pani-1786865868.jpg
Tuesday, 15 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

अपडेट

पानी नपर्दासम्म वायु प्रदूषण कायमै रहने, सचेत रहन विज्ञको सुझाव

download-1609923810.jpg

 काठमाडौँ उपत्यका विश्वकै सबैभन्दा प्रदूषित शहरको रुपमा कायम भयो । लामो समयसम्म हावा नचल्दा र पानी नपर्दा धुलो र धुँवाको तह वायुमण्डलमा जमेका कारण यो अवस्था आएको वातावरणविद् तथा मौसमविद्हरुले बताएका छन् ।


काठमाडौँ मात्र हैन नेपालका अन्य ठूला शहरहरुमा पनि वायु प्रदूषणको अवस्था खतराजनक अवस्थामा पुगेको छ । वातावरणविद्हरु राजधानीमात्र नभएर उपत्यका बाहिरका शहरहरुको अवस्थापनि बिग्रदै गइरहेको खतराको अवस्था नजिक पुगेको बताउँछन् ।

मंगलबार काठमाडौँको वायु प्रदूषणको मापान इकाई एक्यूआई ४३७ पुगेर  खतरनाक तह पार गरेको थियो । विश्व स्वास्थ्य संगठनका अनुसार एक्यूआई २५ हुनुपर्ने र ५० सम्मलाई राम्रो मान्ने गरेको छ । हिजोजस्तै आजपनि काठमाडौँ विश्वको प्रदूषित शहर मध्येमा रहेको छ । आइक्यूएयरको आँकडा अनुसार हावाको गुणस्तर एक्यूआई २६४ पुगेको छ ।

काठमाडौँ विश्वको सबैभन्दा प्रदूषित शहर र घातक अवस्थामा पुगेपछि सरकारले घरबाहिर हिँड्न सचेत समेत गराएको छ ।

तर यो अवस्था केही समय रहन सक्ने भएपनि अब बिस्तारै सुधार हुँदै जाने संकेत देखिएको मौषमविद्ले बताएका छन् । वरिष्ठ मौषमविद् वरुण पौडेलले आजदेखि घाम लाग्ने भएकोले जमेर बाक्लो भएको वायुमण्डलमा हावा फाटेर प्रदूषणको तह केही कम हुन सक्ने बताए ।

जनस्वास्थ्य वातावरण प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक एवं वातावरणविद् रामचरित साह काठमाडौँको वायु प्रदूषणको अवस्था अहिले मात्र नभइ पहिलेदेखि नै रहेको बताउँछन् । पहिले सातौँ–आठौँमा पर्ने गरेपनि अहिले बढेर पहिलो स्थानमा आइपुगेको उनको भनाइ छ ।

कचौराजस्तो भूबनावट, मानवीय क्रियाकलाप प्रदूषणको कारक

काठमाडौँ उपत्यकामा यसरी अत्यधिक मात्रामा वायु प्रदूषण हुनुको कारण काठमाडौँको भौगोलिक अवस्थाका साथै सवारी साधन, औधोगिक कलकारखानाबाट निस्किएको धुँवा कारक रहेको वातावरणविद् साह बताउँछन् ।         

उनले भने–‘काठमाडौँको  भू बनावट कचौराजस्तो आकारमा रहेको छ । बाहिरबाट हावा आएर धुलोको कण लैजान नसक्ने र जमिनको सतहमा माथि बाक्लो तह बनेर बस्ने गरेको छ । अर्को जाडो याममा मान्छेले आगो बढि बाल्ने, फोहोर जलाउने काम, बढ्दो सवारी साधनको संख्या, इँटा भट्टा लगायतका विभिन्न प्रदूषणका स्रोतका कारणले प्रदूषण बढेको हो ।’

शहरी क्षेत्रमा पहिलेदेखि नै वायु प्रदूषण बढ्दै गएको र जाडो मौसममा काठमाडौँमा वायु प्रदूषण बढ्ने गरेको उनको भनाइ छ ।

यस्तो बेला वातावरण विभागले वायु प्रदूषणको बारेमा सर्वसाधारणलाई बेला बेलामा जानकारी गराइरहनुपर्ने उनले बताए ।

यस्तो बेला कसरी बच्ने

(हावाको गुणस्तर कस्तो अवस्थामा जानकारी राख्ने

(घरबाहिर ननिस्कने, सकेसम्म घरबाटै काम गर्ने

(घरमा बस्दा पनि झ्यालको पर्दा राम्रोसँग लगाउने

(बाहिर जानुपर्ने अत्यावश्यक अवस्थामा मास्क लगाएर जाने

मौसमविद् भन्छन् स् तत्काल पानी पर्ने सम्भावना छैन, प्रदूषण कायमै रहन्छ

मौसम अघिल्लोदिन जस्तो धुम्म नहुने र दिनभरी घाम लाग्ने मौषम विभागले जनाएको छ । तराईको केही भागमा हुस्सु लागेपनि घाम लागेछि हटेर जाने वरिष्ठ मौसमविद् बरुण पौडेलले रातोपाटीलाई जानकारी दिए ।

आज सुदूरपश्चिममा मात्रै बादल लाग्ने र बाँकी भागमा मौसम सफा रहने  भएकोले अघिल्लो दिनको भन्दा सफा हुने उनले बताए । घाम लागेका कारण हावा केही तात्ने भएका कारण वायुमण्डलमा जमेको धुलोको तह फाटेर जाने उनले बताए ।

उनले भने–‘काठमाडौँ उपत्यका लगायतका क्षेत्रमा पानी नपरेको ३ महिना भइसक्यो, घाम लाग्दा अलि अलि भएपनि हावा चलायमान हुन्थ्यो, हावा चल्दा प्रदूषणलाई केही मात्रामा भएपनि चलायमान पाथ्र्यो । अहिले तुवालोजस्तो भएर बसेको छ । घाम लागिरहँदा हिजोको तुलनामा केही मात्रामा प्रदूषणको तह घट्न सक्छ ।’

पानी नपरेको र हावा चलेका कारण घाम लागेपनि पूर्ण रुपमा प्रर्दूषण नहट्ने मौसमविद् पौडलले जानकारी दिए । अझै केही  दिन पानी पार्ने प्रणालीको विकास नभएका कारण प्रदूषणको मात्रा कायम रहने उनले बताए ।

उनले भने–‘पानी पार्ने सिस्टम गइसक्यो, सुदूरपश्चिममा केही बाँकी छ, हिमाली एक–दुई स्थानमा हिमपात हुनसक्छ । भोलिबाट यो सिस्टम गइहाल्छ । तत्काल एक हप्ता दश दिन पानी पार्ने प्रणाली केही छैन । अलिअलि बादल लागेपनि पानी पार्ने प्रणाली देखिँदैन । यो वर्ष सुख्खा चिसो पार्ने हावा मात्र आयो । अघिल्लो वर्ष जाडोयाममा यतिबेलासम्म पानी परिसकेको थियो । पानी नपरेका कारणपनि यो वर्ष प्रदूषण बढेको हो कि भन्ने हाम्रो ठम्याइ छ ।’

सरकारले उपत्यकाको वायु प्रदूषण नियन्त्रण गर्ने कार्ययोजना बनाइएपनि कार्यान्वयन नहुँदा अहिलेको अवस्था आएको विज्ञहरु बताउँछन् । औधोगिक प्रतिष्ठान कलकारखाना अस्पताल सञ्चालन गर्दा वातावरणमैत्री प्रविधि अपनाउने नीति लिइएपनि त्यसको कार्यान्वयन हुन सकिरहेको छैन ।

https://www.thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...