pani-1786865868.jpg
Tuesday, 15 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

अपडेट

नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्षमा पालुङ जेसीजका कार्कीको उम्मेद्बारी

FB_IMG_1734609673932-1734609684.jpg

नेपाल जेसीज बर्ष २०२५को लागि राष्ट्रिय उपाध्यक्ष पदमा पालुङ जेसीज बर्ष २०२३ का अध्यक्ष संगम कार्कीले उम्मेद्वारी दिएका छन् ।
राष्ट्रिय उपाध्यक्ष पदका उम्मेद्वार कार्की पालुङ जेसीजमा २०१२ र २०१३ मा साधारण सदस्य, २०१४ मा खेलकुद संयोजक, २०१५ मा स्वयंसेवक संयोजक, २०१६ मा सदयता बिस्तार संयोजक, २०१७ मा बर्ष कार्यक्रम संयोजक, २०१८ मा सदस्य, २०१९ मा उपाध्यक्ष, २०२० कोषाध्यक्ष, २०२१ मा महासचिव, २०२२ कानुनी सल्लाहकार, २०२३ मा शाखा अध्यक्ष हुँदै २०२५ का लागि राष्ट्रिय उपाध्यक्ष पदको लागि उम्मेद्वारी दिएका हुन् ।

स्थापनाको २१ बर्ष पछि पालुङ जेसीजलाई राष्ट्रिय पदाधिकारी प्राप्त गराउनको लागि आफ्नो उम्मेद्वारी रहेको राष्ट्रिय उपाध्यक्ष पदका उम्मेद्वार कार्कीले बताए । कार्कीले संस्थाको गरिमालाई उच्च बनाउँदै आफ्नो क्षमताले भ्याएसम्म क्रियाशिल रहने बताए ।
थाहा नगरपालिका वडा नं. ३ मा २०४२ सालमा जन्मेका कार्कीले अंग्रेजी र समाजशास्त्र बिषयमा स्नातकोत्तर उत्तीर्ण गरेका छन् । सामाजिक कार्यमा सक्रिय कार्की नेपाल रेडक्रस सोसाईटी दामन उपशाखा कार्यसमिति सदस्य, हिमालयण ईङ्लिस सेकेन्डरी स्कूल थाहा ४ को बिद्यालय संयोजक, न्यु भिजन एकेडेमी थाहा ३ को संस्थापक, जनकल्याण माध्यमिक बिद्यालय थाहा ३ को मानबिकी संकाय संयोजक हुनुहुन्छ ।
नेपाल जेसीजका निर्वाचन आयुक्त बिकास मानन्धरका अनुसार निर्वाचन कार्यक्रम अन्तरगतको उम्मेद्वारीे तालिम, अन्तरवार्ता, ककश पश्चात पौष ५ देखि ८ गतेसम्म बुटवलमा हुने ५१ औं राष्ट्रिय महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।
नेपाल जेसीज बर्ष २०२५को लागि १ अध्यक्ष पदका लागि ५ जनाको उम्मेद्वारी परेकोछ ।
त्यस्तै कार्यकारिणी उपाध्यक्ष ४ पदको लागि ९ जनाको र १२ जना उपाध्यक्ष पदका लागि १८ जनाको उम्मेद्वारी परेकोछ ।
राष्ट्रिय अध्यक्ष पदका लागि रजनी थापा, बिजय गुरुङ, ससनिल तिम्सिना, रश्मी शिल्पकार, जीवन कार्की, नरेश चन्द्र ओझाका उम्मेद्वारी परेको नेपाल जेसीज बर्ष २०२४का महासचिव सरोज अधिकारीले जानकारी दिए ।
त्यस्तै कार्यकारिणी उपाध्यक्ष पदमा गणेश सापकोटा, नवराज उपाध्याय, सौरभ श्रेष्ठ, बहादुर तामाङ, एलिना महर्जन, अमर घिमिरे, कृष्ण सापकोटा, गौरव पौडेल, योगीराज अधिकारीको उम्मेद्वारी परेको छ ।
इसैगरी उपाध्यक्ष पदका लागि पालुङ जेसीजका संगम कार्कीसंगै अभिशेक दुलाल, धनराज कडेंल, पुण्यप्रसाद अधिकारी, सन्दिप कार्की, दीपक जंग अधिकारी, मणीप्रसाद अर्याल, सुस्मिता भट्टराई, उज्ज्वल कब्रा, सुजन थापा, राघव कोईराला, सुवास गौतम्, मुकेश भट्टराई पबित्रा पाण्डे, राजकुमार शाह, शिब शंकर जैसवाल, बबिता पाण्डे, प्रमिश जोशीको उम्मेद्वारी रहेको छ ।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...