pani-1786865868.jpg
Monday, 14 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

अपडेट

पालुङ खोलामा करेन्ट लगाइ माछा मार्नेलाई ५ हजार जरिवाना, सामान जफत

FB_IMG_1727188168717-1727191972.jpg

फाइल तस्वीर

थाहा नगरपालिकाले खोलामा करेन्ट लगाइ माछा मार्ने एउटा समूहलाई ५ नियन्त्रणमा लिइ कारबाही गरेको छ । थाहा नगरपालिकाबाट खटिएको नगर प्रहरीले माछा मार्ने उक्त समूहको २ वटा बाल्टिन र करिब ५० मिटर विद्युत जडान गर्ने तार समेत जफत गरेको छ । उनीहरुलाई कारबाहीसहित ५ हजार रुपियाँ जरिवाना लगाएको छ ।
थाहानगर प्रहरीको सक्रियतामा थाहानगरको वडा नम्बर २ र ३ को सीमानामा पर्ने पालुङ खोलामा माछा मार्दै गरेको अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिइएको थाहानगर प्रहरी प्रमुख किरण गिरीले जानकारी दिए । उनीहरुलाई ७ असोजमा नियन्त्रणमा लिइएको हो । 
माछा मार्ने क्रममा नियन्त्रणमा लिइएकाहरुलाई ८ असोजमा नगरपालिकामा ल्याई थाहा नगरपालिकाको वातावरण तथा प्राकृतिक स्रोतको संरक्षण ऐन, २०७६ बमोजिम कारबाही गरी ५ हजार रुपियाँ जरिवाना लगाइएको हो । नियन्त्रणमा लिइएकाहरुले कानून कहिल्यै उलंङ्घन नगर्ने र नगर प्रहरीले चलाएको सकारात्मक अभियानमा सँधै सहयोग गर्ने बताएका छन् । उनीहरुले भुलबस गलत काम गरेको स्वीकार्दै कहिल्यै यस्तो भूल नगर्ने प्रतिवद्धता जनाएका छन् । 
यसअघि थाहा नगरपालिकाले वातावरण दिवसको अवसरमा खोलामा माछाको भुरा छोडेको थियो । अहिले पालुङ खोलामा माछाको संख्या समेत वृद्धि हुँदै गएको स्थानीयहरुले बताएका छन् । 
यसैबीच थाहा नगरपालिकाको खोलामा विद्युत तथा विभिन्न केमिकल प्रयोग गरी जलचर माछा समात्ने तथा मार्ने कार्य नगर्न नगराउन ८ असोजमा सूचना जारी गरी सबैलाई सूचीत गराएको छ । 

 

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...