Sunday, 13 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

खेल

पाँचौं थाहा गोल्डकपको उपाधी ऋषेश्वर ११ लाई

FB_IMG_1716978874721-1716982258.jpg

पाँचौं थाहा गोल्डकपको उपाधि थाहा ४ दोबाटोको ऋषेश्वर ११ फुटबल क्लबले हात पारेको छ। 
थाहा नगरपालिकाको इन्द्रायणी चौर खेल मैदानमा १६ जेठमा भएको फाइनल खेलमा चित्लाङ खेलकुद बिकास समिति चित्लाङ लाई ७-० को फराकिलो गोल अन्तरले पराजित गर्दै ऋषेश्वर ११ले उपाधी हात पारेको हो।

 ऋषेश्वरको जितमा अमित तामाङले १ गोल,रिचार्ड विल्सनले ३ गोल,सन्जोग मोक्तानले १ गोल,र सुनिल तामाङले २ गोल गर्दै टिमलाई बिजयी गराए।

प्रतियोगितामा  ऋषेश्वर ११ का रिचार्ड विल्सनले प्रतियोगितामा ७ गोल गर्दै हाइ स्कोरर हुदा बेस्ट डिफेन्डर ऋषेश्वरकै अमित तामाङ, र उत्कृष्ट गोलकिपर ऋषेश्वरका नवीन सिलवाल हुन सफल भए भने प्रतियोगिताको उत्कृष्ट खेलाडी ऋषेश्वर ११ का प्रदिप गुरुङ हुन सफल रहे।
 बिजेता बने संगै ऋषेश्वर ११ ले नगद २ लाख सहित ट्रफी ,मेडल तथा प्रमाणपत्र हात पारे भने उपबिजेता चित्लाङले नगद १ लाख सहित मेडल तथा प्रमाणपत्र प्राप्त गरे तेसैगरी बिधागत उत्कृष्ट खेलाडी हरुले नगद ५ हजार सहित ट्रफी हात पार्दा उत्कृष्ट खेलाडी लाई नगद १० हजार रुपैयाँ प्रदान गरियो।

प्रतियोगितामा बिजेता तथा उपबिजेता टिमलाई नगर प्रमुख बिष्णु बिष्ट तथा उपप्रमुख भरत गोपाली लगायतका अतिथिहरुले पुरस्कार प्रदान गरेका थिय। प्रतियोगिता समापन समारोह भव्य रुपमा गरियको थियो।
शिखर क्लवका अध्यक्ष विश्व अर्यालको सभापतित्वमा सम्पन्न समापन तथा पुरस्कार वितरण समारोहमा शिखर क्लवका पुर्व खेलाडिहरु तथा पुर्व अध्यक्षहरुलाई कदरपत्र द्वारा सम्मानित गरिएको थियो।

पुरस्कार वितरण समारोहमा प्रमुख अतिथी नगर प्रमुख बिष्णु बिष्ट,उपप्रमुख भरत गोपाली,थाहा नगर खेलकुद विकास समितिका संयोजक टिकाराम स्याङ्तान,वडा न ४ का अध्यक्ष नारायण लामा,वडा न ३ का अध्यक्ष हिरेन्द्र कुमार रायमाझी वडा न ९ का राजकुमार बलामी ,थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरी,पुर्व खेलकुद बिकास संयोजक राजेश केसी,पालुङ बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष कृष्ण बहादुर बिष्ट,राप्रपा थाहा नगर कार्यवाहक अध्यक्ष कुलमान तामाङ,रास्वपा नगर सभापति जयराम खत्री,पालुङ जेसीजका अध्यक्ष निरज रायमाझी ,नगर खेलकुद विकास समिती सदस्य सचीव अनिल लामिछाने,सदस्य यादव रायमाझी,सुमन बिष्ट,विभिन्न संघसंस्थाका प्रतिनिधिहरु लगायतका अतिथिहरुको उपस्तिथि रहेको थियो।
प्रतियोगिता थाहा नगरपालिका खेलकुद विकास समितिको आयोजना तथा शिखर क्लवको व्यवस्थापनमा जेष्ठ १२ गते देखि सुरु भएको थियो।

 

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...