Monday, 14 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

खेल

पाचौं संस्करणको थाहा गोल्डकप जेठ ११ देखि हुने,

IMG_20220116_154333_615-1-1714653448.jpg

फाइल तस्विर

पाचौं संस्करणको थाहा गोल्डकप फुटबल प्रतियोगिता २०८१ जेठ ११ गते देखि इन्द्रायणी चौरको खेल मैदानमा सुरु हुने भएको छ "स्वास्थ्यका लागि खेलकुद,राष्ट्रको लागि खेलकुद"भन्ने मूल नाराका साथ थाहा नगरपालिकाको आयोजनामा हुने प्रतियोगितालाई शिखर क्लवले व्यवस्थापनको जिम्मा लिएको छ।
थाहा नगरपालिकाको खेल मैदान इन्द्रायणी चौरमा संचालन हुदै आइरहेको प्रतियोगितामा पहिलो सस्करणमा १२ टोलीको सहभागिता रहेकोमा दोश्रो र तेश्रो सस्करणमा ३२\३२ टोलीको सहभागिता रहेको थियो भने चौथो संस्करणमा १८ टोलीले सहभागिता जनाएको थियो।

अगाडिको सस्करणमा २५ हजार दर्शकले भौतिक उपस्थितिमा तथा ५ लाख दर्शकले अनलाइनमा प्रतियोगिताको लाइभ प्रसारण हेरेका थिय।
राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका खेलाडीहरुको सहभागिता रहने प्रतियोगितामा काठमाडौं ,धादिङ  ,हेटौडा ,चितवन ,सिमरा लगायतका टोलीले भाग लिदै आइरहेको प्रतियोगिताका व्यवस्थापक शिखर क्लवका अध्यक्ष बिश्व अर्यालले बताए ।
बिगतमा सफलतापुर्वक सम्पन्न थाहा गोल्डकप बाट उत्पादित स्थानीय खेलाडीहरुले जिल्ला प्रदेश र राष्ट्रिय स्तरमा आफ्नो पहिचान गराउनको निम्ति प्रतियोगिताको औचित्य भएको खेलकुद बिकास समितिका सदस्य सचिव अनिल लामिछानेले बताउनुभयो वहाले थाहा गोल्डकप बाट मकवानपुर जिल्लालाई खेलको माध्यम बाट परिचित गराउन समेत सहयोग पुर्यायको उल्लेख गर्दै आगामी दिनमा राष्ट्रिय स्तरको टिममा जिल्लाको उत्तरी भेगको थाहा नगरपालिकाको समेत प्रतिनिधित्व हुने बातावरण बनाउन सफल हुने हुदा प्रतियोगिताको आवश्यकता बढेर गएको बताए |
पाचौं संस्करणको प्रतियोगितामा १६ टिमको सहभागिता रहने आयोजकको अनुमान छ ।
१० दिन सम्म चल्ने प्रतियोगिताको लागि टिम दर्ता गर्न आव्ह्वान गर्दै जेठ ८ गते सम्म टिम दर्ता गर्न अनुरोध ग्स्रेको छ। 
प्रतियोगितामा बिजेताले नगद २ लाख र उपविजेताले नगद  १ लाख पुरस्कार पाउने छन् नगद बाहेक शिल्ड ,प्रमाणपत्र तथा मेडल सहित प्रत्यक म्याचमा म्यान अफ दि म्याच घोषणा तथा विधागत उत्कृष्ट खेलाडीहरुलाई नगद तथा प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ |
प्रतियोगिता अनलाइन बाट प्रतक्ष्य प्रसारण हुने आयोजकले जानकारी दियको छ ।
हेर्नुस सूचना ।

 

FB_IMG_1714652285432-1714653448.jpg
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...