Monday, 09 Nov, 2026
worldlink1-1789963258.gif

खेल

पाकिस्तानमाथि गोल वर्षा गर्दै नेपाल यु १९ एएफसी छनोटको दोस्रो चरणमा

पाकिस्तानविरूद्ध गोल वर्षा गर्दै नेपाल यु १९ एएफसी कपको छनोट नजिक पुगेको छ।

थाइल्याण्डमा जारी एएफसी यू-१९ च्याम्पियनसिप छनोट अन्तर्गत आइतबार नेपालले आफ्नो तेस्रो खेलमा पाकिस्तानलाई ९-० को फराकिलो अन्तरमा हराउँदै दोस्रो चरण पुगेको हो।

थाईल्याण्डको चोनबरी रंगशालामा नेपालको फराकिलो जितमा निशा थोकरले ह्याट्रिक गरिन् ।

खेलको दोस्रो मिनेटमा मञ्जली योञ्जनको गोलबाट नेपालले अग्रता लिएको थियो। सम्झना लावतीले ३२ औं मिनेटमा नेपालको अग्रता दोब्बर पारिन्। ३८ औ मिनेटमा एलिशा जिम्बाले नेपालका लागि तेस्रो गोल गरिन्। पहिलो हाफमा ३-० ले अगाडि रहेको नेपालले दोस्रो हाफमा थप आधा दर्जन गोल गर्‍यो।

पाकिस्तानलाई खेल अवधिभर दबाबमा राखेको नेपालका लागि चौथो गोल पूजा रानाले गरिन्। खेलको ४८ औ मिनेटमा कर्नरबाट आएको बललाई उनले पोस्टको दिशा दिईन्। त्यसको ६ मिनेटपछि गोलकिपर बिट भएको अवस्थामा उनले ब्यक्तिगत दोस्रो गोल गरिन् ।

५७ औ मिनेटमा निशा थोकरले सेकेन्ड बार च्याम्दै फ्रिकिकबाट गोल गरिन् । उनैले ७४ औ मिनेटमा पेनाल्टीमा व्यक्तिगत दोस्रो गोल गर्दै नेपाललाई ७–० को स्थितीमा पुर्याएकी थिईन् । ८५ औ मिनेटमा पेनाल्टीमा गोल गर्दै निशाले ह्याट्रिक पुरा गरेकी थिईन् । खेल सकिन एक मिनेट बाँकी छदाँ कप्तान सरु लिम्बुले गोल गर्दै नेपाललाई फराकिलो जित दिलाईन् ।

जितसँगै नेपाल प्रतियोगिताको दोस्रो चरणमा प्रवेशमा पुगेको छ।

नेपालले पहिलो खेलमा थाईल्यान्डसँग ३-० को पराजय बेहोरे पनि दोस्रो खेलमा भारतलाई २-० ले हराउँदै छनोटको आशा कायमै राखेको थियो।

पाकिस्तान पहिलो खेलमा भारतसँग १८-० ले पराजित भएको थियो भने दोस्रो खेलमा भारतसँग समान १८-० ले नै पराजित भएको थियो।

आजै हुने अर्को खेलमा थाईल्यान्डले भारतलाई हराए पनि नेपाल अन्तिम चरणमा छनोट हुनेछ। यदि भारतले थाइल्याण्डलाई हराए पिनि भारत र नेपालको अंक बराबर भएको अवस्थामा हेड टु हेडको आधारमा भारतभन्दा नेपाल अगाडि हुनेछ।

थाईल्यान्ड अन्तिम चरणको पनि आयोजक भएकाले यस समूहको दोस्रो टोली पनि अन्तिम चरणमा छनोट हुनेछ।

अघिल्लो महिना भुटानमा भएको यू-१८ साफ च्याम्पियनसिपमा नेपालले पाकिस्तानलाई १२-० ले पराजित गरेको थियो।

भारतविरुद्धको खेलमा दुवै गोल गरेकी नेपाली टोलीकी नियमीत फरवार्ड रेखा पौडेलको आज पाकिस्तान विरूद्ध खेलिनन्। लगातार दुई खेलमा पहेंलो कार्ड पाएकी उनी आज पाकिस्तानविरूद्ध बेन्चैमै बसेकी हुन्।

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
नवौँ पालिकास्तरीय भलिबलको उपाधिका लागि आग्रा र हेटौँडाबीच भिडन्त, फाइनल सोमबार
FB_IMG_1794151489297-1794151939.jpg

बिनयबाबु बस्नेत स्मृति प्रतिष्ठानको आयोजनामा थाहा नगरपालिकामा जारी नवौँ संस्करणको पालिकास्तरीय खुला भलिबल...

न्हुलगाउँ T20 कप–२०८३ कार्तिक २१ देखि सुरु हुँदै, ६ टोलीबीच प्रतिस्पर्धा हुने
file_0000000072c08211a34c-1793979458.png

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१० मा न्हुलगाउँ T20 कप–२०८३ आयोजना हुने भएको छ। न्हुलगाउँ टोल विकास...

नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्ष पदमा पालुङका सञ्जय गोपालीको उम्मेदवारी
FB_IMG_1793928531445-1793978598.jpg

नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्ष पदमा पालुङका सञ्जय गोपालीले उम्मेदवारी दिएका छन् । पालुङ जेसीज बर्ष २०२६ का...

विनयबाबु स्मृति भलिबल सुरु, उद्घाटन खेलमा साविक विजेता तमु, मंगलेश्वर र हेटौँडा विजयी
FB_IMG_1793970900315-1793971499.jpg

मकवानपुरको थाहा नगरपालिकामा नवौँ संस्करणको विनयबाबु बस्नेत स्मृति मकवानपुर जिल्ला पालिकास्तरीय खुला भलिबल...

स्वच्छन्द भैरव माविको विद्यालय व्यवस्थापन समिति अध्यक्षमा सरोज कुमार रेग्मी निर्विरोध चयन
FB_IMG_1793880704719-1793880988.jpg

मकवानपुर । श्री स्वच्छन्द भैरव माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा सरोज कुमार रेग्मी...

थाहामा पालिकास्तरीय खुला भलिबल प्रतियोगिता हुँदै, विजेतालाई १ लाख १ हजार १११ रुपैयाँ पुरस्कार
FB_IMG_1793422395897-1793716186.jpg

थाहा।थाहामा  मकवानपुर पालिकास्तरीय खुला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ। बिनयबाबु बस्नेत स्मृति...

१० पटक यात्रा गरे ११औँ पटक निःशुल्क ! पालुङदेखि काठमाडौंको जोरपाटीसम्म थाहानगर यातायात सञ्चालन हुँदै
InShot_20261103_181144553-1793709249.jpg

मकवानपुर । थाहा नगरपालिकाका नागरिकलाई काठमाडौंसँग जोड्दै सुरक्षित, सहज र भरपर्दो यातायात सेवा उपलब्ध गराउने...

भीमफेदीको सानुटारमा 'उज्यालो संवाद' सम्पन्न
FB_IMG_1793620666431-1793620702.jpg

भीमफेदी, मकवानपुर । भीमफेदी गाउँपालिका वडा नम्बर १ स्थित सानुटारमा सोमबार 'उज्यालो नेपाल पार्टी'ले टोल भेला...

एमाले थाहा नगरको जागरण अभियान सुरु, संगठन विस्तार र सुदृढीकरणमा जोड
1000076457-1793537840.jpg

नेकपा एमाले थाहा नगर कमिटी केन्द्रीय कार्यक्रम अन्तर्गत ‘जागरण अभियान’मा जुटेको छ । आइतबार थाहा नगरमा एक...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg