Friday, 05 Jun, 2026
jkmv2083-1778723862.jpg

खेल

थाहा नगरमा शिक्षक भलिबलको उपाधि मत्स्यनारायण माविलाई

InShot_20260220_164749430-1771585396.jpg

नेपाल राष्ट्रिय शिक्षक संगठनको आयोजनामा थाहा नगर स्तरीय दोस्रो रनिङ शिल्ड शिक्षक भलिबल प्रतियोगिताको उपाधि मत्स्यनारायण माध्यमिक विद्यालयले हात पारेको छ।
आज भएको फाइनल खेलमा मत्स्यनारायण माविले स्वच्छन्द भैरव माध्यमिक विद्यालयलाई पराजित गर्दै उपाधि जित्न सफल भएको हो।
जनकल्याण माध्यमिक विद्यालयको प्रांगणमा फागुन ६ गतेदेखि ८ गतेसम्म सञ्चालन भएको प्रतियोगितामा विजेता मत्स्यनारायण माविले नगद २५ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। त्यसैगरी उपविजेता स्वच्छन्द भैरव माविले नगद १५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। सान्त्वना स्थान हासिल गर्ने नाट्यश्वर मावि र सुन्दरीदेवी माविले नगद ५–५ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्।
प्रतियोगितामा थाहा नगरपालिकाभित्रका १४ वटा विद्यालयका शिक्षकहरुको सहभागिता रहेको थियो। प्रतियोगिता थाहा नगरपालिकाको सहयोग तथा जनकल्याण माविको व्यवस्थापनमा सम्पन्न भएको हो।
संगठनका नगर अध्यक्ष मनोज लामिछानेको सभापतित्वमा सम्पन्न पुरस्कार वितरण कार्यक्रममा विष्णु बिष्टको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा नगर खेलकुद विकास समितिका संयोजक टिकाराम स्याङ्तान, शिक्षा शाखा अधिकृत सूर्य थिङ, शिक्षा समिति सदस्य हरिकृष्ण कार्की, संगठनका जिल्ला सदस्य रुपचन्द्र गोपाली, सामाजिक विकास शाखा प्रमुख अनिल लामिछाने लगायतको उपस्थिति रहेको थियो।
प्रतियोगितामा मत्स्यनारायण माविका साहिल तामाङ उत्कृष्ट खेलाडी घोषित भए भने समीर नापित उत्कृष्ट सेटर र स्वच्छन्द भैरवका पिताम्बर घिमिरे उत्कृष्ट स्पाइकर घोषित भए।
पुरस्कार वितरणपछि बोल्दै नगर प्रमुख बिष्टले भने, “शिक्षकहरु केवल कक्षाकोठामा मात्र होइन, खेलकुद क्षेत्रमा पनि सक्रिय हुनु सकारात्मक पक्ष हो। यस्ता प्रतियोगिताले शिक्षकहरुबीच आपसी सम्बन्ध सुदृढ गर्नुका साथै विद्यार्थीलाई समेत खेलकुदप्रति प्रेरित गर्छ। आगामी दिनमा नगरपालिकाले यस्ता कार्यक्रमलाई निरन्तर सहयोग गर्नेछ।”
प्रतियोगिताका विजेताहरुलाई नगर प्रमुख बिष्टले पुरस्कार वितरण गरेका थिए।

20260220_151526-1771585448.jpg
20260220_151024-1771585449.jpg
thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg