pani-1786865868.jpg
Tuesday, 15 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

अपडेट

थाहा ७ को सामुदायिक विद्युत, प्राधिकरणलाई हस्तान्तरण

1717892537290-1717892567.jpg

थाहा नगरपालिका ७ स्थित जलेश्वरी सामुदायिक विद्युत सहकारी संस्थाबाट वितरण भईरहेको विद्युत नेपाल विद्युत प्राधिकरण पालुङ वितरण केन्द्रलाई हस्तान्तरण गरिएको छ । उक्त सामुदायिक संस्था २०७४ सालमा स्थापना भई थाहा ७ को महादेवखर्क,छाप  क्षेत्रमा १  सय १३ घर घुरीमा संस्था मार्फत विद्युतिकरण भएको थियो ।  संस्थाले एक कार्यक्रमको आयोजना गरेर विद्युत संरचना र स्वामित्व नेपाल विद्युत प्राधिकरणलाई हस्तान्तरण गरेको हो । 
हस्तान्तरण कार्यक्रममा थाहा नगरपालिकाका प्रमुख विष्णु विष्ट आदर्शले थाहा नगरपालिका सहित उक्तरी मकवानपुरमा दिगो र भरपर्दो विद्युत सेवा दिन पालुङ वितरण केन्द्रले धादिङ,ललितपुरबाट विजुलीको स्रोत जोडिसकेको र हेटौंडा तथा किर्तिपुरबाट पनि जोड्ने प्रयास भईरहेकोले उक्त कार्यले नगरमा दिगो विजुली प्रवाह हुने भन्दै प्रशंसा गर्नु भयो ।  
हस्तान्तरण कार्यक्रममा पालुङ वितरण केन्द्रका प्रमुख माधव न्यौपानेले विद्युत सेवालाई दिगो र भरपर्दो बनाउन कार्ययोजना बनाई काम भई रहेको र तत्कालिन अवस्थाको आवश्यक्ता बमोजिम सामुदायिक संस्था मार्फत विद्युत सेवा विस्तार भएको भए पनि अहिलेको जनचाहाना विद्युत प्राधिकरणबाटै सेवा लिने देखिएकाले समुदायिक संस्थाबाट प्राधिकरणले स्वामित्व लिएको र अबका सेवा तथा सुधार प्राधिकरणले गर्ने बताउनु भयो । 
कार्यक्रममा थाहा नगरपालिकाका पुर्व प्रमुख लवशेर विष्टले थाहा नगरपालिकाको आग्रा क्षेत्रमा विद्युत विस्तारकोलागि तत्कालिन आवश्यक्ता सामुदायिक विद्युतिरणनै देखेर जनताको स्वामित्वको संस्था बनाई विद्युतिरण गरिएको स्मरण गराउनु भएको थियो । 
संस्थाका अध्यक्ष सोनाम सिंह मुक्तानको अध्यक्षतामा भएको कार्यक्रममा स्थानिय जनप्रतिनिधि संघ संस्थाका प्रतिनिधि सहित पालुङ बुहुउदेश्यि सहकारी संस्थाका उपाध्यक्ष अरुण रायमाझी ईन्द्रयाणी माविका प्रअ नारायण ब. कार्की लगाएतले शुभकामना मन्तव्य राख्नु भएको थियो । 
कार्यक्रममा विद्युत स्वामित्व हस्तान्तरण प्रक्रियामा सहज सहजीकरण र प्रयास गर्नु भएको भन्दै पालुङ वितरण केन्द्र प्रमुख माधव न्यौपानेलाई संस्थाले सम्ममान गरेको छ । थाहा नगरपालिका प्रमुख विष्णुविष्ट आदर्शले प्रमुख न्यौपानेलाई सम्मान पत्र सहित दोसल्ला ओढाएर सम्मान गर्नु भएको हो । सामुदायिक संस्थाबाट वितरण भईरहेको विद्युत सुधारको प्रतिवद्धता र सामुदायिक संस्थाबाट स्वामित्व हस्तान्तरणमा प्रमुख न्यौपानेले निरन्तर गर्नु भएको अविभावकत्व र सकारात्मक प्रयारको प्रशंसा गर्दै सम्मान गरिएको सामुदायिक संस्थाका अध्यक्ष सोनाम सिंह मुक्तानले बताउनु भयो । 

 

1717892540182-1717892567.jpg
1717892543096-1717892586.jpg
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...