक –पटक भनिएको भए पनि बक्यौता महशुल नबुझाएकोले लाईन काटिएको र सबै टावरको महशुल नुबझाए क्रमशः सबै टावरको लाईन काटिने पनि प्रमुख न्यौपानेले बताउनु भयो ।
वक्यौता महशुल उठाउन विगत ३ महिनामा मात्रै पालुङ प्राधिकरणले २ सय भन्दा बढी ग्राहकको लाईन काटेको छ भने लाईन काटिएका ग्राहकहरुमा ९० लाख भन्दा बढी बक्यौता रकम उठाईसकेको छ ।
 

 

https://www.thahapati.com/public/images/users/273450440_900150824007759-1646826285.jpg
शम्भु अधिकारी
shambhu.thahapati@gmail.com

शम्भु अधिकारी थाहापाटी अनलाईनका कार्यकारी सम्पादक हुन् । थाहा नगरबाट प्रकाशन भईरहेको यस अनलाईन पोर्टलमा तपाई सँग भएका समाचार, विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क सक्नुहुने छ । - ९८४५१४९०४५

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...