Monday, 09 Nov, 2026
worldlink1-1789963258.gif

अपडेट

पत्रकार बन्जराको बिषयमा बोल्यो महासंघ :- निष्पक्ष छानबिन गर्न माग।

FB_IMG_1682587679518-1682587691.jpg

हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरले जबरजस्ती करणीको आरोपमा पक्राउ परेका पत्रकार इन्द्रप्रसाद बञ्जारा (रमेश) को विषयमा निष्पक्ष छानबिन गर्न माग गरेको छ । महासंघका अध्यक्ष मणिराज गौतमले आज एक विज्ञप्ती जारी गर्दै बञ्जारा पक्राउ परेको घटनाप्रति ध्यानाकर्षण जनाउँदै दोषीलाई कानुनी कारबाही र निर्दोषलाई न्याय दिलाउन कुनै दबाब र प्रभावको भरमा नपरी निष्पक्ष छानबिन गर्न प्रहरी प्रशासनसमक्ष माग गरेको हो ।

विज्ञप्तीमा भनिएको छ–“पछिल्ला दिनमा मकवानपुरका सञ्चार माध्यममा उक्त घटनासंग सम्वन्धित विषयका विभिन्न समाचार तथा सीसीटिभी फुटेजहरु प्रकाशन/प्रशारण भइरहेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरलाई घटनाको निष्पक्ष र दोहोरो छानबिन गरी चाँडोभन्दा चाँडो दोषीलाई कारवाही र निर्दोषलाई न्याय दिलाउनका लागि कुनै दबाब र प्रभावमा नपरी अध्ययन तथा अनुसन्धानका लागि महासंघ मकवानपुर जोडदार माग गर्दछ ।”
घटनाका विषयमा विलम्ब नगरी सत्यको पक्षमा न्याय निरुपणका लागि सरोकारवाला निकायसमक्ष पनि महासंघ मकवानपुर अध्यक्ष गौतमले विज्ञप्ती मार्फत आग्रह गरेका छन् ।

गएको चैत्र ३० गते एक महिलाले पत्रकार बञ्जाराले जबरजस्ती करणी गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् । उजुरी परेपछि बञ्जारा अहिले दोस्रोपटक म्याद थप भएर अनुसन्धानमा छन् ।

अनुसन्धान चलिरहेकै अवस्थामा मंगलबार हेटौंडाको एक अनलाइन न्यूज पोर्टलले उजुरी दिने महिलाले बलात्कार भयो भनिएको उक्त दिन बञ्जारा कहाँ–कहाँ पुगेका थिए भनेर सीसीटिभी फुटेजसहितको सामाचार प्रकाशन गरेको थियो । समाचार प्रकाशन भएसंगै मकवानपुरको सञ्चार जगत स्तब्ध भएको छ । सोहीकारण पत्रकार बञ्जारामाथि लागेको आरोपको विषयमा प्रहरी प्रशासन तथा सरोकारवाला निकायले गम्भिर भएर निष्पक्ष छानबिन गर्न महासंघले माग गरेको हो ।

 

 

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
नवौँ पालिकास्तरीय भलिबलको उपाधिका लागि आग्रा र हेटौँडाबीच भिडन्त, फाइनल सोमबार
FB_IMG_1794151489297-1794151939.jpg

बिनयबाबु बस्नेत स्मृति प्रतिष्ठानको आयोजनामा थाहा नगरपालिकामा जारी नवौँ संस्करणको पालिकास्तरीय खुला भलिबल...

न्हुलगाउँ T20 कप–२०८३ कार्तिक २१ देखि सुरु हुँदै, ६ टोलीबीच प्रतिस्पर्धा हुने
file_0000000072c08211a34c-1793979458.png

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१० मा न्हुलगाउँ T20 कप–२०८३ आयोजना हुने भएको छ। न्हुलगाउँ टोल विकास...

नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्ष पदमा पालुङका सञ्जय गोपालीको उम्मेदवारी
FB_IMG_1793928531445-1793978598.jpg

नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्ष पदमा पालुङका सञ्जय गोपालीले उम्मेदवारी दिएका छन् । पालुङ जेसीज बर्ष २०२६ का...

विनयबाबु स्मृति भलिबल सुरु, उद्घाटन खेलमा साविक विजेता तमु, मंगलेश्वर र हेटौँडा विजयी
FB_IMG_1793970900315-1793971499.jpg

मकवानपुरको थाहा नगरपालिकामा नवौँ संस्करणको विनयबाबु बस्नेत स्मृति मकवानपुर जिल्ला पालिकास्तरीय खुला भलिबल...

स्वच्छन्द भैरव माविको विद्यालय व्यवस्थापन समिति अध्यक्षमा सरोज कुमार रेग्मी निर्विरोध चयन
FB_IMG_1793880704719-1793880988.jpg

मकवानपुर । श्री स्वच्छन्द भैरव माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा सरोज कुमार रेग्मी...

थाहामा पालिकास्तरीय खुला भलिबल प्रतियोगिता हुँदै, विजेतालाई १ लाख १ हजार १११ रुपैयाँ पुरस्कार
FB_IMG_1793422395897-1793716186.jpg

थाहा।थाहामा  मकवानपुर पालिकास्तरीय खुला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ। बिनयबाबु बस्नेत स्मृति...

१० पटक यात्रा गरे ११औँ पटक निःशुल्क ! पालुङदेखि काठमाडौंको जोरपाटीसम्म थाहानगर यातायात सञ्चालन हुँदै
InShot_20261103_181144553-1793709249.jpg

मकवानपुर । थाहा नगरपालिकाका नागरिकलाई काठमाडौंसँग जोड्दै सुरक्षित, सहज र भरपर्दो यातायात सेवा उपलब्ध गराउने...

भीमफेदीको सानुटारमा 'उज्यालो संवाद' सम्पन्न
FB_IMG_1793620666431-1793620702.jpg

भीमफेदी, मकवानपुर । भीमफेदी गाउँपालिका वडा नम्बर १ स्थित सानुटारमा सोमबार 'उज्यालो नेपाल पार्टी'ले टोल भेला...

एमाले थाहा नगरको जागरण अभियान सुरु, संगठन विस्तार र सुदृढीकरणमा जोड
1000076457-1793537840.jpg

नेकपा एमाले थाहा नगर कमिटी केन्द्रीय कार्यक्रम अन्तर्गत ‘जागरण अभियान’मा जुटेको छ । आइतबार थाहा नगरमा एक...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg