Monday, 09 Nov, 2026
worldlink1-1789963258.gif

अपडेट

थाहा नगरपालिकामा ४ दिन पूर्ण निषेध,
थाहामा सक्रिय संक्रमितको संख्या ३ सय ११ निको हुनेको संख्या २२ पुग्यो,

188883005_117039956673635-1621771315.jpg


थाहानगरमा कोरोना संक्रमण दर डर लाग्ने गरी उकालो लागेपछि जेठ १२ गते विहानदेखि १५ गते राती १२ बजेसम्म ४ दिन पूर्ण रुपमा निषेधाज्ञा गर्ने भएको छ । आज नगरस्तरीय कोभिड रोकथाम तथा नियन्त्रण निर्देशन समितिको बैठकले नगरमा कोरोना संक्रमण नियन्त्रण बाहिर जान खोजेपछि निषेधाज्ञालाई कडाइ गर्ने निर्णय गरेको हो । लक्षण भएकाहरु र संक्रमितको कन्ट्राक्ट ट्रेसिङको आधारमा परिक्षणको दायरा बढाउदै लाने समेत निर्णय गरेको छ । निषेधाज्ञा अवधिभर औषधि पसल, कृषि उत्पादन बाहेक सबै व्यवसाय बन्द रहने छन् । हाल हरेक दिन विहान ५ बजेदेखि ८ बजेसम्म अत्यावश्यक वस्तु (खाद्यान्न, तरकारी, दूध, माछा मासु) पसल खुल्ला गर्न छुट थियो । तर, अब जेठ १२ गते बुधबारदेखि यी सबै पसलहरु पूर्णरुपले बन्द हुनेछन् । कोहि कसैलाई दैनिकी चलाउन समस्या भएमा वडाध्यक्ष, थाहानगर उद्योग वाणिज्य संघलगायतमा सम्पर्क गर्न अनुरोध गरेको छ । कृषि उत्पादनका लागि कृषक पूर्ण रुपले स्वास्थ्यका मापदण्ड पालना गरि घरबाट खेतबारी, तरकारी गोदामसम्म र गोदामबाट सिधै घरसम्म मात्र आवतजावत गर्न भनिएको छ । बैठकले एम्बुलेन्स, प्रेसका सवारी, तरकारी निकासीका सवारी बाहेक अन्य सबै खाले सवारी संचालनमा रोक लगाउने निर्णय समेत गरेको छ । यसबीचमा, नगर बाहिरबाट आउने सवारी साधन समेत निषेध गर्ने निर्णय गरेको छ । बैठकले निषेधाज्ञाको अवज्ञा गरेको पाइएमा कोरोना संक्रमण अवधिमा लगाइने सबैखाले निषेधाज्ञा अवधिभर पसल सिल गर्ने निर्णय गरेको छ । ािषेधाज्ञालाई प्रभावकारी वनाउनका लागि उप प्रमुख खड्ग गोपालिको संयोजकत्वमा गठित अनुगमन समिति मार्फत अनुगमनलाई निरन्तरता दिने निर्णय गरिएको छ । आजको वैठकले नगर स्तरीय कोभिड नियन्त्रण निर्देशक समितिमा संचारकर्मीहरुको तर्फवाट कुमार नेगी र इच्छापूर्ण कार्कीलाई समितिको सदस्यमा मनोनित गर्ने निर्णय गरेको छ । 
थाहानगरमा दोस्रो भेरियन्टपछि पछिल्लो पिसिआर र एन्टिजेन शनिवारको पछिल्लो रिपोर्ट अनुसार कुल ३ सय ३६ जना कोरोना संक्रमित भएका छन् । 
होम आइसोलेसनमा बसिरहेका कोरोना संक्रमितमध्य शनिबार १० जना निको भएका छन् । हालसम्म निको हुनेको संख्या २२ जना पुगेको छ । थहामा ३ जनाको मृत्यु भैसकेको छ भने थाहानगर बाहिर १० जनाको उपचार भैरहेको छ ।

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
नवौँ पालिकास्तरीय भलिबलको उपाधिका लागि आग्रा र हेटौँडाबीच भिडन्त, फाइनल सोमबार
FB_IMG_1794151489297-1794151939.jpg

बिनयबाबु बस्नेत स्मृति प्रतिष्ठानको आयोजनामा थाहा नगरपालिकामा जारी नवौँ संस्करणको पालिकास्तरीय खुला भलिबल...

न्हुलगाउँ T20 कप–२०८३ कार्तिक २१ देखि सुरु हुँदै, ६ टोलीबीच प्रतिस्पर्धा हुने
file_0000000072c08211a34c-1793979458.png

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१० मा न्हुलगाउँ T20 कप–२०८३ आयोजना हुने भएको छ। न्हुलगाउँ टोल विकास...

नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्ष पदमा पालुङका सञ्जय गोपालीको उम्मेदवारी
FB_IMG_1793928531445-1793978598.jpg

नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्ष पदमा पालुङका सञ्जय गोपालीले उम्मेदवारी दिएका छन् । पालुङ जेसीज बर्ष २०२६ का...

विनयबाबु स्मृति भलिबल सुरु, उद्घाटन खेलमा साविक विजेता तमु, मंगलेश्वर र हेटौँडा विजयी
FB_IMG_1793970900315-1793971499.jpg

मकवानपुरको थाहा नगरपालिकामा नवौँ संस्करणको विनयबाबु बस्नेत स्मृति मकवानपुर जिल्ला पालिकास्तरीय खुला भलिबल...

स्वच्छन्द भैरव माविको विद्यालय व्यवस्थापन समिति अध्यक्षमा सरोज कुमार रेग्मी निर्विरोध चयन
FB_IMG_1793880704719-1793880988.jpg

मकवानपुर । श्री स्वच्छन्द भैरव माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा सरोज कुमार रेग्मी...

थाहामा पालिकास्तरीय खुला भलिबल प्रतियोगिता हुँदै, विजेतालाई १ लाख १ हजार १११ रुपैयाँ पुरस्कार
FB_IMG_1793422395897-1793716186.jpg

थाहा।थाहामा  मकवानपुर पालिकास्तरीय खुला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ। बिनयबाबु बस्नेत स्मृति...

१० पटक यात्रा गरे ११औँ पटक निःशुल्क ! पालुङदेखि काठमाडौंको जोरपाटीसम्म थाहानगर यातायात सञ्चालन हुँदै
InShot_20261103_181144553-1793709249.jpg

मकवानपुर । थाहा नगरपालिकाका नागरिकलाई काठमाडौंसँग जोड्दै सुरक्षित, सहज र भरपर्दो यातायात सेवा उपलब्ध गराउने...

भीमफेदीको सानुटारमा 'उज्यालो संवाद' सम्पन्न
FB_IMG_1793620666431-1793620702.jpg

भीमफेदी, मकवानपुर । भीमफेदी गाउँपालिका वडा नम्बर १ स्थित सानुटारमा सोमबार 'उज्यालो नेपाल पार्टी'ले टोल भेला...

एमाले थाहा नगरको जागरण अभियान सुरु, संगठन विस्तार र सुदृढीकरणमा जोड
1000076457-1793537840.jpg

नेकपा एमाले थाहा नगर कमिटी केन्द्रीय कार्यक्रम अन्तर्गत ‘जागरण अभियान’मा जुटेको छ । आइतबार थाहा नगरमा एक...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg