Monday, 09 Nov, 2026
worldlink1-1789963258.gif

अपडेट

नवनिर्वाचित जनप्रतिनिधि सङ्ग,थाहा होटल एशोसियशनको अन्तरक्रिया तथा शुभकामना ।

IMG_20220604_142849_283-1654356314.jpg

गत बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा थाहा नगरपालिकामा निर्वाचित नव जनप्रतिनिधिहरुलाई होटल एशोसियशन उत्तरी क्षेत्र मकवानपुरले आज जेठ २२ गते थाहाको अध्याय रिसोर्ट एक कार्यक्रम गरि स्वागत गरियको छ।
होटल एशोसियशन उत्तरी क्षेत्रको अध्यक्ष शिवकुमार खत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नवनिर्वाचित प्रमुख ,उपप्रमुख ,निर्वाचित वडा अध्यक्षहरुलाई सम्मान तथा स्वागत गरियको थियो।
होटल एशोसियशनका महासचिव उकेस केसीले संचालन गर्नुभएको कार्यक्रममा अध्याय रिसोर्टका संचालक अर्जुन ठकुरी ,थाहा होटल एशोसियशनका उपाध्यक्ष माधव कार्की,थाहा होटल एशोसियशनका कोषाध्यक्ष सुमन बिष्ट चित्लाङ्ग अर्यानिक रिसोर्टका संचालक देवेन्द्र नेपाल, सदस्यहरू लगायतका सहभागीता रहेको थियो।
कार्यक्रममा बोल्दै थाहा होटल एशोसियशनका सदस्य तथा ॐ अध्याय रिसोर्टका संचालक अर्जुन ठकुरीले थाहा नगरले पर्यटन सम्बन्धि नारालाई कत्तिको सार्थक तुल्यायो ?भनेर प्रश्न गर्दै पहिलोकुरो त थाहामा घुम्न आउने हरुलाइ ग्राहकको रुपमा नहेरी पर्यटनलाइ बुझ्न आग्रह गर्दै पर्यटन आगमनको लागि चाहिने बाटो ,पानी ,बत्ती जस्ता भौतिक सुबिधा र बिकासका पुर्वाधारमा सम्पन्न भएमात्र पर्यटन आउने बताउनु भयो,साथै वहाले १२ वडाको वडा प्रोफाइल बनाएर कृषिहुने वडामा कृषि लाई प्राथमिकता दिने र पर्यटनको संभावना भएको वडालाइ पर्यटन बिकासमा जोड दिनुभयो।तेस्तै थाहाको होटल ब्याबसायिले बिजुली र टेलिकम बाट दुख पाएको बताउदै आफुले मासिक ७० हजार बिजुलिको बिल तिर्दा एकलाखको डिजलमा खर्च भैरहेको बताउदै बत्तिको समस्या समाधानको लागि पहल गरिदिन आग्रह गर्नुभयो।
वहाँले थाहानगरमा पर्यटन पर्बर्धन गर्न पर्यटन प्रहरी ,पर्यटन सुचना केन्द्र,पर्यटन सवारी साधन,भाडामा एकरुपता बनाउदै पर्यटक भाडा,इन्टरनेट सेवा,पर्यटक सुरक्षा ,फोहोर ब्यबस्थापन ,पर्यटकिय बाटोको पहिचान र स्तरोन्नति ,छिमेकी पालिका सङ्ग पर्यटकिय फाइदा लिने,साना ठुला पर्यटक ब्याबसायको लागि लगानी सम्मेलन गर्ने,पर्यटन ब्याबसायी हरुको लागि तालिमको ब्यबस्थापन गर्ने,दामन भ्यु टावर लाई ब्यबस्थित गर्ने,खानेपानीको मुल पहिचान गर्ने,नीति तथा कार्यक्रममा नगरको एकीकृत पर्यटन बिकासको नीति ल्याउनुपर्ने,पुर्वाधार निर्माण गर्दा पर्यटन मैत्री तथा इतिहास ,सस्कृती जोगाउदै परम्परागत गर्नुपर्ने ,लगाएतका सुझाव दियका थिए।
कार्यक्रममा होटल एशोसियशनले उठाएको प्रश्नमा जबाफ दिदै निवर्तमान मेयर लबशेर बिष्टले आफ्नो कार्यकालमा पर्यटन सम्बन्धि थुप्रै काम भएको स्मरण गराउदै सबै योजनाहरु पुराहुने क्रममा रहेको र तेसलाइ अबका जनप्रतिनिधिहरुले पूरा गर्ने बताय।
तेस्तै प्रमुख अतिथि नवनिर्वाचित प्रमुख बिष्णु बिष्ट आदर्शले थाहा नगरको मुल आधारनै कृषि र पर्यटन भएकोले दुवैको बिकासगर्न सरोकारवाला हरुसङ्गको राय,तथा सुझाव लाई आत्मसाथ गर्दै पर्यटन ब्याबसायिहरुले दियको सुझावलाई नीति तथा कार्यक्रममा समावेश गरेर अगाडि बढ्ने बताउनुभयो।कार्यक्रममा धन्यवाद दिदै उपप्रमुख भरत गोपालीले अगाडीका जनप्रतिनिधि हरुको सल्लाह,तथा थाहाका पर्यटन ब्याबसायिहरु सङ्गको सहकार्यमा नै आफुहरु अगाडि बढ्ने बताउनुभयो।

 

https://www.thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
नवौँ पालिकास्तरीय भलिबलको उपाधिका लागि आग्रा र हेटौँडाबीच भिडन्त, फाइनल सोमबार
FB_IMG_1794151489297-1794151939.jpg

बिनयबाबु बस्नेत स्मृति प्रतिष्ठानको आयोजनामा थाहा नगरपालिकामा जारी नवौँ संस्करणको पालिकास्तरीय खुला भलिबल...

न्हुलगाउँ T20 कप–२०८३ कार्तिक २१ देखि सुरु हुँदै, ६ टोलीबीच प्रतिस्पर्धा हुने
file_0000000072c08211a34c-1793979458.png

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१० मा न्हुलगाउँ T20 कप–२०८३ आयोजना हुने भएको छ। न्हुलगाउँ टोल विकास...

नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्ष पदमा पालुङका सञ्जय गोपालीको उम्मेदवारी
FB_IMG_1793928531445-1793978598.jpg

नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्ष पदमा पालुङका सञ्जय गोपालीले उम्मेदवारी दिएका छन् । पालुङ जेसीज बर्ष २०२६ का...

विनयबाबु स्मृति भलिबल सुरु, उद्घाटन खेलमा साविक विजेता तमु, मंगलेश्वर र हेटौँडा विजयी
FB_IMG_1793970900315-1793971499.jpg

मकवानपुरको थाहा नगरपालिकामा नवौँ संस्करणको विनयबाबु बस्नेत स्मृति मकवानपुर जिल्ला पालिकास्तरीय खुला भलिबल...

स्वच्छन्द भैरव माविको विद्यालय व्यवस्थापन समिति अध्यक्षमा सरोज कुमार रेग्मी निर्विरोध चयन
FB_IMG_1793880704719-1793880988.jpg

मकवानपुर । श्री स्वच्छन्द भैरव माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा सरोज कुमार रेग्मी...

थाहामा पालिकास्तरीय खुला भलिबल प्रतियोगिता हुँदै, विजेतालाई १ लाख १ हजार १११ रुपैयाँ पुरस्कार
FB_IMG_1793422395897-1793716186.jpg

थाहा।थाहामा  मकवानपुर पालिकास्तरीय खुला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ। बिनयबाबु बस्नेत स्मृति...

१० पटक यात्रा गरे ११औँ पटक निःशुल्क ! पालुङदेखि काठमाडौंको जोरपाटीसम्म थाहानगर यातायात सञ्चालन हुँदै
InShot_20261103_181144553-1793709249.jpg

मकवानपुर । थाहा नगरपालिकाका नागरिकलाई काठमाडौंसँग जोड्दै सुरक्षित, सहज र भरपर्दो यातायात सेवा उपलब्ध गराउने...

भीमफेदीको सानुटारमा 'उज्यालो संवाद' सम्पन्न
FB_IMG_1793620666431-1793620702.jpg

भीमफेदी, मकवानपुर । भीमफेदी गाउँपालिका वडा नम्बर १ स्थित सानुटारमा सोमबार 'उज्यालो नेपाल पार्टी'ले टोल भेला...

एमाले थाहा नगरको जागरण अभियान सुरु, संगठन विस्तार र सुदृढीकरणमा जोड
1000076457-1793537840.jpg

नेकपा एमाले थाहा नगर कमिटी केन्द्रीय कार्यक्रम अन्तर्गत ‘जागरण अभियान’मा जुटेको छ । आइतबार थाहा नगरमा एक...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg