pani-1786865868.jpg
Tuesday, 15 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

अपडेट

पत्रकारलाई समाचार लेखेकैं भरमा कार्वाही गर्नु दुःखद : बन्जारा

नेपाल प्रेस युनियन मककवानपुरका नेता ईन्द्रप्रसाद बन्जरा “रमेश” ले नेताको समाचार लेखेकैं कारण कार्वाही भोग्नुपर्ने अवस्था आएको बताउनुभएको छ ।                                             नेपाली काग्रेस मकवानपुरका सभापती एवम् बागमती प्रदेश सभा सदस्य ईन्द्रबहादुर बानियाको समाचार लेखेकैं आधारमा आफुलाई प्रेस युनियनबाट निष्काशन गर्न खोजिएको बन्जराले आरोप लगाउनुभयो । बन्जरा आवद्ध सञ्चारमाध्यमा काग्रेस सभापती बाँनियाको समाचार प्रकाशन भएको थियो । त्यही समाचारलाई आधार बनाएर म माथी अन्याय गरियो : बन्जराले पत्रकार सम्मेलनमा भन्नुभयो ।                                       आइतबार  हेटौँडामा आयोजित पत्रकार सम्मेलनमा बञ्जराले मकवानपुर कांग्रेसका सभापति बाँनीयाको विषयमा समाचार लेखेकै भरमा आफुलाई केन्द्रीय समितिले विधान विपरित कारबाहिको हल्ला गरेको र जिल्ला समितिलाई पत्राचार गरेको आफुले अनौंपचारिक जानकारी पाएको बताउनुभयो । काग्रेस सभापती बाँनियाको मात्रैं होईन गलत काम गर्ने जोसुकैंको समाचार लेखिरहेको बताउदैं बन्जराले भोलिका दिन झन सशक्त भएर कलम चलाउने बताउनुभयो ।  संगठनमा व्यक्तिवादी स्वार्थ हावी भएको आरोप लगाउँदै बन्जाराले बिगत लामो समयदेखी संगठनलाई चुस्त र व्यवस्थित बनाउन जिल्ला पार्टी र संगठनका नेतृत्वलाई दबाब दिदैं आएको बताउनुभयो । बन्जाराले आजसम्म आफुलाई प्रेस युनियनमा कुनैं जिम्मेवारी नदिएको गुनासो समेत गर्नुभयो । म साधारण सदस्य मात्रैं हुँ बन्जराले भन्नुभयो : संगठन विधि पद्धतीमा चलेको छैन । जस्ले विधि मान्दैंन उसैंले मलाई कार्वाहीको सिफारिस गर्ने ? बन्जराले प्रश्न गर्नुभयो । लामो समयदेखी संगठनलाई विधिमा चलाउ भनेर अनुरोध गर्दा आफुलाई अबैधानिक ढंगबाट प्रेस युनियनको साधरण सदस्यबाट समेत निकाल्ने प्रयास भएको बन्जराको गुनासो छ ।  संगठनको नेतृत्वप्रती असन्तुष्टी जनाउँदैं बन्जराले २०७८ साल जेठ ६ गते नैं  राजीनामा दिएको जानकारी दिनुभयो । आफ्नो राजिनामाको बिषयमा कुनैं छलफल र बहस नभएको बन्जराको भनाई छ ।  नेपाल पत्रकार महासंघ र प्रेस युनियनका नेतृत्वमा रहेका नेताहरुले नैं एकजना श्रमजीविलाई पत्रकारलाई समाचार लेखेकैं भरमा कार्वाही गर्न सिफारिस गर्नु दुःखद भएको बन्जाराको भनाई छ । पत्रकार बन्जारा ले आगामी दिनमा पनि पत्रकारको हक हितकोलागी लड्ने बताउनु भयो ।

https://www.thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...