himalen-2083-1778725505.jpg
Wednesday, 27 May, 2026
jkmv2083-1778723862.jpg

विचार / अन्तरवार्ता

नीति ,नेता र नेतृत्व के हो ?
   -  सानोभाइ कार्की

sanobhai-copy-1673521239.jpg

 

बुझ्नलाई कठिन ,बुझ्यो झनै कठिन ,झन झन बुझ्यो झनै कठिन !! बुझ्न चहानेलाई सन्सार ठूलो छ ,नचहानेलाई आफुले जत्रो देख्यो , भोग्यो , जान्यो तेत्रैमात्र छ ।बुझ्न चहानेलाई पनि कम कठिनाइ छैन कहाँबाट शुरु गर्ने ,कहासम्म पुराउने ,के निष्कर्ष निकाल्ने ,कति बुझेपछी परिपक्व हुने ?बुझ्ने कसरी ? को सङ तुलना गरेर आफुलाई योग्य साबित गर्ने ? यी सबै जिज्ञासाहरुको समाधान एकै उत्तरबाटा कदापि सम्भव छैन र खोज्नु पनि उपयुक्त हुदैन ।किनकी समाज निर्माण र अग्रगतिमा जान यस्कासबै अंगप्रत्यङ सबैको अहम भुमिका र महत्त्व छ ।कुनैलाई प्रशन्सा गरेर वा कुनैलाई गौण गरेर हुदैन ।तर मेरो अनुभवले के सुझाउछ भने हरेक कृयाकलापमा नीतिको आवस्यकता पर्दछ । चाहे त्यो धार्मिक ,आर्थिक ,राजनीतिक ,सामाजिक ,नैतिक ,सान्स्कृतिक वा अन्य अन्य ! यो पनि अर्थपूर्ण छ कि दर्शन दुई धारमा बिभक्त्त छ ।अध्यात्मिक र भौतिक ।अरु सबै यिनैका कृयाकलापबाट सुधारका लागि वा अन्य कारणबाट जन्मिएका हाङा बिङामात्र हुन । समाजको परिवर्तनको मुख्य सम्बाहक राजनीति नै हो । राजनीति मुलत दुई धारमा बिभक्त्त छ ।समाजवाद हुँदै साम्यवादमा पुग्ने लक्ष सहितको कम्युनिस्ट ब्यबस्था जहा वर्गबिहिन समाजको परिकल्पना गरिएको छ भने उपलब्ध साधन र श्रोतको उपभोगलाई शक्तिको आधारमा आधारित पुजीवादी ब्यबस्था ।

यहाँ शक्ति र अवसरलाई आधार मानिन्छ । नेपाल जस्तो अल्पबिकसित देश र यस्तै यस्तै अन्य मुलुकहरु जहाँ सिमित मानिसहरुको नियन्त्रणमा अर्थतन्त्र रहेको हुन्छ र अधिकान्श जनताहरु अवसरको खोजीमा रुमल्लिरहनु पर्ने बाध्यता छ वातविक पूजीवादी व्यवस्था कार्यान्वनको कठिनाइ छ ।अहिले विश्वबाट कार्लमार्क्सले परिकल्पना गरेको मार्क्सवादी बिचारधाराको गति धिमाह बनिरहेको छ ।भनौ सिद्धान्तले जे बोले पनि कार्यान्वयन ब्यबहारमा आएको नतीजाप्रती जनताहरु उत्साहित भएको पाइन्न । यद्यपि नेपालमा कम्युनिस्टप्रती जनझुकाव र विश्वासमा कमी आएको छैन ।यो सकारात्मक पक्ष हो ।जनतामात्र होइन कतिपय नेताहरु पनि कम्युनिस्ट पार्टीको सिद्धान्तबाट आचरण निर्माण गर्ने ,प्रतिष्ठा पाएसम्म उपभोग गर्ने ,बिस्तारै जनवादी तर्फ भन्दा आफुकेन्दृत हुँदै एक वा अर्को बहानामा पार्टी फोड्ने ,छोड्ने र पार्टीलाई गुटमा रुपान्तरण गर्ने ,अस्तित्वमा रहन प्रयत्न गर्ने, नसके फेरि छोडेकै पार्टीमा फर्कने गरेकोबाट पनि के पुष्टि हुन्छ भने कम्युनिस्ट पार्टी जनपृय पार्टी छ ।जनता समानताको सिद्धान्तमा आशा र बिश्वास राख्दछ ।जनता यही मार्गबाट आफ्नो कल्याण  हुने ठान्दछ ।यदि यसो हो भने कम्युनिस्ट पार्टीहरुको साझा नारा :- बहुदलीय ब्यबस्था मार्फत समाजवाद अनि  नयाँ जनवादी ब्यबस्था र साम्यवाद नै हो भने  एकैचोटि साम्यवादमा पुग्ने सपना साकार पार्न कम्तिमा जनवादी ब्यबस्था ल्याउन तेस्को नीति जनतालाई सुशिक्षित पार्नु र नेताहरुले तदनुरुपको आचरण र व्यवहार पूरा गर्ने प्रतिबद्धताको पालना गर्नु पर्ने होइन र ? नयाँ जनवादी क्रान्तिको आधारभुत कार्यहरुमा एकरुपता हुनु पर्ने होइन र ? आफ्नो सत्ताको अवसर पाउँदा तदनुरुप कृयाशीलता जनतालाई आभाष हुने गरि देखाउनु पर्ने होइन   र ? यी सवालहरु उठ्नु स्वभाविक नै हुन ।उसो भए के हुन त ती नयाजनवादी क्रान्तिका आधारभुत कार्यहरु ? के गर्नु पर्थ्यो ? के गर्दैछन ?

एकपटक ध्यान दिउ :-
१) सामन्त ,नोकरशाही र दलाल पूजिपती वर्गका हातमा भएको सत्ता जनतामा हस्तान्तरण गर्ने ।
२) सामन्ती भु- स्वामित्वको किसानहरुमा हस्तान्तरण गर्ने ।
३) औपनिबेशिक शोषण र प्रभुत्वका सबै आर्थिक र राजनैतिक रुपहरुको अन्त,
४) जातीय असमानताको अन्त र,
५) देशको सर्वाङिण बिकास ।
  उपर्युक्त अनुरुपको आधारभुत कार्यहरु सम्पन्न गर्ने नीतिहरु के हुन ?यस्को बारेमा जानकारी हुँदा हाम्रा नेताहरुले भनेका र गरेका वा गर्ने प्रयत्नका बारेमा समीक्षा गरि धारणा बनाउन सहज हुने हुँदा यहाँ उल्लेख गर्ने जमर्को गरिएको छ ।जनवादी क्रान्तिका आधारभुत नीतिहरु :-
क) कृषि :
१) सामन्ती भ स्वामित्वमा भएको जमीन ,कृषि औजारहरु बिना मुआब्जा जफत गरेर भुमिहीन ,गरिब किसानर निम्न - मध्यम वर्गीय किसानहरुमा वितरण गर्ने ।
२) सामनत वर्गले उपभोग गरिरहेको सबै बिशेष सुबिधा र शोषणका सबै रुपहरुको अन्त गर्ने ।
३) मध्यम वर्गको हितहरुको रक्षा गर्ने र ,
४) निम्न वर्गीय किसानहरुकोआधारभुत हितमा बाधा नपुग्ने गरि धनी किसानको संरक्षण गर्ने ।
ख) उध्योग :
१) बिदेशी नोकरशाही र दललल पुजिपति वर्गको स्वामित्वमा भएको पुजिको राष्ट्रियकरण ,
२) जनताका आधारभुत हितहरुमा आघात नपुग्नेगरी राष्ट्रिय उध्योगपती र व्यापारीका हितहरुलाई रक्षा गर्ने र संरक्षण दिने ,
३) राष्ट्रिय उध्योग र व्यापारको विकास गर्ने र ,
४) आधारभुत उध्योगहरुसरकारी क्षेत्रबाट सन्चालन गर्ने ।
ग) परराष्ट्र :
१) असमान सन्धी,विदेशी शक्त्तिहरुलेउओअभोग गरिरहेका सबै विशेष सुबिधा र हकहरुको अन्त गर्ने ,
२) समाजवादी देशहरुसङ विशेष भाइचारा सम्बन्ध राख्ने
३)चीन,भारत ,पाकिस्तान ,सिक्किम ,भुटानसहितको सम्बन्ध कायम गर्ने,
  ४) एशिया ,अफ्रिका ,ल्याटिन अमेरिका र ओसिनियाका विकासोन्मुख देशहरुसङ मैत्रीपुर्ण नीति अपनाउने ,
५) शान्ती र समानताका आधारमा विश्वका सबै राष्ट्रहरुसित मित्रताको नीति अपनाउने ।
६) साम्राज्यवाद ,सबै प्रकारका प्रतिकृयावादका बिरुद्ध विश्वभरिका राष्ट्रिय स्वाधीनता र जनवादी आन्दोलनको समर्थन गर्ने ।
घ) सामान्य :
१) बेकारीको अन्त गरेर कामको ग्यारेन्टी दिने ,
२) न्युनतम मजदुरी निर्धारित गर्ने र न्यायोचित पारिश्रमिकको ग्यारेन्टी दिने ,
३) महिलाहरुलाई सम्पतिमाथी पूरा अधिकार दिने ,सबै क्षेत्रमा पुरुसरह समान अधिकार प्रदान गर्ने ,स्त्री माथी  सामन्ती नियन्त्रण र सामाजिक अन्यायका अन्य सबै क
५) सस्तो र सुलभ स्वास्थ्य सेवाको प्रबन्ध गर्ने । उपर्युक्त अनुरुपको लक्षलाई कृयान्वयन गर्ने नीतिको समीक्षा गर्ने हो भने यो नीति लाई आत्मसात गर्ने नेताहरु कति छन ?यो साझा सवालको बिषय हो । ती नेता नै वास्तविक नेता हुन ।आज मुलुकमा दिनानुदिन युवा जनशक्ति रोजीरोटिका खातिर आफ्नो उर्जाशील श्रमलाई बेच्न बिदेशिनु पर्ने परिस्थिति सिर्जना हुनु ,देशमा स्थापित कलकारखाना ,उध्योगधन्धा क्रमश बन्द हुँदै जानू ,कृषि भुमी हालसालैको तथ्यांक अनुसार २६% बाझो रहनु ,बेकारी र बेरोजगारीको संख्या धान्नै नसक्नेगरी वृद्धि हुनु ,आयातको मात्रा ह्वात्तै बढ्नु ,निर्यात नाममात्रको हुनु यी  सबै ताजा परिस्थिति र लामो समयदेखी एक वा अर्को नामले नेपालमा कम्युनिस्ट नेताको नेतृत्वमा सरकार चलिरहनु र प्रतिपक्षमा रहदासम्म निर्णायक शक्तिको रुपमा रहनु जस्ता वास्तबिकताको बीचमा रहेर मुल्यांकन गर्ने र यथार्थताको खोजी गर्ने बेला आएको छैन  र ? यसरी वास्तविकताको धरातलमा बसेर समीक्षा गर्ने हो भने कि त वर्तमान कम्युनिस्ट नेताहरु सचिनु जरुरी छ वा आफ्नो पार्टीको नामको क झिक्नु र जनतालाई रस नभएको लड्डु बाड्न छोड्नु नै सर्वोत्तम होइन र ?
                              


world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

थाक्रे–७को ढुङ्गा खानीमा मृत्यु प्रकरणले त्रिभुवन राजमार्ग अवरुद्ध,आशिका तामाङ पनि पुगिन
InShot_20260523_135114427-1779523599.jpg

धादिङ,९ जेठ – धादिङको थाक्रे गाउँपालिका वडा नं. ७ स्थित बज्रकाली रोडा ढुङ्गा उद्योगमा त्रासमय घटना भएको छ।...

रास्वापा थाहा नगर वडाः ४ को नयाँ कमिटी गठन:-हेर्नुस को को छन?
FB_IMG_1779522224539-1779522388.jpg

थाहा नगरपालिका,राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा ) को ४ न वडा अधिवेशन सम्पन्न भएको छ। थाहा नगर सभापति श्री...

संसद् पुग्यो थाहा नगरमा फलेको आलुको भाउ, सांसद् उप्रेती भन्छन्-‘आलुकै भात, आलुकै तरकारी’
InShot_20260519_151146898-1779182836.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद प्रशान्त उप्रेतीले मकवानपुरका सडकको अवस्था खराब रहेको बताएका छन्...

प्रशिक्षक आवश्यकता
505990682_132723848891937-1779113721.jpg

प्रशिक्षक आवश्यकता  ...

आजदेखि मलमास (अधिकमास) सुरु हुँदै, मलमासमा के नगर्ने ?
20260511_130606-1778991134.jpg

प्रत्येक ३२ महिना १६  दिन एक घण्टा ३६ मिनेटमा आउने मलमास अर्थात् अधिकमास आज आइतबारदेखि सुरु हुँदैछ। आगामी असार...

थाहा नगर प्रथम सजिनालाई ५५ हजारसहित सम्मान, हिमालयन बोर्डिङको गौरवपूर्ण उत्सव
FB_IMG_1778934158064-1778934179.jpg

थाहा नगरपालिका–४ शिखरकोटमा अवस्थित हिमालयन इङ्लिस बोर्डिङ स्कुल ले एसइइ २०८२ मा थाहा नगरपालिकामै प्रथम हुन...

इन्द्रसरोवर ताल मा ८ वर्षपछि बृहत् सरसफाइ : तीन ट्रकभन्दा बढी फोहर सङ्कलन, जलचर संरक्षणमा चिन्ता
Notes_260516_071931_02e-1778895615.jpg

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका स्थित मार्खुमा रहेको नेपालको सबैभन्दा ठूलो मानव निर्मित जलाशयका रूपमा...

khane-1774766593.png