pani-1786865868.jpg
Monday, 14 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

अपडेट

धोर्सिङ सब–स्टेशन ५ दिन बन्द हुने, धादिङ र हेटौंडाबाट बत्ती वितरण गर्ने पालुङ वितरण केन्द्रको तयारी

1742307272867-1742307403.jpg

कुलेखानी प्रथम जलविद्युत केन्द्र अन्तर्गत धोर्सिङ सब–स्टेशनबाट वितरण भईरहेको विद्युत सप्लाई ५ दिनको लागि बन्द हुने भएको छ । 

धोर्सिङ सब–स्टेशनबाट थाहा नगरपालिका सहित ईन्द्रसरोवर,भिमफेदी र कैलाश गाँउपालिकामा विद्युत वितरण भईरहेको ५ एम.भि.ए.क्षमताको  ट्रान्सफर्मरको क्षमता बढाई २२.५ एम.भि.ए.क्षमताको ट्रान्पमर्mर जडान गर्न चैत्र ७ गते  बिहान ७.०० बजे देखि ११ गते साँझ ६.०० बजे सम्म धोर्सिङ सब स्टेशनबाट लाईन सटडाउन गर्नु पर्ने भएकाले लाईन बन्द हुन लागेको हो । 

उत्तरी मकवानपुरको एक मात्र विद्युत आपुर्तिको स्रोत धोर्सिङ सब–स्टेशनबाटै विद्युत सप्लाई बन्द हुने भए पछि उक्त समयमा पालुङ वितरण केन्द्र अन्तर्गतका क्षेत्रमा पनि  विद्युत आपुर्ति अनियमित अर्थात आउने जाने हुन सक्ने पालुङ वितरण केन्द्रले जनाएको छ । 

धोर्सिङ सब–स्टेशन बन्द हुने समयमा धादिङको नौबिसे तथा हेटौंडाको चौकिटोल र हात्तीसँुडे सब–स्टेशनबाट वैकल्पिक फिडरमार्फत विद्युत आपुर्तिको तयारी गरिएको र वैकल्पिक फिडर अत्यन्तै लामो भएका कारण भोल्टेज कम हुने र लाईन काट्ने लगाउने गर्नुपर्ने हुँदा नियमित विद्युत आपुर्तिमा समेत समस्या हुन सक्ने भएकाले आवश्यक आवश्यक्ताका लागि मात्र प्रयोग गर्न पालुङ वितरण केन्द्रले आग्रह गरेको छ । 
 नेपाल विद्युत प्राधिकरणको ग्रिड संचालन विभागले धोर्सिङ सब–स्टेशनमा हाल जडित ५ एम.भि.ए.को ट्रान्सफर्मरबाट लोड व्यवस्थापन गर्न अपुग भएपछि २२.५ एम.भि.ए को ट्रान्सफर्मर  जडान गर्न लागेको हो । 

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...