pani-1786865868.jpg
Monday, 14 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

खेल

नगर स्तरीय जेसीज कप ब्याडमिन्टन प्रतियोगितामा १३ टिम प्रतिस्पर्धा गर्दै

1724249965465-1724297187.jpg

पालुङ जेसीजको मुख्य आयोजना तथा थाहा नगरपालिका वडा न ३ को सहकार्यमा थाहा नगर स्तरीय जेसीज कप डबल मेन्स ब्याडमिन्टन कप प्रतियोगिता हुने भएको छ।
भाद्र १३ गते देखि १५ गतेसम्म थाहा ४ क्याम्पा डाडामा रहेको ब्याडमिन्टन कभर्डहलमा प्रतियोगिता आयोजना गर्न लागेको पालुङ जेसीजका अध्यक्ष निरज रायमाझीले जानकारी दिए।
प्रतियोगिताको प्रथम पुरस्कार जेसीज अध्यक्ष रायमाझीले आफ्नो स्वर्गीय हजुरबुबा रणबहादुर रायमाझीको नाममा प्रायोजन गर्ने समेत बताए।
खेलको माध्यमबाट समाजमा रहेका युवालाई जागरुक र क्रियाशील राखी समाजको समृद्धि र बिकासमा सहयोग पुराउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको अध्यक्ष रायमाझीले बताए।
प्रतियोगितामा १३ वटा टिमले आफ्नो नाम दर्ता गरिसकेको आयोजकले जनाएको छ।प्रतियोगितामा प्रथम,दोस्रो हुनेले क्रमशः नगद १० हजार र ७ हजार रुपैयाँ सहित शिल्ड,मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन भने बिधागततर्फ उत्कृष्ट हुने खेलाडिहरुलाई पनि नगद २५ सय रुपैयाँ सहित मेडल तथा प्रमाणपत्र  प्रदान गरिने आयोजकले जनाएको छ।
प्रतियोगिताको लागि फरक सोच र थाहा नगर ब्याडमिन्टन संघले समन्वय गर्ने छ।

1724249962198-1724297187.jpg
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...