pani-1786865868.jpg
Monday, 14 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

अपडेट

नेविसंघ र अखिलको तालाबन्दीले पालुङ क्याम्पसमा स्ववियु निर्वाचन हुन सकेन

20250318_081624-1742305533.jpg

मकवानपुरको थाहा नगरपालिकास्थित पालुङ बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन हुन सकेन । बिहान ८ बजेदेखि निर्वाचन गराउन निर्वाचन अधिकृतले सम्पूर्ण तयारी गरे पनि अनेरास्ववियु र नेपाल विद्यार्थी संघले बिहान ६ बजे निर्वाचन अधिकृतको कार्यालयमा तालाबन्दी गरेपछि निर्वाचन हुन नसकेको हो ।

यस्तै निर्वाचन गराउन बिहानैदेखि असहज परिस्थिति निर्माण भएको भन्दै निर्वाचन समितिले मध्यान्ह राजिनामा समेत दिएको थियो । निर्वाचन संयोजक कुमार नेगी, सदस्य हरिकृष्ण कार्की, मीना महर्जनले संयुक्त राजिनामा दिएका हुन।
निर्वाचन गराउन बिहान १० बजे थाहा नगरपालिकाको कार्यालयमा चार दलको प्रमुख सहित छलफल भएपनी निष्कर्ष निकाल्न सकेन।
अखिल क्रान्तिकारी र छैटौंका विद्यार्थी निर्वाचन गराउनुपर्ने भन्दै गेट खोलेर भित्र पस्दा स्थिती केही बेर तनाबग्रस्त बन्न पुगेको थियो।
साझ क्याम्पस प्रशासनले अनेरास्ववियु र नेविसंघको कारण चुनाव हुन नसकेको जनाउदै परिस्थिति असहज भएकोले निर्वाचन स्थगित भएको सूचना जारी गरेको छ।
७२ जना मतदाता रहेको क्याम्पसमा तालाबन्दीसँगै निर्वाचन अनिश्चित बनेको छ । अनेरास्ववियुबाट रोशनी गोपाली र अखिल क्रान्तिकारीबाट रुबिना खत्री अध्यक्ष पदका उम्मेदवार थिए ।

20250318_181405-1742305687.jpg
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...