pani-1786865868.jpg
Tuesday, 15 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

अपडेट

थाहा नगरपालिका द्वारा बजार अनुगमन :-मापदण्ड बिपरित संचालित औषधि पसलमा ताला,

anu8-1697115655.jpg

नगरपालिकाले  दशैलगायत चाडपर्व नजिकिएसँगै बजार अनुगमनलाई प्राथमिकता दिएको छ। उपभोक्ता हित संरक्षण समिति थाहाले चाडपर्व लक्षित गरी विशेष बजार अनुगमन शुरु गरेको हो।
समितिले औसधि ,खाद्यान्न, इन्धन, माछामासू, तरकारी, फलफूल लगायतका थोक तथा खुद्रा पसलमा अनुगमन गरेको छ। चाडपर्वको समयमा व्यापारीहरूले जथाभावी मूल्य लिने, म्याद गुज्रिएका अखाद्य वस्तुलाई बेच्ने लगायतका समस्या देखिने गरेकाले चाडवाडमा अनुगमनलाई सक्रिय रुपमा अगाडि बढाएको अनुगमन समितिका संयोजक तथा उपप्रमुख भरत गोपालीले बताए।

समितिले असोज २५ मा थाहाको बज्रबाराहीको मुख्य बजार अनुगमन गरेको उपभोक्ता हित संरक्षण समिति सदस्य उमेश श्रेष्ठले बताए। बज्रवाराहिको सरस्वती बजारका पसलहरु अनुगमन गर्ने क्रममा मापदण्ड बिपरित संचालनमा रहेको एक औसधि पसल बन्द गरिएको छ।
मापदण्ड बिपरित बिना दर्ता र बिना अनुमतीमा संचालित औसधि पसल तत्कालको लागि बन्द गरिएको थाहा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण गिरीले बताए।
बजार अनुगमन व्यवसायीहरूलाई आतंक फैलाउने र तत्काल जरिवाना गरेर तर्साउने उद्देश्यले शुरु नभएको पनि प्रमुख गिरीले स्पष्ट पारे। बढी मूल्य लिने, मूल्य सूची नराख्ने, गुणस्तरीय वस्तु विक्री वितरण नगरी उपोभोक्ता ठग्ने,नगरमा व्यवसाय दर्ता तथा नविकरण नगर्ने व्यापारीलाई मात्र अनुगमनको क्रममा चेतावनी दियको उनले बताए।
नगरले चार्डपर्वको  सन्दर्भमा अनुगमनलाई प्रभावकारी बनाउन पहिलो चरणमा दसैं  र त्यपछि क्रमशः सबै नगरका बजार निरिक्षण गरिने प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीले बताए।
अनुगमनका क्रममा मूल्य सुची नराखेको तथा म्याद गुज्रिएको सामान,बरफ,आइसक्रीम,औसधी फेला परेका व्यावसायी हरुलाइ चेतावनी सहित छाडिएको थियो।
अनुगमनमा उपभोक्ता हित संरक्षण समिती संयोजक भरत गोपाली,नगर अनुगमन समिति संयोजक कृष्ण गिरी,नगर अनुगमन समितिका सदस्य अनिल लामिछाने,उमेश श्रेष्ठ  ,राष्ट्रिय उपभोक्ता मंचका थाहा नगर अध्यक्ष  प्रमोद कृष्ण जोशी,थाहा नगर उद्योग वाणिज्य संघका सदस्य यादव जंग रायमाझी,नगर प्रहरीका प्रतिनिधित्व गर्दै नगर प्रहरी हवल्दार मनोज केसी, प्रहरी जवान रमेश थिङ ,संचारकर्मी शम्भु अधिकारीको सहभागिता रहेको थियो।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...