pani-1786865868.jpg
Monday, 14 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

अपडेट

थाहा महोत्सवमा कृषि मेला प्रदर्शनी ।

hqdefault-(1)-1540256539.jpg

- शम्भु अधिकारी
मकवानपुर थाहा नगरपालिकाको इन्द्रायणी चौरमा यहि १० कार्तिकदेखि १८ सम्म हुने तेस्रो थाहा महोत्सवमा कृषि मेला प्रदर्शनी हुने भएको छ । प्रदर्शनीका किसानहरुले आफूले उत्पादन गरेको कृषि उपजको प्रतिस्पर्धा गराइने महोत्सव आयोजक थाहानगर उद्योग वाणिज्य संघका सदस्य तथा कृषि मेला प्रदर्शनी संयोजक निरोज प्रधानले जानकारी दिए । 
      प्रदर्शनीमा तरकारीबाली तर्फ फलेको बोट सहित उपलब्ध प्रदर्शनी स्थलमा ल्याउनुपर्नेछ । त्यस्तै अन्नबालीतर्फ फलेको बोट सहित कम्तीमा दुई वटा बोट, मसलाबाली, आलु बाली, फलफूल फलेको हाँगासहित र तेलहन र अन्य विविध कृषि उपज प्रदर्शनीमा किसानलाई ल्याउन संयोजक प्रधानले आग्रह गरेका छन् । 
     प्रतियोगितामा प्रत्येक बाली समूहमा प्रथम हुनेलाई इलेक्टिूक पम्प सहित ५ हजार रुपियाँको विउ, देस्रोलाई इण्डियन पम्प १६ लि. र ३ हजार रुपियाँ बराबरको विउ, तेस्रो हुनेलाई चाइनिज पम्प र २ हजार रुपियाँ बराबरको विउ पुरस्कार रहेको संयोजक प्रधानले बताए ।  प्रतियोगितामा २८ कृषकलाई सान्त्वना पुरस्कार रहेको छ । प्रतियोगिताको पहिलो पुरस्कार आर.आर. एग्र्र्र्रो.एण्ड जनरल सप्लायर्सले पम्प र नेपाल सिड कम्पनीले विउ उपलब्ध गराउने भएको भने दोस्रो, तेस्रो र सान्त्वना पुरस्कार आयोजकले व्यवस्था गरेको छ ।
      प्रतियोगिताको लागि प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना तरकारी जोन कार्यालय, पालुङ, शिखरकोट, थाहा नगरपालिका कृषि विकास शाखा, तथा व्यक्तिगत रुपमा नेत्र केसी, सुरज प्रधान, कृष्णकाजी प्रधान, नवराज विष्ट, गौतम प्रधान र सुदर्शन विष्टले सहयोग गरेका हुन ।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...