Monday, 14 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

खेल

पाँचौं उपमेयरकप ब्याडमिन्टन प्रतियोगिताको उपाधी आग्रा स्पोर्ट्स लाई ।

FB_IMG_1716447375524-1716464016.jpg

थाहा नगर,१० जेठ / थाहा नगरपालिकामा जारी चौथो  उपमेयर व्याडमिन्टन कप प्रतियोगिता – २०८०’ बिहीवार  सम्पन्न भएको छ । थाहा नगरपालिकाको आयोजना तथा थाहा नगर ब्याडमिन्टन संघको व्यवस्थापन तथा  सामाजिक संस्था फरक सोचको सहयोगमा गरेको नगर स्तरको उक्त प्रतियोगिता जेठ ९ गतेदेखि थाहा नगरको क्याम्पाडाडामा रहेको ब्याडमिन्टन हलमा भएको हो ।

“उन्नत समाजको निर्माण गरौ,सहयोगी भावनाको विकास गरौ ” भन्ने मुल नाराका साथ सबल र सक्षम खेलाडी उत्पादन गर्ने उद्देश्यले आयोजित उक्त प्रतियोगितामा खुल्ला मेनस डबल प्रतियोगितामा १६ टिमको सहभागिता रहेको थियो   ।
शनिबार बिहान भएको फाइनल खेलमा संग्राम खत्री समराजको टिमलाइ आग्रा स्पोर्ट्स क्लबका नरेन्द्र मोक्तान र देवकुमार अर्यालको टिमले पराजित गर्दै उपाधी चुमेको छ।
प्रतियोगिताको प्रथम, दोस्रो र तेस्रो स्थानमा विजयी टिमहरुलाई नगद क्रमस: २० हजार,१५ हजार र १० हजार पुरस्कार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरियो ।
प्रतियोगिताकै उत्कृष्ट खेलाडी आग्रा स्पोर्ट्सका नरेन्द्र मोक्तान हुन सफल भए उत्कृष्ट खेलाडीलाई नगद र ट्रफी प्रदान गरियको थियो।

प्रतियोगितामा शिखरक्लब र थाहा नगरपालिकाको टिम सान्त्वना भए । शिखर क्लबको तर्फबाट इशाक केसी र सुभाष थापाले खेलेका थिए भने थाहा नगरपालिकाको तर्फबाट कबिन्द्र वड र नबिन चौधरी खेलेका थिए । सानत्वना टिमले नगद २ हजार ५ सयका दरले पुरस्कारसहित शिल्ड मेडल तथा प्रमाणपत्र पाएका छन् ।
आयोजक फरक सोचका संयोजक यादव जंग रायमाझीको अध्यक्षतामा सम्पन्न समापन तथा पुरस्कार वितरण समारोहमा थाहा नगर खेलकुद बिकास समितिका संयोजक टिकाराम स्याङ्तानको अध्यक्षता तथा थाहा नगरपालिकाका उपप्रमुख भरत गोपालीको प्रमुख आतिथ्यता रहेको थियो भने समारोहमा थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरी ,वडा न ७ का अध्यक्ष शिवराज थिङ ,थाहा नगरपालिका प्रशासन महाशाखा प्रमुख नवीन खालिङ,नेकपा एमालेका नगर अध्यक्ष सुरेन्द्रमान प्रधान,च्वाइस नेपालका प्रताप घिमिरे,रास्वपा नगर सभापति जयराम खत्री,थाहा नगर खेलकुद विकास समितिका सदस्य यादव रायमाझी,थाहा नगर खेलकुद बिकास समितीका सदस्य सचिव अनिल लामिछाने,नवजागृत पुस्तकालयका अध्यक्ष सुमन बिष्ट ,प्रतियोगिताका रेफ्री बिजय सिंह ठकुरी,थाहा नगर ब्याडमिन्टन संघको पदाधिकारी लगायतका अतिथिहरुको उपस्थिति रहेको थियो।
समापन समारोहमा प्रतियोगिता संचालन गर्न सहयोग गर्ने संघसंस्था ,व्यवस्थापक,तथा रेफ्री लाई मायाको चिनो र कदरपत्र प्रदान गरियको थियो।
प्रतियोगिता लाई थाहा नगरपालिका खेलकुद विकास समितीको आयोजना गरेको थियो भने थाहा नगर ब्याडमिन्टन संघ  सह आयोजक रहदा फरक सोचको सहयोग र थाहा नगरपालिकाको मुख्य प्रायोजन रहेको प्रतियोगिताको प्रथम नगद पुरस्कार २० हजार ॐ अध्याय रिसोर्टले प्रायोजन गर्दा दोश्रो नगद पुरस्कार १५ हजार  च्वाईस नेपाल संस्था बाट र सान्त्वना पुरस्कार ५ हजार पालुङ  भ्याली हार्ट एकेडेमीले प्रायोजन गरेका थिए भने ट्रफी सौजन्य अर्जुन बस्नेत थाहा १० र ब्यानर सौजन्य पालुङ बहुउद्देश्यिय सहकारी संस्थाले  गरेका थिए। 

FB_IMG_1716447391597-1716464016.jpg
1716464088765-1716464171.jpg
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...