Tuesday, 15 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

अपडेट

थाहा नगरपालिका बाट इजरायलमा कोहि नगएको पाइयो :-रोजगार संयोजक

nagar-1690365708-1696942249.jpg

इजरायलको घटना सुने हेरेपछि नेपालमा स्थानीय सरकारले आआफ्नो पालिकाबाट इजरायल गएका व्यक्तिहरुको विवरण संकलन शुरू गरेका छन।
थाहा नगरपालिका भित्रका वडा कार्यालयहरुले सार्वजनिक सूचना जारी गरेर इजरायलमा रहेका आफ्नो वडाका व्यक्तिहरुको विवरणको लागि आग्रह गरेका छन।
थाहा नगरपालिकाले गत आर्थिक बर्ष २०७९/०८० मा  थाहा नगरपालिका भित्रको वैदेशिक रोजगारीको अवस्थाबारे अनुसन्धानात्मक कार्य गरेको थियो।जसअन्तर्गत वैदेशिक रोजगारीमा रहेका र फर्किएका व्यक्तिहरुको विवरण संकलन गरिएको थियो।
२०७९ को असोज कार्तिकमा संकलन गरिएको विवरण अनुसार इजरायलमा कुनै व्यक्ती नरहेको पाइएको छ।
प्रतिवेदन अनुसार थाहा नगरपालिकाबाट वैदेशिक रोजगारमा रहेकाहरुको मुख्य गन्तव्य मलेसिया,र खाडी मुलुक रहेको पाइएको छ।
सबैभन्दा बढी यु ए इ दुबईमा ३०४ जना(२२ प्रतिशत) युवाहरु कार्यरत रहेको देखिन्छ।त्यसपछि क्रमशः साउदी अरवमा २५० जना (१८ प्रतिशत)मलेसिया १७१ जना(१२प्रतिशत)र कतारमा १३० जना (९प्रतिशत) रहेका छन थाहा नगरबाट जापानमा ११८ जना,अस्ट्रेलिया ७८ जना,कुवेत ७३ जना,अमेरिका ६४ जना,र कोरियामा ३५ जना तथ्यांकले देखाएको छ।
थाहा नगरपालिकाका रोजगार संयोजक कुमार नेगिका अनुसार नगर बाट ओमानमा ७ जना क्यानडामा ७ जना चिनमा १ जना,जोर्डनमा १० जना र पोर्चुगलमा १० जना व्यक्तिहरु गएका छन भने ३ जना पोल्यान्ड ,९ जना बहराइन ,र माल्टामा ११ जनाले रोजगारी गरिरहेको जानकारी दिए।
थाहा नगरपालिकाको वैदेशिक रोजगारीको प्रतिवेदन अनुसार इजरायलमा थाहाका व्यक्तिहरु नदेखिएको भएतापनी तथ्यांक संकलनको क्रममा १३९८ जनामध्य ५० जना सुचनादाताले अन्य देश भन्ने सूचना दिएका र ती सुचना दिनेहरु वडा न १ मा १ जना,२ का ४ जना,३ का १२ जना,४ का १ जना ५ का १ जना रहेका छन।
तेसैगरी अन्यदेश भनेर सूचना दिनेमा वडा न ७ का ४ जना ,८ का ७ जना,९ का ४ जना,१० का ३ जना,११ का १ जना र १२ का ९ जना रहेका छन।
अन्य देश अन्तर्गत ६ जना अध्ययनको लागि ,४ जना ब्रीटिस सेना तथा सिंगापुर प्रहरी र २ जनाले डिपेन्डेड भनी बताएको रोजगार संयोजक नेगिले जानकारी दिए।
अन्य देश अन्तर्गत थाहा नगरको कुनै व्यक्ती इजरायलमा रहेको भएमा उनिहरुको व्यक्तिगत विवरण र परिवारको सम्पर्क नम्बर समेत नगरपालिकामा रहेकाले पत्ता लगाउन सकिने नेगिको भनाइ रहेको छ।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...