pani-1786865868.jpg
Sunday, 13 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

अपडेट

थाहा सक्रियको सक्रियता

-शम्भु अधिकारी

हाल देशका युवाहरू रोजगारको खोजीमा दिनहु बिदेसिने क्रम दिनानु दिन बढिरहेको छ। यस्लेगर्दा देशका कतिपय गाउँ हरुमा युवाको खडेरीनै परि रहेको अबस्था छ । जसले गर्दा देश निर्माणमा युवाको भुमिका चित्त बुझ्दो अबस्थामा छैन, देशले रेमिटेन्सको नाममा अर्बौ रकम भित्राए पनी आफ्नो देसमा लगाउनु पर्ने श्रम बेचि रहनु परेका छ । बिदेश मोहले युवा शक्ति पलायन भैरहदा थाहा ४ किटेनीका केही युवाहरु आफ्नो गाउँको बिकास निर्माणमा कम्मर कसेर लागेका छ्न । नगरपालिकाको बिकासे योजनामा परेका कार्यहरूमा युवाहरु संगठितनै भएर लागिपरेको छ्न। उनिहरु थाहा सक्रिय युबा क्लब बनाएर नगरको बिकास निर्माणमा सक्रिय भएर अगाडि बढिरहेका छन । अहिले नगरको योजनामा परेको कार्यहरु नगर भरी धमाधम हुदैछ्न , कहि बजेट जसरी पनि सक्काउने, कहि बिनाकामका योजनाहरु जसो तसो सक्काउन कार्यहरु भइरहेपनी , यहाँका युवाहरू आफ्नो टोलमा परेको आठ वटा योजनाहरुको काम बिनियोजित रकम भन्दा बढिकाम गरेर देखाइरहेका छ्न। किटेनीमा नगरको ८ वटा योजना छ्न ति सबै योजनाको उपभोक्ता समितिका अध्यक्ष युवाहरूनै रहेको क्लबका अध्यक्ष गणेश लामाले बताउनुभयो । अहिले हामिले ८ वटा योजनामा युवाहरुकै सक्रियतामा काम गरिरहेका छौ , जस मध्ये किटेनी बृहत् खानेपानी दस लाख , सार्बजनिक सौचालय तीस हजार , खेलकुद मैदान पचास हजार , कालिदेबी मन्दिर एक लाख पचास हजार, कालिदेबी भुइँ डाडा सडक , नयाँ गाउँ रुप्से जैबिक सडक , कुवाकान्ला इट्पु सडक , घलेडाडा पुलको मुख सडकका योजनामा सबै युबाहरुकै सक्रियतामा कोहि सम्पन्न भैसकेको कोहि अंतिम चरणमा पुगेको छ। नगरको योजना कार्यान्वयन गर्न युवाहरू स्मार्ट तरिकाले अगाडि बढ्ने बताउदै योजना सम्पन्न भैसकेपछी कसरी अगाडि बढ्ने सम्मको भिजन ल्याइ बढेको भन्दै १२ रोपनी छेत्रमा फैलिएको कालिदेबी मन्दिर वरपर पिकनिक स्पोट सहित पार्क बनाउनको लागि योजना बनएर आगामी नगरसभामा लैजाने बताउनु भयो साथै २५० घरधुरी लक्ष्यित खानेपानी योजनाको बितरण प्रणालीलाई आधुनिक तरिकाले गर्ने भन्दै सार्बजनिक स्थलका धाराहरु काटि एक घर एक धारा , मुहान वरिपरि एक घर पाँच बिरुवा बृछ्यारोपण अनिवार्य र प्रतेक घरमा ५०० लि देखिको माथि ट्याङ्की अनिवार्य गरेर मात्र पानीबितरण गर्ने तयारी भैरहेको अध्यक्ष लामाले जानकारी दिनुभयो र यस्ता बिकासेकाममा नगरपालिकाको साथ र सहयोगको अपेक्षा गर्नुभयो । यस अघि पनी विभिन्न रचनात्मक काम गरेर सार्बजनिक काम गर्दै आइरहेको सक्रियका युवाहरु २०७५ साल मा नगरस्तरिय भलिबल प्रतियोगिता पनि आयोजना गर्ने तयारिमा जुटिरहेका छ्न । थाहा ४ का युवाहरुको यस्तो सकारात्मक कामबाट आफू निकै खुशी भएको ब्यक्त गर्दै नगर प्रमुख लबशेर बिस्टले भन्नू भयो ू हो यसरी नै प्रतेक वडा का युवाहरू आआफ्नो छेत्रको बिकासमा यसरिनै हातेमालो गर्दै अगाडि बढ्ने हो भने नगरले ५ बर्षमा व्यापक परिवर्तनको महसुस गर्ने बताउदै, युवाहरूको अभियानमा आफू र नगरको साथ र सहयोग सदैव रहिरहने बताउनु भयो । तेसैगरी थाहा ४ का अध्यक्ष दिपक लामाले युवाहरुको बिकास प्रतिको चासोको सम्मान गर्दै वडाको बिकासमा सग सगै हातेमालो गरि अगाडि बढ्न चाहेको बताउनु भयो ।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...