pani-1786865868.jpg
Sunday, 13 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

अपडेट

दुर्घटनापछिको पीडामा मलम होइन, नारायणी संघको नाका बन्दीले थप पीडामा थाहा नगर

1748573657254-1748574529.jpg

थाहा नगरपालिका, जेठ १४ — जेठ १२ गते थाहा नगरपालिका–३ स्थित त्रिभुवन राजपथको दोबाटो थानाबजार सडक खण्डमा पालुङ भ्याली हार्ट स्कुल नजिकै भएको भयानक सडक दुर्घटनाले तिन जनाको ज्यान गएपछि त्यसका आफन्तले न्यायको माग गर्दै आन्दोलन थालेका छन्। तर, घटनापछिको व्यवस्थापन र पीडित परिवारसँग संवादको अभावले नारायणी यातायात व्यवसायी संघप्रति सर्वसाधारणको आक्रोश चुलिएको छ।

दुर्घटनापछि आक्रोशित पीडितका आफन्तले नारायणी संघमा आबद्ध सवारीसाधनलाई चित्लाङ–थानकोट सडक खण्डमा गुड्न नदिने चेतावनी दिएपछि जेठ १३ गतेदेखि उक्त बाटो हुँदै चल्ने सार्वजनिक बस सेवा ठप्प भएको छ। तर, त्यसको प्रतिकारस्वरूप संघले हेटौंडा र त्रिभुवन राजपथ–नौबिसे हुँदै चल्ने सम्पूर्ण सवारी आफैं बन्द गरेको छ, जसले परीक्षामा सहभागी विद्यार्थी, बिरामी र दैनिक यात्रुहरूलाई ठूलो सास्ती परेको छ।

थाहाका युवा समाजसेवी यादव जंग रायमाझीले फेसबुकमार्फत नारायणी संघको भूमिकाप्रति कडा आक्रोश व्यक्त गर्दै लेखेका छन्, “पीडित परिवारको माग सुन्ने र समाधान गर्नुपर्नेको सट्टा उल्टै आम सर्वसाधारणलाई पीडित बनाउने निर्णयले थाहा, कैलाश र इन्द्रसरोवरका जनताको धैर्यताको परीक्षा लिएको छ कि हेपेको हो?”

उनले संघलाई चाँडै समस्या समाधान गरी यातायात सुचारु गर्न चेतावनी दिँदै भनेका छन्, “यदि पीडितको माग सम्बोधन नगर्ने हो भने नारायणी संघविरुद्ध अर्को आन्दोलनको सामना गर्न तयार होऔं।”

रायमाझीको पोस्टमा प्रतिक्रिया जनाउँदै फेसबुक प्रयोगकर्ता गौतम भद्रध्वज लेख्छन्, “नारायणी यातायातको चरम लापरबाही देखिएको छ। समस्याको समाधान गर्नुको सट्टा सर्वसाधारणलाई नै समस्या पारिएको छ। अब विकल्पको खोजी गर्नुपर्छ।”

तेस्तै अर्का प्रयोगकर्ता कृष्ण भोगटेले लेखेका छन्, “यदि संघले पीडितलाई क्षतिपूर्ति नदिई गुण्डागर्दी शैली अपनायो भने हामी सबै नारायणी संघविरुद्ध उत्रन बाध्य हुनेछौं।”

दुर्घटनामा ज्यान गुमाएकाको परिवारसँग संवाद गरी समाधानको बाटो खोज्नुपर्ने माग सर्वत्र उठिरहेको छ। तर, नारायणी संघको मौनता र कठोर कदमले स्थानीय जनताको रोष बढ्दो छ।

जेठ १२ गते साँझ ७ बजेको समयमा गोपाली गाउँबाट थाना बजारतर्फ जाँदै गरेको बा ३ ख ५९९० नम्बरको बसको ठक्करबाट ३ जना पैदलयात्रीको मृत्यु भएको थियो । 

बसको ठक्करबाट थाहा नगरपालिका–९ का बलामी र सप्तरी जिल्लाको विष्णुपुर गाउँपलिका–५ घर भई हाल थाहा नगरपालिकास्थित झम्केश्वरी माविका शिक्षक ४० वर्षीय लोकेन्द्रकुमार ठाकुर, अहुराही गाउँपालिका १ सिराहाका ३३ वर्षीय रघुनन्दन यादवको मृत्यु भएको थियो । दुर्घटनामा परी घाइते भएका मालपोत कार्यालयका कर्मचारी ३६ वर्षीय कमलेश कुमार साहको बि एण्ड बि अस्पतालमा उपचार भईरहेको छ ।

बस चालक थाहा नगरपालिका–५ का २९ वर्षीय राजेश कार्कीलाई जिल्ला अदालत हेटौंडाबाट ५ दिनको म्याद थप गरि सवारी ज्यानमुद्दामा अनुसन्धान गरिरहेको पालुङ प्रहरीले जनाएको छ ।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...