pani-1786865868.jpg
Tuesday, 15 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

अपडेट

थाहा वडा नम्बर ३ को ३ मन्त्र,
ईमान्दारिता, पारदर्शिता र जवाफदेहिता

rajesh-1523173060.jpg

                   थाहा नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष राजेश के.सी. पिता स्वर्गीय भोज बहादुर खत्री तथा  माता केशरमायाको कोखवाट २०१८ साल कार्तिक महिनाको २५ गते जन्मनु भएको हो । श्रीमति हिरा केसीका साथै १ छोरा र २ छोरी रहेका छन् । २०३४ सालमा एसएलसी परिक्षा दिनु भएका के.सीं.ले २०३८ सालमा नेपाली सेनामा भर्ना भई १० बर्षे सेवा गर्नु भयो । जागिर छाडेर आफ्नै ठाउ“मा फर्कनु भई निरन्तर घरायसि तथा सामाजिक काममा लागिरहनु भएको छ । सानै उमेर देखि भलिवल खेलमा रुचि राख्ने केसीले जिल्ला, क्षेत्रीय तथा राष्ट्रिय स्तरको खेलमा सहभागीता जनाउनुका साथै विभिन्न उपाधि समेत जित्न सफल हुनु भएको थियो । थाहा नगर पालिकाको खेल विकास तथा सुधारका लागि ब्यक्तिगत तथा संथागत रुपमा लागिरहनु भएका के.सी. हाल थाहा नगर खेलकुद विकास समितिका संयोजक समेत हुनुहुन्छ । थाहा आन्दोलनका प्रणेता स्वर्गिय रुपचन्द्र बिष्टको जनमुखि राजनितिवाट प्रभावित भई उहा“सँगै राजनितिमा सक्रियहुनु भएका केसी तत्कालिन दामन गाबिसको वडा नम्बर ४वाट  संयुक्त जनमोर्चा नेपाल पार्टीवाट वडा अध्यक्षमा  निर्वाचित हुनु भएको थियो । जनमुखि राजनितिवाट तत्कालिन संयुक्त जनमोर्चा नेपाल हुँदै पार्टी एकता भएपछि नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रमा निरन्तर नगर तथा जिल्ला स्तरको विभिन्न कमिटिहरुमा सक्रिय हुनुहुन्छ । रुपचन्द्र बिष्टको जनमुखि राजनितिवाट प्रेरीत भई समाज सेवा तथा  राजनितिमा लागेको वताउनु हुने केसी, उहा“को समाज तथा खेलकुद क्षेत्रको लगावको कारण गतबर्ष सम्पन्न स्थानिय निर्वाचनमा थाहा नगरपालिकाको वडा नम्बर ३ वाट अध्याधिक मतान्तर सहित विजय हुन सफल बन्नु भएको हो । प्रस्तुत छ, सदैव सामाजिक काम तथा खेलकुद विकासमा लागि पर्ने, सबै उमेरकासँग उत्तिकै मिलनसार तथा इमान्दार छवि बनाउनु भएका वडा अध्यक्ष केसी सँगको कुराकानी ः—

— वडा अध्यक्ष भएपछि त जनताको कामले फुर्सदै छैन होला है?

                    हो, वडाका योजनाहरुको अनुगमन निरिक्षण तथा जनताका कार्यहरुमा व्यस्त नै छु ।

— निर्वाचित भैसकेपछि जनताको काम गर्दा कस्तो महशुस भैरहेको छ ?

                 पहिला पहिला पनि जनताको काम गरेकै हो, अहिले अलि बढि जिम्मेवारी महसुस गरेको छु, निर्वाचित वडा अध्यक्षको हैसियतवाट सेवा गर्ने अवसर पाएकोमा खुसी महशुस गरेको छु ।

— स्थानिय निर्वाचन पश्चात वडावाटै जनताको काम हुन्छ भनिएको थियो के अहिले तपाईहरुको क्षेत्रको  अधिकार पर्याप्त छ ?

                 सबै  अधिकार भनिएता पनि भनिए अनुसार सबै अधिकार पाउन वाँकी छ, प्रदेशको ऐन कानुन बनिसकेपछि केही अधिकारहरु सुरक्षित हुनेमा म विस्वस्त छु ।

— वडा अध्यक्ष भैरह“दा कत्तिको समस्या भइरहेको छ  ?

                 मेरो वडामा खासै समस्या देखिंदैन, तर बजार केन्द्रित वडा भएकोले फोहर मैला व्यवस्थापन, खानेपानि तथा विद्युतको केही कठिनाई महशुस गरेको छु यस सम्वन्धमा प्रत्येक महिनाको एक दिन वडा सरसफाईको योजनानै तयार गरेका छौं । अव वडाका सबै विद्यार्थी, शिक्षक, किसान, ब्यवसायी तथा सचेत नागरीक समाज मिलेर फोहर मैला ब्यवस्थान गरिनेछ ।

— वडा अध्यक्ष हुनु पहिला र अहिलेको जीवनमा के   फरक छ ?

                वडा अध्यक्ष हुनु भन्दा अगाडी पहिला म नेकपा माओवादी केन्द्र पार्टीको जिम्मेवारी नेतृत्वको हैसियतले आफ्नो कामवाट फुर्सद निकालेर समाज सेवामा  लागिरहें, खेलकुदको क्षेत्रको विकास र खेलाडी उत्पादनमा  निरन्तर लागिरहें तर अहिले वडा अध्यक्ष भइसकेपछि त वडाका सबै काम आफ्नो कर्तव्य भित्र पर्ने भए पछि झनै जिम्मेवार भएर काम गर्दैछु ।

— आफ्ना वडाका विकासको लागि के कस्ता योजनाहरु रहेका छन् ?

                यस आर्थिक बर्षमा पहिलो प्राथमिकतामा सडकलाई दिइएको छ, आगामी बर्षमा कृषि तथा पर्यटनलाई प्रमुख प्राथामिकतामा सार्दै, वडाको गुरु योजना अनुसार अगाडी बढ्नेमा प्रयास गर्ने छु ।

— कृषि तथा पर्यटन सम्वन्धि कस्तो योजना छ?

                हाम्रो वडा  खेतीपातीको लागि उर्वरभूमि भएको वडा हो । अब पुरानो तरिकाले खेति गरेर केही प्रगती  हु“दैन । सिंचाईका लागि ईनार, चेकड्याम वनाउने, आधुनिक कृषि प्रणाली मार्फत प्लाष्टिक टनेल खेतीमा अनुदानको ब्यवस्था, उन्नत विउविजन बितरण लाई प्राथमिकतामा   राखेको छु । आधुनिक कृषि उपकरण तथा औजार वडामा भित्राउनका लागि आवस्यक पहल गर्ने छु । धार्मिक पर्यटनका लागि ईन्द्रायणी मन्दिर, काला भैरब, गोरखनाथ मन्दिर जस्ता धार्मिक क्षेत्रको प्रवर्धन गर्ने, दमार पिकनिक स्पट व्यवस्थित गर्ने यसको लागि काम अगाडी बढिसकेको छ, गोपाली गाउँमा गोपाली समुदायको भाषा, साँस्कृतिक परम्परा निरन्तरताका लागि  आवस्यक सहयोग गर्ने, गोपाली बाजा, भेषभुषालाई जगेर्ना गर्नकोलागि प्राथामिकता दिदै जानेछु ।

– वडाका  आयोजना कति सम्पन्न भए, भइसकेका कार्यहरुमा सन्तुष्ट हुनुहुन्छ?

                   यस वडामा नगरवाट विनियोजित रकमवाट कार्य भैरहेका सबै योजनाहरु सम्पन्न भैसकेका छन्  । उपभोक्ता समितिहरुले काम सबै चित्त बुझ्दो गरेका छन्, काम  राम्रो गरेको भएता पनि आवस्यक कागजपत्र पेस गर्न वाँकी रहेको छ, कतिपय प्राविधिक शाखामा बसेका छन् भने, कतिपय योजनाहरु फछ्याैट भैसकेका छन् । उपभोक्ता समितिको काममा निरन्तर अनुगमन, निरिक्षण गरेको छु, स्थानियको पनि ब्यापक जनसहभागीतामा विकासका आयोजनाहरुमा संलग्न भएकोले यसवाट म ज्यादै सन्तुष्ट छु ।

– तपाईंको वडामा सडकको वर्तमान अवस्था कस्तो  रहेको छ ?

                  वडाका प्राय सबै टोलहरुमा सडक पुगिसकेका छन्, सडकको अव स्तर उन्नती गर्ने कार्य वा“की छ, पक्कि सडक वनाउनका लागि अब कामहरु अगाडी वढाउनका लागि प्राथमिकता दिने छु ।

– तपाईको वडामा सडक वाहेक अन्य अवस्था कस्तो छ?

                    खानेपानीको समस्या छैन तर उचित व्यवस्थापन नभएकोले यस्को समाधान गर्नेछु, पानि चुहावटलाई समाधान गर्दै खेरा जानवाट जोगाउने योजना वनाई पानी संचित गर्ने योजना बनाउनु जरुरी देखेको छु । बिजुलिको खासै समस्या छैन तर बिजुलीका पोलहरु पुराना काठको भएकोले फेर्न पर्ने जरुरी छ, शिक्षाको लागि त्रिभुवन विश्वविद्यालयवाट सम्वन्धन प्राप्त थाहा नगरको एकमात्र क्याम्पस यही वडामा रहेको छ, यस्को उचित स्तर उन्नतीको लागि वडाले वार्षिक बजेट विनियोजन गरिरहेकै छ, गुणस्तरीय शिक्षा तथा पुर्वाधारका लागि सरोकारवालाहरुस“ग मिलेर अगाडी बढ्ने छु ।

– जनताको तत्कालको आवस्यक्ता के के देख्नु भयो ?

                 मोटर वाटोको समस्या थियो, यस बर्ष कतिपय समाधान भैसकेको छ, आगामि योजनामा आधुनिक कृषि प्रणाली तथा पर्यटन विकास प्राथामिकता दिने छु, जसका निम्ति सामुहिक तथा व्यक्तिगत व्यावसायिक खेति गर्नका लागि अनुदान, लघुतथा घरेलु उद्योगका लागि प्रोत्साहन गर्ने, तालिम तथा क्षमता विकास गर्ने कार्यक्रमहरु ल्याउनको लागि योजना बनाई रहेको छु । 

– अवको ५ बर्ष पछि थाहा नगरपालिकाको वडा नम्बर ३ कस्तो हुने छ ?

                    मैले यस वडाको ३ वटा मन्त्रलाई आधार मानेर अगाडी बढ्ने छु, जुन इमान्दारिता, पारदर्शिता र जवाफदेहिता यी तीन मन्त्रलाई वडाबासीले प्राथामिकता दिएर अगाडी बढ्न सके समृद्घ वडा हुनेमा मैले विस्वास लिएको छु । यो मन्त्र थाहा नगर भरीनै भएमा थाहा नगरको दु्रत गतीमा विकास हुने मैले विस्वास लिएको छु ।

– कुराकानीका लागि समय दिनुभएकोमा धन्यवाद, अरु कुनै तपाईले भन्न चाहीरहनु भएको र हामीले सोध्न बिर्सेका केही कुराहरु छन् कि?  

                        अन्तमा यस वडा लगायत सम्पूर्ण थाहा नगर बासिन्दाहरुमा नयाँ बर्ष २०७५ को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु । एक भएर नगरको विकासमा अगाडी बढौं अबको ५ बर्ष भित्रमा थाहा नगरपालिका समृद्घ नगर बन्ने मैले विस्वास लिएको छु । अन्तमा आफ्नो बिचार राख्ने अवसर प्रदान गर्नु भएकोमा तपाई लगायत सम्र्पूण जनमुखी साप्ताहिक तथा थाहापाटी अनलाईन टिमलाई हार्दिक धन्यवाद प्रकट गर्न चाहन्छु ।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...